‘बहुभाषिक नाट्य उत्सव’ शुरु
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा यही असार १२ देखि १८ गतेसम्म ‘बहुभाषिक नाट्य उत्सव २०७९’ आयोजना हुने भएको छ । आरोहण, गुरूकुल स्कुल अफ थिएटरको सह–आयोजनामा हुन लागेको नाट्य उत्सवमा देशभरीबाट प्रज्ञा प्रतिष्ठानलाई प्राप्त नाटकहरुमध्ये विभिन्न भाषा भाषीका ७ वटा नाटक छनौट भई मञ्चनका लागि तयारी अवस्थामा रहेका छन् । नाट्य उत्सव आइतबारबाट कुञ्ज थिएटर थापागाउँमा ७ दिनसम्म चल्नेछ ।
‘बाको कोट’ लोकार्पण
राजन सिलवालको लघुकथा ‘बाको कोट’ लोकार्पण भएको छ । साहित्यकार एवं सचिव श्यामकुमार भट्टराईले पुस्तकमा समेटिएका कथाले समाजशास्त्रका विद्यार्थीलाई अहिलेको समाज बुझ्न सहयोग हुने बताउनुभयो । तथ्याङ्क विभागका महानिर्देशक नवीनलाल श्रेष्ठले तथ्याङ्कको क्षेत्रमा कार्यरत लेखक सिलवालले समाजलाई नियालेर रचना गरी पुस्तक सार्वजनिक गर्नु गौरवान्वित गर्ने विषय हुन् भन्नुभयो ।
पुस्तकमा ‘पचली भैरव’
काठमाडौंको टेकुस्थित कौशी थिएटरमा शनिबार एक समारोहमा ‘पचली भैरव’ नाटकको पुस्तकको लोकार्पण भएको छ ।
काष्ठकलाका कालिगड कालो तिरुवा सम्मानित
जुम्ला हिमा गाउँपालिका कालिगड कालो तिरुवा सम्मानित हुनुभएको छ । १२ औँ गाउँसभाको क्रममा तिरुवालाई हिमा गाउँपालिकाले सम्मान गरेको हो । पर्यटकले एक पटक तस्विर खिचेर जाने चिउडी साँघुमा रहेका कलात्मक काष्ठकलाका चित्र बनाउने देखि विभिन्न काठका कलात्मक कामहरु गर्दै आउनुभएका ज्येष्ठ नागरिक कालो तिरुवा सम्मानित हुनुभएको हो ।
‘निसाना’मा भ्रष्टाचार
‘भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता’, ‘आजको आवश्यकता, भ्रष्टाचारमुक्त समाज व्यवस्था’ आदि नारा सुन्दै आएका छौँ तर यत्रतत्र सर्वत्र भ्रष्टाचारको जरो यसरी गाडिएको छ कि ‘भ्रष्टाचार’ गर्नु, गर्न दिनु हाम्रो दायित्व नै हो कि भनेझैँ भएको छ ।
प्रेम कथामा आधारित नाटक ‘सेमुना’
पूर्वी नेपालको विभिन्न भू–भागमा फैलिएका किराँती पछिल्लो समय आफ्नो मौलिक संस्कार र संस्कृतिबाट टाढिँदै गएको देखिन्छ । राज्यको गलत अम्यास र आधुनिकताको मोह संस्कृति, इतिहास र सभ्यताप्रति चिन्तन गर्ने फुर्सद अहिले कसलाई छ र ? यसैबीच अहिले पहिचानको विषयमा ठूलो आवाज उठिरहेको समय यी संस्कृतिले फेरि पूर्णता पाउने या बिर्सिएका कुराले फेरि ब्युँझिने काम गर्छ कि भन्ने सबैमा आशा जागेको छ ।
राष्ट्रिय कविता महोत्सव : टीका आत्रेयको ‘संकल्प’ शीर्षकको कविता प्रथम
काठमाडौं, असार ९ गते । नेपाल प्रज्ञा प्रतिष्ठानको ६५ औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित ‘राष्ट्रिय कविता महोत्सव-२०७९’ मा सुनसरीका टीका आत्रेय प्रथम हुनुभएको छ । उहाँको ‘संकल्प’ शीर्षकको कविता प्रथम भएको नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले जानकारी दिनुभयो । त्यसैगरी धादिङका यात्रीप्रकाश पाण्डे द्वितीय हुनुभएको छ । उहाँको ‘आगोमा फुलेको देश’ शीर्षकको कविताले द्वितीय पुरस्कार पाएको हो । भक्तपुरका सीता तुम्खेवा ‘चरिसो फूल’, सुनसरीकै किरन सिवा ‘बुबाको सिलाइ मेसिन’ र अछामका कमलराज केसी ‘सपना उम्रन्छ माटोमा’ शीर्षकका कवितासहित तृतीय हुनुभएको छ ।
भाषा, साहित्य र संस्कृति प्रवर्द्धनमा प्रतिष्ठानको भूमिका प्रशंसनीय: प्रम देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले देशको भाषा, साहित्य एवम् संस्कृतिको प्रवर्द्धनमा प्रज्ञा प्रतिष्ठानले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ ।
अटलमान राई स्मृतिग्रन्थ विमोचन
राजनीतिज्ञ तथा समाजसेवी स्वर्गीय अटलमान राईको वार्षिक पुण्यतिथिको अवसरमा ‘अटलमान राई स्मृतिग्रन्थ’ पुस्तककोे विमोचन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पुस्तक विमोचन गर्दै राईले राजनीतिमा पु-याउनुभएको योगदानको कदर गर्नुभयो । स्वर्गीय राईको सम्झना गर्दै मन्त्री भुसालले जातीय तथा वर्गीय उत्पीडन घटाउन स्वर्गीय राईले महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।