भाषा, साहित्य र संस्कृति प्रवर्द्धनमा प्रतिष्ठानको भूमिका प्रशंसनीय: प्रम देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले देशको भाषा, साहित्य एवम् संस्कृतिको प्रवर्द्धनमा प्रज्ञा प्रतिष्ठानले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ ।
अटलमान राई स्मृतिग्रन्थ विमोचन
राजनीतिज्ञ तथा समाजसेवी स्वर्गीय अटलमान राईको वार्षिक पुण्यतिथिको अवसरमा ‘अटलमान राई स्मृतिग्रन्थ’ पुस्तककोे विमोचन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पुस्तक विमोचन गर्दै राईले राजनीतिमा पु-याउनुभएको योगदानको कदर गर्नुभयो । स्वर्गीय राईको सम्झना गर्दै मन्त्री भुसालले जातीय तथा वर्गीय उत्पीडन घटाउन स्वर्गीय राईले महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
निरुका दुई कृति सार्वजनिक
काभ्रेपलाञ्चोकको पनौतीका स्रस्टा निरु न्यौपानेको दुई कृति र एउटा गीत लोकार्पण गरिएको छ ।
‘माहुरी’ सार्वजनिक
घरेलु श्रमिक र मनोरञ्जन क्षेत्रमा कार्यरत महिला श्रमिकको वास्तविक कथा समेटेर तयार पारिएको ‘माहुरी’ पुस्तक सार्वजनिक भएको छ । तरङ्गिनी फाउन्डेसनले कम पारिश्रमिकमा धेरै मिहिनेत गरेर पनि आफ्नो भविष्य सुनिश्चित नहुने श्रममा जोडिएका महिलाको पीडालाई माहुरी पुस्तकमा सङ्कलन गरी बजारमा ल्याएको हो ।
कविता सङ्ग्रह ‘पानीका रेखा’
मानसाग्निको ‘पानीका रेखा’ कविता सङ्ग्रहमा एकाउन्नवटा कविता समावेश छन् । कविता सङ्ग्रहले विभेद, असमानता र अन्यायका स्वरलाई उजागर गरेको छ । कविभित्र समाज परिवर्तन र विद्रोहको आगो जबसम्म हुर्हुर बल्दैन, त्यो काव्यमा परिणत हुँदैन । ऊ लाचार छ लड्न सक्दैन ।
नेपालमा भारतका चित्रकार सञ्जय र सञ्जिदाको कला प्रदर्शनी
नेपाल मिथिला येँ ग्यालरीमा ‘इनोभेसन अफ युथ’ शीर्षकमा राखिएको कला प्रदर्शनी आइतबार समापन भएको छ।
सिर्जनामा इनरुवा साहित्यिक कार्यक्रम
सुनसरीको सदरमुकाम इनरुवामा ‘सिर्जनामा इनरुवा साहित्यिक कार्यक्रम’ को १५ औं शृङ्खला सम्पन्न भएको छ । इनरुवाका साहित्यकार र पत्रकारको रचना, विचार र कला प्रस्तुत गर्ने थलोको रुपमा रहेको सो कार्यक्रम शनिबार सम्पन्न भएको हो ।
अवधी भाषाको विकासमा प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री केसी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले अवधी भाषाको विकासमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । कपिलवस्तुको तौलिहवामा आयोजना गरिएको अवधि सम्मेलनको उदघाटनसत्रमा मुख्यमन्त्री केसीले सो कुरा बताउनुभएको हो ।
भारतीय साहित्यकारलाई नेपालगञ्जमा सम्मान
नेपाल–भारतमैत्री संघको अगुवाईमा नेपालगञ्ज आउनुभएका भारत महाराष्ट्रका दुई जना वरिष्ठ साहित्यकारलाई नेपालगञ्जमा सम्मान गर्नुका साथै साहित्यिक सम्बन्ध विस्तार विचार विमर्श गरिएको छ ।