• २८ वैशाख २०८१, शुक्रबार

भारतीय साहित्यकारलाई नेपालगञ्जमा सम्मान

blog

सिराज खान 

नेपालगञ्ज, असार ४ गते । नेपाल–भारतमैत्री सङ्घको अगुवाइमा नेपालगञ्ज आउनुभएका भारत महाराष्ट्रका दुई जना वरिष्ठ साहित्यकारलाई नेपालगञ्जमा सम्मान गर्नुका साथै साहित्यिक सम्बन्ध विस्तार विचार विमर्श गरिएको छ । 

भेरी साहित्य समाज केन्द्रीय समितिको काव्य विभागद्वारा यहाँ आयोजित साहित्यिक विमर्श तथा सम्मान कार्यक्रममा भारतको नासिक महाराष्ट्रबाट आउनुभएका वरिष्ठ साहित्यकार मनीषा खटाटे र डा.राजेन्द्र खटाटेलाई सम्मान गरिएको हो । 

कार्यक्रममा भारतीय साहित्यकारलाई नेपाल–भारतमैत्री संघ नेपालकी वरिष्ठ उपाध्यक्ष सुषमा शर्मा र प्राज्ञ सनतकुमार रेग्मीले सम्मानपत्र प्रदान गरेर सम्मानित गर्नुभयो । सो अवसरमा नेपाल र भारतवीच साहित्यिक गतिविधि र सम्बन्ध बढाउने कुरामा सबै साहित्यकारले जोड दिनुभएको भेरी साहित्य समाजका केन्द्रीय अध्यक्ष हरि तिमिल्सिनाले बताउनुभयो । 

साहित्यिक विमर्श तथा नेपाल–भारत सम्बन्धका बारेमा छलफल विस्तृत छलफल गरिएको सो कार्यक्रममा नेपाली साहित्यकारले भारतको साहित्य र भाषाप्रति बढी रुचि रहेको बताउनुभयो । भारतीय साहत्यिकारद्वारा नेपाली साहित्यप्रति कम रुचि रहेको पनि उहाँहरुले चर्चा गर्नुभयो ।  

सो अवसरमा बोल्दै भारतीय वरिष्ठ साहित्यकार डा.राजेन्द्र खटाटेले नेपाल–भारतमैत्री संघको सहयोगमा दुबै देशवीच साहित्यिक सम्बन्ध विस्तार गर्ने र सुमधुर बनाउने अभियान शुरु गरिएको बताउनुभयो । 

सोहीक्रममा आगामी भदौमा भारतको गोवामा नेपाल र भारतका साहित्यकारको बृहत् सम्मेलन गरिने र त्यसपछि नेपालमा पनि सोही प्रकारको सम्मेलन गरिने योजना रहेको बताउनुभयो । 

नेपालगञ्जमा उर्दु र हिन्दी साहित्यकारसँगै नेपाली साहित्यमा पनि दख्खल राख्ने धेरै जना रहेकाले नेपालगञ्जको यात्रामा आएको अर्का भारतीय साहित्यकार मनीषा खटाटेले बताउनुभयो ।  


नेपाल–भारतमैत्री सङ्कीघ वरिष्ठ उपाध्यक्ष सुषमा शर्माले नेपाल भारतमैत्री सङ्घले विभिन्न माध्यमबाट दुबै देशको सम्बनध बलियो बनाउने काममा सङ्घ निरन्तर क्रियाशील रहेको बताउनुभयो । 

कार्यक्रममा वरिष्ठ साहित्यकार प्राज्ञ सनत रेग्मी, नरेन्द्रजङ पिटर, किरण आचार्य, डा.इन्द्र भण्डारी, विष्णु कुमाल, प्रकाश गिरी निश्चल, कल्पना पौडेल, निसु जोशी, प्रियंका वैश्य लगायतले आफ्नो मन्तव्य राख्दै नेपाल र भारतको सम्बन्ध जनस्तरमा झन सुदृढ पार्न दुबै देशमा संयुक्त साहित्यिक गतिविधि बढाउन आवश्यक रहेको बताउनुभयो ।