• १५ असार २०८१, शनिबार

नाट्य उत्सवको पहिलो दिन ‘स्वर्ग जाने बाटो’ मञ्चन

blog

गोरखापत्र समाचारदाता

काठमाडौं, असार १३ गते । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा शुरु भएको ‘बहुभाषिक नाट्य उत्सव २०७९’ को पहिलो दिन उद्घाटन संगै नाटक ‘स्वर्ग जाने बाटो’ बाट मञ्चन भएको छ । 

नाटकले सपनामा देखेको कुराहरुको कथा बताउँछ । घरमा पाहुना बस्न आएका काकासँगको घुलमिल र आफुले देखेको सपनामा स्वर्ग गएको कथा सुनाएपछि गाउँलेहरु बैठक बसी सरसल्लाह गरेर स्वर्ग जाने बाटो बनाउने योजना नै नाटकको प्रमुख कथा हो । 

गाउँलेहरु रितिरिवाज अनुसार प्रकृति पाठ गर्दै माटोको तल्लैतल्ला बनाएर स्वर्ग जाने बाटो बनाउने प्रयास गरेको कुरा नाटकमा देखाइएको छ । तर अन्त्यमा सबैभन्दा माथी पुगेका साथीले आंकुसे  मागेको तर तल जमिनमा बस्ने मान्छेहरु अन्यथा ढालिदेउ भन्ने सुनेर उसको स्वर्ग जाने बाटोको सपना साकार हुँदैन सबै  भत्किन्छ । घेलाको भाडोसँगै उसको सपना यत्रतत्र छरिन्छ । त्यहि छरिएको सपनालाई घट्दो जनसंख्य र लेप्खा जातीको संरक्षणको लागि समाजमा नभएको पहलका कुराहरुलाई नाटकमा उजागर थर्न खोजिएको छ । 

नाटकलाई सोङकित लाप्चाले निर्देशन गर्नुभएको हो भने ज्ञान बहादुर लाप्चा, खेम बहादुर लाप्चा, ओङछिरिङ लाप्चा, दिमित लाप्चा, मिनामित लाप्चा, पेमकित लाप्चा, छिकित लाप्चा, राजेन्द्र कट्टेल, सृष्टि राई, सन्जोक घिमिरे र निर्देशक लाप्चा स्वंयको नाटकमा अभिनय रहेको छ । नाट्य उत्सव असार १२ देखि १८ गतेसम्म कुञ्ज थिएटर थापागाउँमा चल्नेछ ।