• २८ वैशाख २०८१, शुक्रबार

राष्ट्रिय कविता महोत्सव : टीका आत्रेयको ‘संकल्प’ शीर्षकको कविता प्रथम

blog

काठमाडौं, असार ९ गते । नेपाल प्रज्ञा प्रतिष्ठानको ६५ औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित ‘राष्ट्रिय कविता महोत्सव-२०७९’ मा सुनसरीका टीका आत्रेय प्रथम हुनुभएको छ । उहाँको ‘संकल्प’ शीर्षकको कविता प्रथम भएको नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले जानकारी दिनुभयो । 

त्यसैगरी धादिङका यात्रीप्रकाश पाण्डे द्वितीय हुनुभएको छ । उहाँको  ‘आगोमा फुलेको देश’ शीर्षकको कविताले द्वितीय पुरस्कार पाएको हो । 

भक्तपुरका सीता तुम्खेवा ‘चरिसो फूल’, सुनसरीकै किरन सिवा ‘बुबाको सिलाइ मेसिन’ र अछामका कमलराज केसी ‘सपना उम्रन्छ माटोमा’ शीर्षकका कवितासहित तृतीय हुनुभएको छ ।