• १३ साउन २०८१, आइतबार

बेहडाबाबा मन्दिरमा हेलिकोप्टरबाट पुष्प वर्षाको तयारी

blog

बेहडाबाबा मन्दिर । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, फागुन २४ गते । कैलालीको प्रसिद्ध धार्मिकस्थल बेहडाबाबा मन्दिरमा शुक्रबार हेलिकोप्टरबाट पुष्प वर्षा गरिने भएको छ । 

शिवरात्रि पर्वको अवसरमा बेहडाबाबा मन्दिरमा हेलिकोप्टरबाट पुष्प वर्षा गराउन लागेको बेहडाबाबा फाउण्डेशन तथा मन्दिर व्यवस्थापन समितिले जानकारी दिएको छ । 

धार्मिक पर्यटकीय स्थल बेहडाबाबाको प्रचारप्रसार गर्ने उद्देश्यका साथ हेलिकोप्टरबाट फूल वर्षा गराउन लागेको समितिका अध्यक्ष पदमराज जोशीले बताउनुभयो ।  

उहाँका अनुसार भोलि मध्याह्नमा आकाशबाट फूल वर्षा गरिने छ । यस्तै, अपराह्नमा सवा दुई करोड दीप प्रज्वलन गरिने छ । हेलिकोप्टरबाट पुष्प वर्षा र दीप प्रज्वलनको लागि सम्पूर्ण तयारी भएको जनाइएको छ । 

धनगढी उपमहानगरपालिका–१६ स्थित रामपुरमा रहेको बेहडाबाबा मन्दिरको दर्शनका लागि भारतबाटसमेत ठुलो सङ्ख्यामा दर्शनार्थी आउने गरेका छन् । धनगढीबाट बेहडाबाबा मन्दिरसम्म सहज रूपमा आवातजावतका लागि धनगढी उपमहानगरपालिकाको कार्यालयले सडक मर्मत गरिसकेको छ ।