मार्मिक डोट्याली आख्यान
कुनै पनि कृतिका लागि प्राञ्जल भाषा आकर्षक स्वागतद्वार हो जहाँबाट भित्र छिर्न पाठक सहजै आकर्षित हुन्छ । डोट्याली युवा लेखक लोकराज भट्टको उपन्यास ‘छाइल’को सबैभन्दा उल्लेख्य पक्ष यसको वर्णन आकर्षक, भाषा स्तरीय र अभिव्यक्ति कौशल उच्च हुनु हो । संवादमा डोट्याली भाषाको चोखो स्वाद छ तर वर्णनमा यी शब्द प्रयोग नगरेर उहाँले पाठकको मनोविज्ञानप्रति न्याय गर्नुभएको छ । शब्दको अर्थपूर्ण प्रयोगले राजधानीतिर नसुनिने डोट्याली शब्दहरू पनि अपरिचित लाग्दैनन् । शब्द चित्रणमा उहाँले सुदूरपश्चिमेली परिवेशलाई राम्ररी पक्रनुभएको छ । लोकार्पण कार्यक्रममा मानव अधिकारकर्मी मोहना अन्सारीले भन्नुभएजस्तै यो उपन्यास पढ्न थालेपछि युवा पाठक रातभरि अनिँदो बसेर पनि सकाएरै छाड्न लालायित हुन्छन् ।
मधुपर्क सम्मानबाट बस्नेत, रसिक र मोमिला सम्मानित
गोरखापत्र संस्थानको साहित्यिक मासिक प्रकाशन मधुपर्कको ५६ औं वर्ष प्रवेशका अवसरमा नेपाली साहित्यको श्रीवृद्धिका लागि विशिष्ट योगदान पुर्याउनुभएका तीनजना साहित्यकारलाई नगद पुरस्कारसहित सम्मानित गरिएको छ ।
लोककलाको विविधता प्रस्तुत
पाल ललितकला प्रज्ञा–प्रतिष्ठान लोककला विभागले ‘विभिन्न जातीय लोककला’ शीर्षकमा आयोजित दुई दिने कार्यशालामा कलाकारले लोककलाको विविधतालाई प्रस्तुत गर्नुभएको छ ।
अभिलाषीको कविता सङ्ग्रह
राजधानी बाहिर बसेर लामो समयदेखि कविता लेख्दै आएका कवि नवीन अभिलाषीको मौलामा बाँधिएको राँगो नामक कविता सङ्ग्रहको विमोचन भएको छ । कार्यक्रममा बोल्दै वरिष्ठ कवि तथा समालोचक डा. अमर गिरीले सङ्ग्रहले वर्तमान समयको चेतलाई पछ्याएको बताउनुभयो ।
मोम्चो कथा सङ्ग्रहमाथि कोहलपुरमा परिचर्चा
कोहलपुर, २८ जेठ । पत्रकार तथा आख्यानकार वसन्त पराजुलीको मोम्चो कथासङ्ग्रह माथि कोहलपुरमा परिचर्चा गरिएको छ । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान बाँकेले शनिबार कोहलपुरमा पुस्तकमाथि छलफल कार्यक्रम राख्दै पुस्तक परिचर्चा गरेको हो ।प्रतिष्ठानकी उपाध्यक्ष एवम् आख्यान विभाग प्रमुख सुमित्रा न्यौपानेले सङ्ग्रहका सबै कथालाई सरसर्ती व्याख्या गर्नुभयो । बक्ररेखा शीर्षकको कथा श्रुति र सभ्य भएको बताउँदै कथामा विदेश जाने केटो भनेपछि हुरुक्क हुने हाम्रो समाजको चरित्र चित्रण गरिएको उल्लेख गर्नुभयो । परिचर्चा कार्यक्रममा बाँकेका विभिन्न स्रष्टाले मोम्चो पुस्तकका बारेमा टिप्पणी गर्नुभयो । पुस्तकमाथि बोल्दै अर्का टिप्पणीकार विष्णु पादुकाले मोम्चो कथासङ्ग्रहका अधिकांश कथा नारीका विषयमा केन्द्रित रहेको बताउनुभयो । पादुकाले सङ्ग्रहमा रहेका ११ वटै कथाको बारेमा संक्षेपमा टिप्पणी राख्नुभयो । पुस्तकमाथि बोल्दै टिप्पणीकार सागर गैरेले चितवनको सीमान्तकृत चेपाङ समुदायको भाषा, जीवनशैली, परम्परा र रहनसहनलाई मोम्चो कथामा समेटिएको उल्लेख गर्नुभयो । लेखक वसन्त पराजुलीले मोम्चो सीमान्तीकृत चेपाङ समुदायको धर्म, रीतिरिवाज र परम्परामा आधारित भएर लेखिएको कथा भएकोले यी समुदायसँगसँगै आम पाठकले मन पराएको बताउनुभयो । परिचर्चा कार्यक्रममा अतिथिका रूपमा आमन्त्रित लेखक नरेन्द्रजंग पिटरले स्वाभिमानी चेपाङको कथा व्यथालाई किताबको रूपमा प्रकाशन गरेर लेखक पराजुलीले ठूलो गुन लगाएको बताउनुभयो । पुस्तकलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो। पराजुलीको यसअघि कुमाता कथासंग्रह प्रकाशित छ। पत्रकार पराजुली गोरखापत्र दैनिकका चितवन जिल्ला संवाददाता हुन् ।
चित्रकलामै व्यस्त डिल्लीकृष्णको सेवानिवृत्त जीवन
धनकुटाका डिल्लीकृष्ण आले । ६५ वर्षीय आले आफूले देखे भोगेका जीवन र जगत्का चित्रहरुमा अनेक रंग भरेर सेवानिवृत्त जीवन सजाइरहेका छन् ।
तीन सर्जकलाई मधुपर्क सम्मान
यस वर्षको मधुपर्क सम्मान तथा मधुपर्क प्रतिभा सम्मानका लागि तीन जना सर्जक छनोट हुनुभएको छ । लेखक तथा साहित्यकार पुरुषोत्तम बस्नेत, साहित्यकार गणेश रसिक र युवा सर्जक मोमिला जोशी सम्मानित हुनुहुने भएको हो ।
‘किशोर नेपाल पत्रकारिता पुरस्कार’ स्थापना
वरिष्ठ पत्रकार किशोर नेपालको नामबाट एक लाख एक हजार एक सय रुपियाँ राशिको ‘किशोर नेपाल पत्रकारिता पुरस्कार’ स्थापना गरिएको छ।
शृङ्गार मात्र होइन, संस्कारसमेत हो गहना
नेवारी समाजमा जन्मदेखि मृत्युसम्म गहनाको ठूलो महत्त्व हुन्छ । यस समुदायमा गहनालाई शृङ्गारको रूपमा मात्र नभएर संस्कारको रूपमा हेरिन्छ । गहनालाई लोप हुन नदिन कुनै पनि कार्यक्रममा नेवार समुदायका युवकयुवतीले गहना लगाउने गरेको पाइन्छ ।