सांस्कृतिक सम्पदाको खोजी र प्रकाशनका लागि प्रधानमन्त्री देउवाको आग्रह
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रत्येक जातजातिका कला र संस्कृतिका विशिष्ट सम्पदाको खोजी गरी त्यस्ता अपार बौद्धिक सम्पत्ति प्रकाशनमा ल्याउनुपर्ने बताउनुभएको छ ।
कलात्मक वस्तुहरू फिर्ता
काठमाडौँ महानगरपालिका–१९ स्थित कङ्केश्वरी मन्दिरको पर्खालबाट सन् १९९५ मा हराएको शिवको मूर्ति फिर्ता ल्याइएको छ। दुई साधुका बीचमा उभिएको शिवको वर्गाकार आकारमा रहेको प्रस्तर मूर्ति ११औँ शताब्दीको मानिन्छ। त्यस्तै १४औँ शताब्दीतिरको मानिएको काठको कलात्मक सालभञ्जिका टुँडालसमेत फिर्ता भएको छ। सो टुँडाल काठमाडौँ महानगरपालिका–२४ स्थित इटुम्बहाल महाविहारबाट सन् १९८५ तिर हराएको थियो।
अक्षरलाई आकार दिँदै कालिगड राणा
नेत्री तथा समाजसेवी प्रतिभा राणा, थप प्रतिभाका साथ उदाउनुभएको छ, ‘कवि प्रतिभा’को पहिचानमा। उहाँद्वारा लिखित दुई कवितासङ्ग्रह कर्टन अफ माया (अङ्गे्रजी) र गहिराई (नेपाली) एकै साथ लोकार्पित भएपछि पूर्वमन्त्री, संविधान सभा सदस्य, राजदूतजस्ता राज्यका पदीय पहिचानसँगै कवि बनेर उहाँ जनस्तरको पहिचानमा उद्घाटित हुनभएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले दुवै सङ्ग्रहको शनिबार विमोचन गर्नुभएपछि नेपाली साहित्यिक फाँटमा कवितासङ्ग्रहको भण्डार थप भरिएको मात्र छैन, तुलनात्मक रूपमा कमै रहेका नेपाली महिलाको सर्जकको सङ्ख्या पनि थपिएको छ।
विसङ्गति औँल्याइएका पुष्पगुच्छा
‘रोजा’ अर्थात् रोज्न लायक, धेरै राम्रो । साहित्यकार किशोर पहाडीको ‘रोजा कथाहरू’मा सामाजिक परिवेश प्रतिविम्बित छ । यस सङ्ग्रहका कथाहरूले नेपाली साहित्यमा भिन्न भिन्न स्वाद पस्किएर कौतूहल जगाउन सफल भएको छ । रोजा कथाहरू सन्देशमूलक पनि छन् । कहीँ कतै नलुकाइ भनुँ भने यो सङ्ग्रहभित्रका कथा निकै परिस्कृत छन् । सरल ग
इको कवितामा रमाउने कवि
साहित्य सिर्जनामा जाने भन्ने कुरा आफूले चाहेर मात्र नहुने बताउनुहुन्छ कवि आनन्द भण्डारी। उहाँ भन्नुहुन्छ, “यहाँ सिर्जनालाई सृष्टिको हिसाबले हेरिने गरिन्छ। त्यस्तै साहित्यलाई एउटा दृष्टिको हिसाबले हेरिन्छ। समय परिस्थिति, बाहिरी वातावरण र आफ्नो अन्तरीय मनले सृष्टिलाई प्रस्फुटन गर्छ। आफूलाई एकदमै ठूलो साहित्यकारको विज्ञ हुँ भनेर मैले कहिले भनिनँ र भन्ने आँट पनि गर्दिनँ। म त खाली सिकारु हुँ।” भण्डारी साहित्य सिर्जना गर्नु भनेको प्राकृतिक स्वभाव भएको बताउनुहुन्छ। जसमा विभिन्न अनुभव, अनुराग र चैतन्यहरूलाई एक खालको अनुभूतिको उपज दिने काम गर्छ। त्यही उपजले एउटा सिर्जना सोच बनाउँछ र त्यसैलाई हामीले शब्द भावमा उतार्ने हो। उहाँ भन्नुहुन्छ, “जब आफ्नो विचार भाव शून्य अवस्थामा आउँछ त्यसपछि सिर्जनाहरू फक्रिने काम गर्छन्। यो एउटा चैतन्यको सिर्जना पनि हो जुन एउटा बाहिरी वातावरणको असर पनि हो।”
कान्तिपुरको ‘रूद्राभिषेकपद्धति’ सार्वजनिक
गोरखापत्र अनलाइनकाठमाडौं, साउन २६ गते । ओमधरानन्द राजोपाध्यायबाट सङ्कलित कान्तिपुरको ‘रूद्राभिषेकपद्धति’ पुस्तक सार्वजनिक भएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मखनस्थित महिन्द्रेश्वर महादेव परिसरमा पञ्चाभिषेक रूद्री समापन कार्यक्रममा सो पुस्तक सार्वजनिक गर्नुभएको हो ।मन्त्री श्रेष्ठले पवित्र र भव्य धार्मिक अनुष्ठानमा सहभागी हुन पाउँदा र पुस्तक विमोचन गर्न पाउँदा निकै आनन्द र खुसी लागेको बताउनुभयो ।यसैबीच, राजोपाध्याय समाजले मासिक रूपमा आयोजना गर्दै आएको पञ्चाभिषेक रूद्री समापन भएको छ । काठमाडौं उपत्यकाका तीनै शहरबाट ३५ जना राजोपाध्याय ब्राह्मणबाट कोरोनाबाट समाजलाई मुक्त गर्नको लागि विभिन्न पूजा गरिएको समाजका महासचिव विराज राजोपाध्यायले गोरखापत्र अनलाइनलाई जानकारी गराउनुभयो । १०८ कलश यात्राबाट शुरु गरिएको कार्यक्रममा देव ब्राह्मण ११ जनाबाट लघु रूद्राभिषेक, नौ जनाबाट नवचण्डी, शिव पञ्चाङ्ग पाठ गरिएको थियो । करिब १० हजार सङ्ख्याको अयुताहुति यज्ञसमेत सम्पन्न गरिएको थियो । काठमाडौंमा महिन्द्रेश्वर महादेव मखनमा, पाटनमा विश्वेश्वर महादेव मङ्गलबजार र भक्तपुरमा तिलेश्वर महादेव टौमढीमा मासिक रूपमा रूद्रीपाठ गरिँदै आएको हो ।
मदन पुरस्कारका लागि छानिए आठ पुस्तक
मदन पुरस्कार २०७८ का लागि आठवटा पुस्तक छानिएका छन्। मदन पुरस्कार गुठीले सोमबार २९९ पुस्तकमध्ये आठ पुस्तकको सूची सार्वजनिक गरेको छ। सूचीमा नवराज लम्सालको अग्नि, दामोदर पुडासैनी ‘किशोर’को ‘गृष्मको नीलो बतास’, वसन्त बस्नेतको ‘महाभारा’, दीपा मेवाहाङ राईको ‘यादको सन्दुक’, नयनाथ पौडेलको ‘लिच्छवि लिपि’, नीलमणि ढुङ्गानाको ‘व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश’, सुजित मैनालीको ‘सतीस् इतिहास र मीमांसा’ र पद्मसुन्दर जोशीको ‘हिति प्रणाली’ छन्। यीमध्ये एकलाई २०७८ को मदन पुरस्कार दिइनेछ।
यो वर्षको दाहाल यज्ञनिधि पुरस्कार महावीर पुनलाई
काठमाडौँ, साउन २५ गते। यो वर्षको दाहाल यज्ञनिधि ‘जदौ’ पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख आविष्कारक महावीर पुनलाई प्रदान गरिने भएको छ। बुधबार साहित्यकार तथा सञ्चारकर्मी दाहाल यज्ञनिधिको चौंथो श्रद्धाञ्जली सभामा उहाँको नाममा स्थापना भएको पुरस्कार पहिलो पटक महावीर पुनलाई प्रदान गर्ने घोषणा भएको हो। पुरस्कारको राशी एक लाख ५० हजार रूपैयाँ रहेको दाहाल यज्ञनिधि सुधा सदनका सचिव ठाकुर बेल्बासेले जानकारी दिनुभयो। पुन देश बाहिर रहनुभएकाले उक्त पुरस्कार भदौ ४ गते शनिबार राजधानीमा विशेष कार्यक्रम गरेर प्रदान गरिनेछ। दाहालको नाममा यसै वर्ष काठमाडौँ जिल्ला प्रशासनमा ‘दाहाल यज्ञनिधि सुधा सदन’ नामक संस्था दर्ता भएको हो। संस्थाको अक्षयकोशमा ५१ लाख रूपैयाँ राखिएको छ। अक्षयकोशको व्याजबाट दाहालका कृति प्रकाशन, स्मृतिग्रन्थ प्रकाशन, शिक्षा, साहित्य र संस्कृतिका क्षेत्रमा काम गर्ने विशिष्ट प्रतिभालाई सम्मान गरिने संस्थाका उपाध्यक्ष डा. रमेश शुभेच्छुले जानकारी दिनुभयो। त्यस्तै दाहाल यज्ञनिधिले लामो समय शिक्षण गर्नुभएको दरबार हाइस्कुलमा पढ्ने कक्षा ८ का छात्रछात्रामध्ये नेपाली विषयमा उत्कृष्ट अङ्क ल्याउने एक छात्र र एक छात्रालाई २० हजार पुरस्कार प्रत्येक वर्ष संयुक्त रूपमा दिइने निर्णय गरिएको छ। कवि तुलसी दिवसको प्रमुख आतिथ्यमा सम्पन्न भएको दाहाल यज्ञनिधिको चौंथो श्रद्धाञ्जली सभामा डा. केदार न्यौपाने, डा. रामप्रसाद ज्ञवाली, डा. देवी नेपाल, डा. विष्णु राई, लोचन भट्टराई, श्रवण मुकारुङ, प्रह्लाद पोखरेल, धिरेन्द्र प्रेमर्षि, अभय श्रेष्ठ, अनिल पौडेल., गोविन्द नेपाल, सूर्यप्रसाद डुम्रे, डम्बर घिमिरे, प्रकाश सिलवाल, त्रिभुवनचन्द्र वाग्ले, भावकेशर बराल, गोविन्द आचार्य, पारु तिमल्सिना, गीता सापकोटा, मुना बोहोरा, टीका चाम्लिङ, ओमकुमारी बन्जारा, श्रीतेष थापाले कविता वाचन गर्नुभयो। कार्यक्रमका प्रमुख अतिथि दिवसले यसरी एउटा स्रष्टालाई निरन्तर सम्झनेगरी संस्थाको जन्म भएकोमा खुशी व्यक्त गर्नुभयो। कार्यक्रमको समापन गर्नुहुँदै सदनका अध्यक्ष सुधा दाहालले दाहाल यज्ञनिधिको पसिनाको धनलाई उहाँकै नामको अक्षयकोषमा राखेको जानकारी गराउनुभयो। ‘‘मैले उहाँलाई गुमाए। यो म एक्लो भएको दिन हो। अरु केही गर्न नसकेपछि उहाँको पसिनाको धनलाई उहाँकै नामको अक्षयकोषमा राखेको हो’’, अध्यक्ष दाहालले भन्नुभयो। कार्यक्रममा दाहाल यज्ञनिधिकी आमा कृष्णकुमारी दाहालको समेत उपस्थिति थियो।
तन्त्रमा आधारित देवी देवताका १५ थान चित्र प्रदर्शनीमा
ललितकला पत्रकार समाजको नियमित कार्यक्रम ‘कलाका कुरा’मा यस पटक युवा कलाकार राजप्रकाश तुलाधर देखिनुभयो । तीन दशकदेखि परम्परागत पौभा कलामा सक्रिय कलाकार तुलाधरको कला यतिबेला ठमेल स्थित म्युजियम अफ नेपाली आर्ट (मोना म्युजियम)मा संचालित छ ।