• ७ जेठ २०८१, सोमबार

‘जयप्रकाश नारायण जीवनी र विचार’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार २५ गते ।  समाजवादी नेता जयप्रकाश नारायणको जीवनीमा आधारित कृति ‘जयप्रकाश नारायण जीवनी र विचार’ सार्वजनिक गरिएको छ । नेपाली कांग्रेसको इतिहासका लेखक प्रा.डा. राजेश गौतमले उक्त कृति तयार पार्नुभएको हो । समाजवादी आन्दोलनका अग्रज नेता जयप्रकाश भारतको सत्ता राजनीतिबाट सधैँ अलग भई अलग्गै खालको राजनीतिक पहिचान बनाउनुभएको लेखक गौतमले बताउनुभयो । 

नेपाली कांग्रेसका नेता तथा विश्लेषक प्रदीप गिरि विश्वको लोकतान्त्रिक आन्दोलनको इतिहासमा जयप्रकाश नारायण एक अनुपम उदाहरणीय नेता भएको बताउनुहुन्छ । बौद्धिकता, प्रखरता र प्रतिबद्धताको दृष्टिले बीसौँ शताब्दीका जयप्रकाश उत्कृष्ट नेताको कोटीमा पर्ने विश्लेषण नेता गिरिको छ ।