• १३ असोज २०८१, आइतबार

मिथिलामा होली उत्सव सुरु

blog

होली महोत्सवमा सहभागी । तस्बिर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केवर, चैत ४ गते। मिथिलामा आइतबारबाट होली पर्व सुरु भएको छ। मिथिलाका महाकुम्भ मानिने १५ दिने मिथिला माध्यमिक परिक्रमाका सहभागी महोत्तरीको कञ्चनवनमा आएर स्थान गरी रङ अबिर खेलेपछि मिथिलामा विधिवत रुपमा होली पर्व सुरु भएको हो। 

त्रेतायुगमा भगवान रामसीताले कञ्चनवन पुगेर रङ अबिर खेलेको जनविश्वासमा छ। सोही आस्थाअनुसार माध्यमिकी परिक्रमाअन्तर्गत सातौं दिन कञ्चनवन आइपुगेका यात्रीले भगवान रामचन्द्र र माता सीताको डोलालाई एकआपसमा रङ अबिर लगाएर होली मनाएका छन्। योसँगै परिक्रमामा सहभागी हजारौं साधुसन्त तथा सम्पूर्ण यात्रीसमेतले रङ अबिर साटासाट गर्दै हर्षोल्लाषका साथ होली पर्वको सुरुवात गर्नुभयो। यहाँ आइपुगेका परिक्रमाका यात्रीले होली खेलेपछि मिथिलाञ्चलमा होली पर्व प्रारम्भ भएको मानिन्छ। 

गत आइतबार धनुषाको मिथिला बिहारी नगरपालिका–८, कचुरीमा रहेको मिथिला बिहारी मन्दिरबाट मिथिला माध्यमिकी परिक्रमा सुरु भएको थियो। 


परिक्रमा कल्याणेश्वर, गिरिजास्थान, मठिहानी, जलेश्वर, मडई, कुवकुण्ड हुँदै आइतबार  कन्चनवन आइपुगेको छ। क्षिरेश्वरनाथ (पर्वत्ता), धनुषाधाम, सतोषर (मिथिलेश्वरनाथ), औरही, करुणा, बिसौल र फेरि कल्याणेश्वर हुँदै फागुपूर्णिमाको दिन जनकपुर फर्केर नगरको पाँचकोसे अन्तरगृह परिक्रमा गरी समाप्त हुनेछ।  

कञ्चनवनमा परिक्रमाका यात्रीलाई स्वागत तथा होलीलाई उल्लासमय बनाउन महोत्तरीको भङ्गहा नगरपालिकाले आवास, भोजन तथा होली महोत्सवको आयोजना गरेको छ। 

यो पनि पढ्नुहोस

होलीको रङमा रङ्गिए कञ्चनवनका बासिन्दा

मिथिलामा होली उत्सव सुरु मिथिलामा होली उत्सव सुरु