स्रष्टाहरूलाई सम्मान गर्नु राष्ट्रिय दायित्व हाे : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न विधाका स्रष्टाहरूलाई सम्मान गर्नु राष्ट्रिय दायित्व भएको बताउनुभएको छ । आइतबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले आयोजना गरेको विभिन्न विधाका श्रष्टाहरुलाई पुरस्कार वितरण समारोहमा बोल्दै उहाँले सो धारणा राख्नुभएको हो ।
सगरमाथा साहित्य प्रतिष्ठानको अध्यक्षमा अजित चयन
सगरमाथा साहित्य प्रतिष्ठानको नयाँ अध्यक्षमा अजित उत्सव चयन भएका छन् । प्रतिष्ठानको हिजो सम्पन्न केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले अजित उत्सवलाई केन्द्रीय अध्यक्षका रुपमा चयन गरेको हो ।
‘मभित्रको जोश जाँगर अझै घटेको छैन’
भोजपुर जिल्लाको दिङ्ला साङ्राङ गाउँमा जन्मिनुभएका वरिष्ठ साहित्यकार दधिराज सुवेदीको समाजसेवा अर्को महत्त्वपूर्ण पक्ष हो । विराटनगरलगायत देशका विभिन्न क्षेत्रमा स्थापित सामाजिक, साहित्यिक धार्मिक, सांस्कृतिकलगायत थुप्रै संस्थामा विभिन्न पदमा रहेर उहाँ विगत ५० वर्षदेखि यस क्षेत्रमा लागिरहनुभएको छ । दर्जन बढी पुरस्कार तथा सम्मानबाट सम्मानित भइसक्नुभएका सुवेदी राष्ट्रपति विद्यादेवी भण्डारीबाट ‘प्रज्ञा साहित्य पुरस्कार’बाट पनि सम्मानित भइसक्नुभएको छ । उहाँसँग साहित्य र समाज सेवाको विषयमा केन्द्रित रहेर गोरखापत्रका लागि सुकृत नेपालले गर्नुभएको कुराकानीको सार :
नेपाली भाषामा ब्रह्माण्डपुराण
ब्रह्माण्डपुराणको नेपाली अनुवाद हालै प्रकाशनमा आएको छ । यसको अध्यायगत सारांशका रूपमा नेपाली अनुवाद गरिएको हो । जयतु संस्कृतम्का अध्यक्ष डा. बद्री पोखरेलद्वारा अनुदित प्रस्तुत पुराण ब्रह्मदेखि ब्रह्माण्डसम्मका १८ वटा महापुराणमध्ये अन्तिम पुराण हो । डा. पोखरेलले यसअघि नै विभिन्न महापुराणहरू अनुवाद गरी प्रकाशित गराउँदै आउनुभएको छ । प्रस्तुत पुराण यसैभित्र अर्को कडी हो । वैदिक ग्रन्थहरूमा उल्लेख भएअनुसार संसार परब्रह्मको खेल हो । जब ब्रह्ममा एकबाट अनेक हुने इच्छा जागृत हुन्छ तब आफ्नै शरीर विस्फोट गरेर नानारूप धारण गरी खेल्छन् र खेल्न पुगेपछि सारा सृष्टिलाई आफैँमा समेट्दै शून्यमा विचरण गर्न पुग्छन् ।
‘जयप्रकाश नारायण जीवनी र विचार’
समाजवादी नेता जयप्रकाश नारायणको जीवनीमा आधारित कृति ‘जयप्रकाश नारायण जीवनी र विचार’ सार्वजनिक गरिएको छ । नेपाली कांग्रेसको इतिहासका लेखक प्रा.डा. राजेश गौतमले उक्त कृति तयार पार्नुभएको हो । समाजवादी आन्दोलनका अग्रज नेता जयप्रकाश भारतको सत्ता राजनीतिबाट सधैँ अलग भई अलग्गै खालको राजनीतिक पहिचान बनाउनुभएको लेखक गौतमले बताउनुभयो ।
‘हिति प्रणाली’ सार्वजनिक
पद्मसुन्दर जोशीको बृहत् अनुसान्धानात्मक कृति ‘हिति प्रणाली’ सार्वजनिक भएको छ । “हिति प्रणाली भने एउटा ऐतिहासिक प्राविधिक चमत्कार नै हो, किनभने यसले झन्डै दुई हजार वर्षदेखि पानीको बहाब व्यवस्थापन गरेको छ,” लेखक
फोटोग्राफी कार्यशाला सम्पन्न
नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान, वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभागद्वारा आयोजित चारदिने डिजिटल आर्टस् फोटोग्राफी कार्यशाला बुधबार सम्पन्न भएको छ । बुधबार आयोजित कार्यक्रममा कार्यशालामा सहभागीलाई प्रमाणपत्र वितरण गरिएको छ ।
नाटक मञ्चनमा थपिएको उत्साह
कुनै बेला कारोनाले थलिएको रङ्गमञ्च अहिले फेरि जाग्न थालेको छ । काठमाडौँका नाटकघरहरूमा भिन्न–भिन्न स्वादका नाटक मञ्चन हुन थालेका छन् । दर्शकहरूमा नाटक हेर्ने उत्साह र जाँगर थपिँदै गएको छ । नाटकघरहरूमा दर्शकको भीडभाड र उनीहरूको मागले गर्दा प्रायः नाटकहरूको समयसीमा पनि थपिएका छन् ।
भाषामा सरकारले चासो दिएन : आयोग अध्यक्ष
भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले भाषाको संरक्षण र प्रवर्धनमा सरकारले चासो नदिएको बताउनुभएको छ । आयोगले बुधबार आयोजना गरेको सञ्चार माध्यममा ‘भाषा प्रयोगको अवस्था र भावी चिन्तन’ सन्दर्भमा आयोजना गरेको अन्तरिक्रयामा उहाँले त्यस्तो बताउनुभएको हो ।