• १६ भदौ २०८१, आइतबार

हनुमानढोका सौन्दर्यीकरण अभियान

blog

काठमाडौँ, फागुन २५ गते । नवनियुक्त युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले बिहीबार हनुमानढोकाको सौन्दर्यीकरण अभियान अन्तर्गत संस्कृति र सम्पदा झल्कने गमला स्ट्यान्डको अनावरण गर्नुभएको छ ।

महाशिवरात्री तथा २६१औँ सेना दिवस २०८० को उपलक्ष्यमा श्री सार्दुलजङ्ग गुल्मको आयोजनामा सो कार्यक्रम भएको हो ।

काठमाडौँ महानगरपालिकाको स्वच्छ, सफा महानगरको योजना अनुरूप श्री शार्दूलजङ्ग गुल्म र हनुमानढोका दरबार संरक्षण कार्यक्रमको संयुक्त आयोजनामा गत मङ्सिरमै हनुमानढोका सौन्दर्यीकरण अभियान सुरु भएको थियो । 

नेपाली सेनाले अस्तव्यस्त भएको स्थानमा सौन्दर्यीकरण गर्ने काम गरेर ऐतिहासिक हनुमानढोका परिसरको सौन्दर्यीकरण गरेको भन्दै मन्त्री श्रेष्ठले स्थानीय सरोकारवालाले पनि अपनत्व लिन आग्रह गर्नुभयो ।

यसैगरी गुल्मपति पूर्ण प्रजापतिले २०७७ सालदेखि नै शार्दूलजङ्ग गुल्मले हनुमानढोका परिसर सरसफाइ अभियान गरिरहेको भए पनि यसपालि विस्तारित रूपमा काम भइरहेको जानकारी दिनुभयो ।