असारे भाका : गीतमै प्रेम, वियोग, सुख र दुःख
असारको महिना मानो रोपेर मुरी उब्जाउने समयको रुपमा लिइन्छ। असारमा रोपाइँसँगै विभिन्न मिथक जोडिएका छन्। असार १५ मा दही चिउराको जति महत्त्व छ उस्तै असारे गीतको महत्त्व रहेको छ।
वियोगान्त प्रेमकथा नाटक ‘कनन हरलता’
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको ‘बहुभाषिक नाट्य उत्सव २०७९’को दोस्रो दिन पुरानो घर समूह रौतहटको थारु भाषाको ‘कनन हरलता’, मञ्चन भयो । असार १२ देखि १८ गतेसम्म सञ्चालन हुने उत्सवमा विभिन्न भाषाभाषीको ७ वटा नाटक मञ्चन हुँदैछ ।
नाटक ‘साबिती’ मञ्चन हुने
चर्चित साहित्यकार जगदीश घिमिरेको कथा ‘साबिती’ मा आधारित नाटक मञ्चन हुने भएको छ । विमल सुवेदीको निर्देशनमा असार १७ देखि १९ गतेसम्म, शिल्पी थिएटरमा उक्त नाटक मञ्चन हुने भएको हो । नाटकको प्रमुख भूमिकामा चर्चित भारतीय रङ्गकर्मी अनुराधा मजुमदार रहने बताइएको छ ।
पाँच जनालाई गण्डकी प्रज्ञा सम्मान
गण्डकी प्रज्ञा प्रतिष्ठानको प्रथम वार्षिक उत्सवको अवसरमा गण्डकी प्रज्ञा सम्मानबाट साहित्य, सङ्गीत, कला र संस्कृति क्षेत्रका पाँच जना सम्मानित हुनुभएको छ । गण्डकी प्रज्ञा सङ्गीत सम्मानबाट गोरखाका आलोक श्री, गण्डकी प्रज्ञा कला सम्मानबाट कास्कीका यादव चन्द्र भुर्तेल, गण्डकी प्रज्ञा नृत्य सम्मानबाट म्याग्दीकी धनकुमारी थापा, गण्डकी प्रज्ञा साहित्य सम्मानबाट नवलपुरका गोविन्द विनोदी, गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट नवलपुरका पुष्परत्न महत्तोलाई सम्मान गरिएको हो ।
मोतीलानी पुरस्कार प्रदान
पछिल्ला दुई वर्ष नेपालभाषा विषयमा सबैभन्दा बढी अङ्क ल्याउने विद्यार्थीलाई शनिबार मोतीलानी पुरस्कार प्रदान गरिएको छ । कोभिडका कारण गत वर्ष पुरस्कार कार्यक्रम हुन नसकेपछि यस पटक पछिल्ला दुई सत्रमा नेपाल भाषा विषयमा एसईई, डिप्लोमा र मास्टर्समा पहिलो हुने विद्यार्थीलाई मोतीलानी पुरस्कार प्रदान गरिएको हो ।
नाट्य उत्सवको पहिलो दिन ‘स्वर्ग जाने बाटो’ मञ्चन
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा शुरु भएको ‘बहुभाषिक नाट्य उत्सव २०७९’ को पहिलो दिन उद्घाटन संगै नाटक ‘स्वर्ग जाने बाटो’ बाट मञ्चन भएको छ । नाटकले सपनामा देखेको कुराहरुको कथा बताउँछ । घरमा पाहुना बस्न आएका काकासँगको घुलमिल र आफुले देखेको सपनामा स्वर्ग गएको कथा सुनाएपछि गाउँलेहरु बैठक बसी सरसल्लाह गरेर स्वर्ग जाने बाटो बनाउने योजना नै नाटकको प्रमुख कथा हो ।
मातृभाषा पत्रकारिता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेवा पत्रकार राष्ट्रिय दवु काठमाडौंले मातृभाषामा पत्रकारिताको अवस्था विषयक एकदिने मातृभाषी पत्रकारहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंमा आइतबार भएको अन्तरक्रिया कार्यक्रममा मातृभाषी पत्रकार तथा विज्ञहरुले आफ्नो प्रस्तुती गर्नुभएको थियो ।
पर्यटन प्रवर्धनका लागि तानसेनमा बन्यो खुला ‘नाचघर’
तानसेनको बतासेडाँडामा बनेको ‘श्रीनगर सांस्कृतिक डबली’ निर्माणको काम सकिएको छ । जिल्लामा आएका आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले निर्माण थालिएको सांस्कृतिक डबली निर्माणको काम सकिएको हो ।
खुला गजल प्रतियोगितामा गुरुङ प्रथम
ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा आयोजित खुला गजल प्रतियोगितामा रोशन गुरुङ प्रथम हुनुभएको छ । कञ्चनजङ्घा साहित्यिक प्रतिष्ठानले आयोजना गरेको गजल प्रतियोगितामा मिक्वाखोला गाउँपालिका–४ साँबाका गुरुङ प्रथम हुनुभएको हो । यस्तै प्रतियोगितामा फुङ्लिङ नगरपालिका–६ का नवराज आचार्य द्वितीय र फुङ्लिङ नगरपालिका