काठमाडौं, वैशाख २८ गते। पार्टी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध अदालत गएको नेपाः राष्ट्रिय पार्टीले मुद्दा जितेको छ।
आयोगले २०७८ श्रावण १९ गते गरेको निर्णयानुसार ४१ वटा विभिन्न राजनीतिक पार्टीलाई अन्याय भएको भन्दै त्यसविरुद्ध नेपाः राष्ट्रिय पार्टीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो।
वैशाख २३ गतेको भएको अन्तिम बहसपछि नेपाः पार्टीले मुद्दा जितेको हो। सर्वोच्च अदालतका न्यायाधीशद्वय हरि फुयाल र महेशप्रसाद पौडेलको संयुक्त इजलासबाट निर्वाचन आयोगको उक्त निर्णय बदर भएको हो।
यो फैसलासँगै नेपाःसहित ४० वटा पार्टी खारेजी गर्ने आयोगको निर्णय बदर भएको छ।
आयोगको निर्णय खारेज गर्ने अदालतको फैसलाले खुशी दिएको नेपाः राष्ट्रिय पार्टीका अध्यक्ष डा. विजय प्रकाश सैंजूले बताउनुभयो। न्यायको जित भएको उहाँको भनाइ छ।