• ८ जेठ २०८१, मङ्गलबार

फोटोग्राफी कार्यशाला सम्पन्न

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार २३ गते । नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान, वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभागद्वारा आयोजित चारदिने डिजिटल आर्टस् फोटोग्राफी कार्यशाला बुधबार सम्पन्न भएको छ । बुधबार आयोजित कार्यक्रममा कार्यशालामा सहभागीलाई प्रमाणपत्र वितरण गरिएको छ ।

प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकारले कार्यशालाका प्रशिक्षक अशेष राजवंशीलाई  प्रमाणपत्र प्रदान गर्नुभयो । कार्यशालामा फोटोग्राफी कला र सम्पादनका विभिन्न ‘टेक्निक्स’का विषयमा व्यावहारिक तथा सैद्धान्तिक पक्षका बारेमा जानकारी दिइएको थियो । कार्यशालामा फोटोग्राफी कलामा संलग्न तथा विद्यार्थी ३० जनाभन्दा बढीको सहभागिता रहेको थियो ।