• १२ साउन २०८१, शनिबार

एमाले दाङको अध्यक्षमा आचार्य सर्वसम्मत

blog

एमाले दाङको अध्यक्षमा निर्वाचित हुनुभएका शिवकुमार आचार्य ।

लीलाधर वली

घोराही, जेठ ७ गते । नेकपा (एमाले) दाङको अध्यक्षमा शिवकुमार आचार्य सर्वसम्मत चयन हुनुभएको छ । दाङको घोराहीमा जेठ ६ र ७ गते दुई दिनसम्म चलेको १४ औं जिल्ला अधिवेशनले आचार्यको अध्यक्षतामा एक सय २१ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मत चयन गरेको हो ।

एमालेका पुराना नेताका रुपमा परिचित आचार्य लुम्बिनी प्रदेश कमिटी सदस्य जिम्मेवारीमा रहनुभएको थियो । दंगाली कम्युनिष्ट आन्दोलनमा लामो समय भुमिगत जीवन बिताउनुभएका आचार्यको ठुलो योगदान रहेको छ । 

त्यसैगरी उपाध्यक्षमा मनोहर बुढाथोकी चयन हुनुभएको छ । अघिल्लो कार्यकालमा पार्टीको सचिवको भूमिकामा रहनुभएका बुढाथोकी अहिले अध्यक्षको आकांक्षी भए पनि सर्वसहमतिमै नेतृत्व चयन भएपछि उपाध्यक्षमा बस्नुभएको हो ।

जिल्ला सचिवमा श्याम डाँगी, उपसचिवमा भवनेश्वर पौडेल र सीता चौधरी सर्वसम्मत चयन हुनुभएको अध्यक्ष मण्डलका संयोजक तथा एमाले पोलिटव्युरो सदस्य नरुलाल चौधरीले जानकारी दिनुभयो ।