• १२ साउन २०८१, शनिबार

इरानी राष्ट्रपतिको हेलिकोप्टर दुर्घटना, कोही जीवित नरहेको सङ्केत

blog

इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर आइतबार दुर्घटना भएको छ । तस्बिर : बिबिसि

काठमाडौँ, जेठ ७ गते । इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकोप्टर भएको स्थान फेला परेको छ । इरानको सरकारी सञ्चारमाध्यमका अनुसार दुर्घटनामा परेकाे हेलिकोप्टरमा सवार कोही जीवित नरहेको सङ्केत दिएको छ ।

इरानी राष्ट्रपति रायसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियान सवार हेलिकोप्टर आइतबार दुर्घटना भएको थियो । साथै हेलिकोप्टरमा इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमातीलगायत अन्य व्यक्तिहरु सवार हुनुहुन्थ्यो ।

समाचार एजेन्सी रोयटर्सका अनुसार एक इरानी अधिकारीले दुर्घटनामा हेलिकोप्टर पूर्ण रूपमा जलेको बताएका छन् ।


इरानको सरकारी सञ्चारमाध्यमका अनुसार उद्धारकर्मी घटनास्थलमा पुगेका छन् । इरानको रेड क्रिसेन्ट सोसाइटीका प्रमुखले अवस्था राम्रो नभएको बताउनुभएको छ ।

उहाँका अनुसार, ‘‘दुर्घटना भएको स्थानमा मौसम निकै खराब छ । जसका कारण उद्धार टोलीलाई घटनास्थल पुग्न कठिनाइ भएको छ ।’’ बिबिसि