• २८ वैशाख २०८१, शुक्रबार

पोखरामा बस दुर्घटना, १९ जना घाइते

blog

दुर्घटनामा परेको बस । तस्विरः फडिन्द्र अधिकारी

फडिन्द्र अधिकारी

लेखनाथ, वैशाख १५ गते । पोखरा–बागलुङ राजमार्गअन्तर्गत पोखरा महानगरपालिका वडा नम्बर २५ हेमजा सडकखण्डमा यात्रुबाहक बस शनिबार साँझ दुर्घटना भएको छ । दुर्घटनामा १९ जना घाइते भएका छन् ।

घाइतेमध्ये १६ जनाको गण्डकी मेडिकल कलेज र तीन जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले बागलुङबाट तनहुँका लागि छुटेको ग १ ख ९२९७ नम्बरको बस हेमजाको भोटे क्याम्पमा दुर्घटना भएको जानकारी दिनुभयो । 

साँझ साढे ७ बजेतिर डिभाइडरमा ठोक्किएर अनियन्त्रित भई बस सडकमा पल्टिएको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।