• २९ वैशाख २०८१, शनिबार

‘किशोर नेपाल पत्रकारिता पुरस्कार’ स्थापना

blog

फाइल तस्बिर

काठमाडौं, जेठ २४ गते। वरिष्ठ पत्रकार किशोर नेपालको नामबाट एक लाख एक हजार एक सय रुपियाँ राशिको ‘किशोर नेपाल पत्रकारिता पुरस्कार’ स्थापना गरिएको छ।

पत्रकार नेपालको ७० औं जन्मोत्सवका अवसरका मिडिया इन्टरनेसनलले उक्त राशिको पुरस्कार घोषणा गरेको हो। नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षसमेत रहनु भएका किशोर नेपालको नामबाट मिडिया इन्टरनेसनलले हरेक वर्ष पुरस्कार प्रदान गर्नेछ।

राष्ट्रियस्तरका कैयौं पत्रपत्रिकाको सम्पादकको जिम्मेवारीमा रहेर काम गरिसक्नु भएको छ। उहाँले गोरखापत्र संस्थानको कार्यकारी अध्यक्ष तथा गोरखापत्र दैनिकको प्रधान सम्पादकसमेत भएर कार्य गर्नुभएको छ।

कार्यक्रममा वरिष्ठ अर्थविद् विश्वम्भर प्याकुरेलले किशोर नेपालको नामबाट पत्रकारिता पुरस्कार स्थापना गर्नु महत्वपूर्ण काम भएको बताउनु भयो।

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले वरिष्ठ पत्रकार नेपालको पत्रकारिताबाट धेरै पत्रकार जन्मिएको उल्लेख गर्दै ७० वर्षमा पनि पत्रकारितामा सक्रिय हुनुले उहाँको जीवनबाट धेरै सिक्नुपर्ने चर्चा गर्नुभयो।