• ८ जेठ २०८१, मङ्गलबार

‘हिति प्रणाली’ सार्वजनिक

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार २४ गते । पद्मसुन्दर जोशीको बृहत् अनुसान्धानात्मक कृति ‘हिति प्रणाली’ सार्वजनिक भएको छ । “हिति प्रणाली भने एउटा ऐतिहासिक प्राविधिक चमत्कार नै हो, किनभने यसले झन्डै दुई हजार वर्षदेखि पानीको बहाब व्यवस्थापन गरेको छ,” लेखक जोशीले भन्नुभयो, “हिति प्रणाली भावी पिँढी र संसारको सबैभन्दा आधुनिक प्रविधिको लागि पनि अकल्पनीय उदाहरण हो ।” 

काठमाडौँ सभ्यताको पानी प्रणाली र सांस्कृतिक परम्पराका ज्ञाता पद्मसुन्दर जोशी दिगो सहरी विकासका योजनाकार हुनुहुन्छ । उपत्यकाको पूर्वाधार विकासका साथै मूर्त तथा अमूर्त सम्पदाहरूको जगेर्नामा सक्रिय उहाँ पेसाले इन्जिनियर हुनुहुन्छ । 

पब्लिकेसन नेपालयले प्रकाशन गरेको पुस्तकमा जोशीको पहिलो पुस्तक हो । हितिको आविष्कार कहिले भयो भन्ने तथ्य यकिन नभए पनि इतिहासकारहरू यो प्रणालीको जन्म गोपाल, किराँतकालमा नै भइसकेको र लिच्छवीकालमा यसको प्रणालीगत विकास र विस्तार हुँदै गएको देखिन्छ ।