• १५ असार २०८१, शनिबार

भन्सार छली ल्याइएका आठ लाख बढी मूल्यका सामान बरामद

blog

भावना जोशी 

अत्तरिया, असार १२ गते । प्रहरीले विभिन्न ठाउँबाट एकै दिन ८ लाख मूल्य बढीको भन्सार छलीको सामान पक्राउ गरेको छ । कैलालीको धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार रोड, धनगढी–३ ट्राफिक चौराहा, धनगढी–१८, भजनी नगरपालिका–६ माहादेउली, भजनी–९ आमरी बाटभन्सार छलीको सामान पक्राउ गरेको जिप्रका कैलालीले जनाएको हो  । 

यस्तै लम्कीचुहा नगरपालिका–२ मोतीपुर, घोडाघोडी नगरपालिका–११ आम्बासा र कैलारी गाउँपालिका–५ गोबरेलाबाट भन्सार छलिका अन्दाजी ४ लाख ६५ हजार १७० मूल्य बराबरका बिडी, सुर्ती, कुरकुरे, सलाई, झोला, कुर्ता सुरवाल, माछा, भारतीय नम्बर प्लेटको मोटरसाइकल एक थानसहित सामान पक्राउ गरेको प्रहरीले जनाएको छ । 

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–१० सुकासाल, गज्जर, भीमदत्त–१७ बासखेडा र पुनर्वास नगरपालिका–११ डोकेबजारबाट अन्दाजी ४ लाख ४ हजार ८६५ मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरिएको समेत जिल्ला प्रहरी कार्यालय कञ्चनपुर जनाएको हो ।