कलाकार सभ्यताका बाहक हुन् : राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले कलाकारहरु सभ्यताका वाहक हुन् भने उहाँहरुले गरेका सिर्जना राष्ट्रका अमूल्य निधि र सम्पदा रहेको बताउनुभएको छ ।
शुभबहादुर र तीर्थकुमारी सम्मानित
गोरखापत्र समाचारदाताकाठमाडौँ, वैशाख १९ गते । भजन शिरोमणि भक्तराज आचार्यको नाममा स्थापित ‘भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान–२०७८’ सङ्गीतकार शुभबहादुर सुनाम र गायिका तीर्थकुमारीलाई प्रदान गरिएको छ ।शनिबार आयोजित कार्यक्रममा उहाँहरूलाई जनही ५० हजार एक रुपियाँसहित सम्मान गरिएको हो । सुनाम र थापालाई भक्तराज आचार्य र सुशीला आचार्यले सम्मान प्रदान गर्नुभयो । त्यसैगरी कार्यक्रममा ‘सुशीला आचार्य स्वास्थ्य कामना सम्मान’ बाट वाद्यवाधक रुपेश सिंहलाई नगद २५ हजार एक रुपियाँ प्रदान गरियो ।
कवि डा. गिरिको एकल कविता वाचन
गोरखापत्र अनलाइनकाठमाडौँ, वैशाख १८ गते । राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालको मासिक अविरल जनसाहित्य यात्रा’ को ६७ औँ शृङ्खलामा साहित्यकार प्रा डा जीवेन्द्रदेव गिरिका एक दर्जन कविताको प्रस्तुति भएको छ । स्रष्टाहरुलाई मञ्च प्रदान गरी समालोचकीय पृष्ठपोषण प्रदान गर्ने ध्येयले सञ्चालित सो शुङ्खला कोभिड—१९ का कारण केही वर्ष भर्चुअल रुपमा सम्पन्न भएका थिए ।गत महिनादेखि भौतिक उपस्थितिमा पुनः सञ्चालनमा ल्याएको छ । नेपाली भाषा, साहित्य, लोकसाहित्य, बाल साहित्य र संस्कृतिका विषयमा अध्ययन, अनुसन्धान तथा दर्जनौ कृति प्रकाशन गरेका नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्यसचिव एवं प्रगतिशील लेखक सङ्घका निवर्तमान अध्यक्ष डा गिरीको गत वर्ष ‘झुल्के घाम’ कविता सङ्ग्रह प्रकाशित भएको थियो । उहाँका गीत, बाल कविता र फुटकर कविता पनि प्रकाशित छन् । वि.सं.२००९ असार ८ गते सुर्खेतको सिम्तामा जन्मनुभएका डा गिरिले ‘सिम्ताली भाषाको भाषा वैज्ञानिक अध्ययन’ विषयमा विद्यावारिधि उपाधि हासिल गर्नुभएको छ । सिङ्गो जीवन प्राध्यापनमा, लोकसाहित्यको अनुसन्धानमा, नेपाली समालोचनाका क्षेत्रमा समर्पित गर्नुभएको छ ।डा गिरिले ‘किसानको गीत’, ‘बज्यै’ (शिखरिणी छन्दको), ‘श्रद्धाञ्जली त्यो विलुप्त बालकप्रति’ र ‘जबज प्यारो’ शीर्षकका कविता वाचन गर्नुभयो । सहयोगी कविहरू नर्मदेश्वरी सत्यालले ‘राम विनय दाइ’ शीर्षकको र ‘बाबा विदेश जानुभो’ शीर्षकको बाल कविता वाचन गर्नुभयो । कवि सुशीला प्रधानाङ्गले ‘झिलिमिली बिजुली’ र ज्ञानु विद्रोहीले ‘सुन्दर’ शीर्षकको शार्दूलविक्रीडित छन्दको कविता वाचन गर्नुभयो । देबु लुइटेलले ‘समर्पण’ शीर्षकको अनुष्टुप छन्दको कविता वाचन गर्नुभयो भने जीतेन्द्र चौधरी र रूपक चौधरीले ‘हा हा कहो न’ शीर्षकको थारु भषामा अनुवाद गरिएको गीत गाउनुभयो ।कार्यक्रममा नेकपा (एमाले) का केन्द्रीय संस्कृति विभाग प्रमुख रघुजी पन्तले डा गिरिमा मातृभाषा र मातृस्थलका विषयलाई अनुसन्धान र कृतिमार्फत बाहिर ल्याउन योगदान दिनुका साथै रुप र विचारका उहाँका कृतिहरु पठनीय भएको बताउनुभयो । नेता पनतले भन्नुभयो, “कवितामा विचार, भाव, रूप पक्षको सन्तुलन भयो भने कविता उत्कृष्ट हुन्छ । बालक निर्दाेष भएजस्तै बालसाहित्य पनि निर्दाेष हुनुपर्छ । वाचित भएका कविता तथा गाइएका गीतमा बालकविता बढी सुन्दर लागे ।” राष्ट्रिय जनसांस्कृतिक महासंघका अध्यक्ष प्रेमनाथ अधिकारीले अविरल जनसाहित्यको निरन्तरताका लागि खुशी व्यक्त गर्दै डा गिरिको प्रेरणालाई शक्तिमा रुपान्तरण गरी महासङ्घका सात वटै घटकलाई आफ्नो उद्देश्यमा सक्रिय तुल्याउन भूमिका निर्वाह गर्ने बताउनुभयो । समालोचक प्रा डा कृष्णप्रसाद घिमिरेले गिरीका कविता सुनिसकेपछि तत्काल स्रोतालाई प्रभाव पार्ने गुण उहाँका कवितामा पाइने बताउनुभयो । सङ्घका अध्यक्ष राम विनयले अविरल जनसाहित्य यात्रालाई प्रदेशगत रुपमा पनि सञ्चालन गर्ने कार्ययोजना रहेको सुनाउनुभयो । सङ्घका महासचिव प्रकाश सिलवालले डा गिरिको साहित्यिक र सङ्गठनिक योगदानबारे चर्चा गर्दै नयाँ पुस्ताका लागि उहाँको जीवन प्रेरणादायी हुने बताउनुभयो ।
सीमान्तकृत वर्गको आवाज ‘उलार’
आख्यानकार नयनराज पाण्डेको चर्चित उपन्यास ‘उलार’ यति बेला कौसी थियटरमा मञ्चन भइरहेको छ ।
नेपाल–भारत साहित्य महोत्सव सुरु
नेपाल–भारत साहित्य महोत्सव शुक्रबारबाट सुरु भएको छ । तीन दिनसम्म चल्ने उक्त महोत्सवले नेपाल–भारत साहित्य र पर्यटन प्रवद्र्धन लक्ष्यसहित महोत्सव आयोजना गरिएको महोत्सवका अध्यक्ष राधेश्याम लेकालीले बताउनुभयो ।
‘पल्पसा क्याफे’को कमाइ सन्तोषजनक
प्रदर्शनको पहिलो दिनदेखि दर्शकको उत्साहपूर्ण साथ पाउँदै आएको विमल सुवेदी निर्देशित नाटकले पहिलो सातामा पाँच लाख कमाइ गरेको छ । निर्देशक विमल सुवेदीले गोरखापत्रलाई उपलब्ध गराउनुभएको तथ्याङ्कअनुसार नाटकले पहिलो हप्तामा प्रति सो ५५ हजार कमाइ गर्दै कुल पाँच लाख पु-याएको हो ।
चित्रकलामा समर्पित कलाकार एरिना
कलाकार एरिना ताम्राकारको अनुभवमा महिला शक्तिको खानी हो, आफ्नो शक्तिलाई चिनेर जुनसुकै क्षेत्रमा प्रतिबद्धतासहित अगाडि बढे हरेक चुनौतीको सामना गर्न महिला सक्षम छन् । विगत तीन दशकदेखि चित्रकलामै समर्पित कलाकार ताम्राकारलाई देश–विदेशमा यही विधाले चिनाएको छ । कलाको अध्ययन गर्दा नै उहाँ यही क्षेत्रमा सिङ्गै जीवन अर्पित गर्ने प्रणले अगाडि बढ्नुभयो ।
जिन्दगी खोजिरहेको यात्री र पुडुचेरी (निबन्ध)
नयाँ वर्षको पहिलो बिहान । रातिदेखि नै शुभकामनाहरू आउनुपर्ने । म्यासेजको टिङ टिङले निन्द्रा बिथोलिनुपर्ने तर एक्कासि मिश्र सरको फोनले बिउँझिन्छु । ढिलो भइसकेछ । हतार हतार तयार भएर निस्कन्छु । बिहानी सूर्यसँगै उज्यालिएको छ समुद्र र यहाँको परिवेश । समुद्रको यो उज्यालोसँगै म उज्यालो अनुहार सम्झिन्छु, जो अक्सर समुद्र किनारमा मेरो पाखुरा समाएर हिँड्ने रहरमा उज्यालिन्थ्यो । आज यहाँ यतिखेर उनी छैनन् । उनी यहाँ भएकी भए कति खुसी हुन्थिन् होला । कति उत्साहित हुन्थिन् होला । मलाई उनीभन्दा पनि उनी खुसी हुँदाको क्षणले सताउँछ । उनको अनुहारको खुसी देख्न सधँै लालायित हुन्छु म । त्यसो त उनको अनुहारको उज्यालो सम्झिएँ भने अहिले नै अँध्यारो हुनेछ यो समुद्री किनार, भर्खरै उदाएको घाम र यहाँको परिवेश । उनको अनुहार र मनमा रहेको उज्यालोले मेरो जीवनको गोरेटोभरि प्रकाश छरिदिएको छ । मेरो जीवनमा उनको उपस्थितिले मेरो जिउने सिलसिला नै बदलिएको छ ।
यो कस्तो सम्बन्ध ? (कथा)
मेरो पछाडि आएर उभिरहेकी रहिछन् डेवी वार्नेर । आफ्नो काम सकेर फनक्क फर्किंदा डेवी मुसुमुसु हाँसेर मतिर हेरिरहेकी । “ओ डेवी यस्तो जाडोमा पनि तिमी आएकी ?” “उफ् ! सारा आज बाहिर अति नै जाडो छ, तिमीलाई थाहा छ आज कति चिसो छ ?” “सरी मसित अहिले मोबाइल छैन, तिमीले हेरिकी हौ कति चिसो रहेछ ?” “मैले घरबाट निस्किँदै हेरेको, माइनस १५ डिग्री छ ।”