• १२ साउन २०८१, शनिबार

सुरु भयो होली, बसन्तपुरमा चिरोत्थान (फोटो फिचर)

blog

बसन्तपुरमा होली सुरु भएको सङ्केत स्वरूप चिर उठयाइदैं । तस्बिर: मनोजरत्न शाही

काठमाडौं, चैत ४ गते । रङ्गहरूको पर्व होली आजदेखि सुरु भएको छ । आज (आइतबार) काठमाडौँको वसन्तपुरमा तीन छत्रे होलीको चीर ठड्याइएपछि मुलुकभर होली पर्व प्रारम्भ हो । आज (आइतबार) बिहान ७ः४७ बजेको शुभ साइतमा चीर ठड्याइएको थियो ।

फागुन शुक्ल अष्टमीका दिन रङ्गीचङ्गी ध्वजापताका झुन्ड्याइएको बाँसको तीनतले चीर ठड्याइएसँगै होली पर्व सुरु हुने परम्परा छ ।  रङ्गीचङ्गी कपडाका टुक्राहरू झुन्डाइएका करिब ३० फीट अग्लो चीरलाई राजधानीको धालसिक्व टोलका मानन्धरहरूले ठड्याइएको हो । चीर उठाएको हेर्न वसन्तपुरमा विदेशी पर्यटकहरू समेत जम्मा भएको थियो ।

नेवारी परम्परा अनुसार यसलाई चिर स्वायगू भनिन्छ । पूर्णिमाको रातमा चीर ढालेर टुँडिखेलमा पुर्‍याई दहन गरेपछि होली पर्व समाप्त हुन्छ । 








Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।