जीवन सहज बनाउन कलाको उत्पत्ति भएको हो : मन्त्री किराती
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आफ्नो १३औँ वार्षिकोत्सव मनाएको छ । आइतबार प्रतिस्थानले आफ्नो प्राङ्गणमा एक कार्यक्रमको आयोजना गर्दै वार्षिकोत्सव मनाएको हो ।
नीलम गुरुङ ‘द पोयट आइडल’
रियालिटी सो ‘द पोयट आइडल’को उपाधि नीलम गुरुङले जित्नुभएको छ । शुक्रबार भएको कार्यक्रममा अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै नीलमले पहिलो ‘द पोयट आइडल’को उपाधि जित्नुभएको हो ।
‘ताप्लेजुङदेखि अक्सफोर्डसम्म’
पूर्वगोर्खा सैनिक, शिक्षासेवी, अभियन्ता डा. चन्द्रकुमार लक्सम्बाको स्मृतिमा ‘ताप्लेजुङदेखि अक्सफोर्डसम्म’ शीर्षकको पुस्तक सार्वजनिक भएको छ । सेन्टर फर नेपाल स्टडिज यूकेद्वारा शनिबार आयोजित कार्यक्रममा स्व. लक्सम्बाको करिब ६० वर्षको जीवनयात्रा, योगदान, संस्मरणलाई पुस्तकका रूपमा सार्वजनिक गरिएको हो । यस पुस्तकमा उहाँको बहुआयामिक जीवनी र आलेखहरू समेटिएका छन् । संविधान सभाका सभापति देवराज घिमिरेले ताप्लेजुङदेखि अक्सफोर्डसम्म शीर्षकको पुस्तक सार्वजनिक गर्दै बेलायती सेनाबाट सेवानिवृत्त भएर देशको सेवा गर्छु भनेर स्वदेश फर्केका ताप्लेजुङका होनहार प्रतिभालाई छिट्टै गुमाउनुपर्दा देशलाई ठूलो नोक्सानी भएको बताउनुभयो ।
नेता, खिर र ढिँडो
ऊ कताबाट आइपुग्यो कुन्नि ! चुनावमा उठेको छ रे, हाम्र्रै निर्वाचन क्षेत्रबाट । ऊ हाम्रो नेता हो रे । परिवर्तन ल्याउन अरुले नसक्ने, उसले मात्र सक्ने दाबीका
नियात्राको चोटिलो दस्ताबेज
नेपाली साहित्यको वर्तमान कालखण्ड नियात्राले हराभरा हुँदै गएको छ । नेपाली साहित्यमा कविता विधाका अतिरिक्त नियात्रा विधाले पनि थप ऊर्जा प्रदान गरेको देखिन्छ । नियात्रालाई लिपिबद्ध तुल्याउन संस्मरण लेखन सहज माध्यम स्वीकारिन्छ । संस्मरणमा लेखकलाई मुक्त गतिबाट आफ्ना भाव, भाषा, दर्शन, चिन्तन, अनुभूति प्रकट गर्न सहज हुन्छ । विविध समयका यायावरीय अनुभूति प्रकट गर्ने क्रममा गोपीचन्द्र कार्कीले ‘चार भन्ज्याङ काटेपछि’ को स्वादिलो व्यञ्जन पस्कनु भएको छ, बीसवटा नियात्रा सङ्ग्रह गरेर ।
कीर्तिमानी पर्वतारोही शेर्पाको पुस्तक सगरमाथामा सार्वजनिक
विश्व कीर्तिमानी पर्वतारोही लाक्पा देन्डी शेर्पा बारे लेखिएको पुस्तक सगरमाथा आधार शिविरमा सार्वजनिक भएको छ ।
कला लेखन अभिमुखीकरण
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, मूर्तिकला विभाग र नेपाल ललितकला पत्रकार समाज (सोफाज) नेपालद्वारा संयुक्त रूपमा आयोजित ‘कला पत्रकार र कला लेखन अभिमुखीकरण कार्यक्रम’ शुक्रबार सम्पन्न भएको छ ।
सहरमा फेरि ‘मार्क्स फर्किए’
वर्तमान नेपाली राजनीतिसँग सान्दर्भिक परिस्थितिलाई चित्रण गरेको नाटक हो ‘मार्क्स फर्किए’ । आरोहण गुरुकुल नाटकघरमा नाटक अहिले दोस्रो पटक मञ्चन भइरहेको छ । समाजमा धनी र गरिबबीचको खाडल कसरी बढ्दै गएको छ भन्ने सन्दर्भलाई नाटकमा देखाइएको छ । अमेरिकी साहित्यकार हवार्ड जिनद्वारा लिखित नाटकलाई नेपाली परिवेशमा प्रस्तुत गरिएको छ । नाटकमा कार्ल माक्र्सको जीवनदर्शन चित्रण गरिएको छ ।
हेटौँडामा दुई दिने साहित्य महोत्सव सुरु
साहित्य सङ्गम मकवानपुरको आयोजनामा हेटौँडामा दुई दिने साहित्य महोत्सव सुरु भएको छ । शुक्रबारदेखि सुरुभएको हेटौँडा साहित्य महोत्सवमा साहित्यसम्बन्धी विविध रचनात्मक कार्यक्रम गरिने आयोजकले जनाएको छ ।
भक्तपुर चिनाउने कला प्रदर्शनी
भक्तपुरको मौलिक कलासंस्कृतिलाई समेटेर तयार पारिएको कला प्रदर्शनी बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा सुरु भएको छ । कलाकार पूर्ण ह्योजुले अहिलेको समयमा कलाकारको आर्थिक अवस्थालाई बलियो बनाउन प्रदर्शनी गरिएको बताउनुभयो । उहाँले भक्तपुरका परम्परागत तथा समसामयिक कलाकारलाई एकै ठाउँमा उभ्याएर कला प्रदर्शनी गरिएको जानकारी दिनुभयो । कलाकार सुन्दर सिङ्ख्वालले प्रदर्शनीमा भक्तपुरका झन्डै ८० प्रतिशत कलाकारलाई समेटिएको बताउनुभयो ।
नेपाल झल्काउने तस्बिर प्रदर्शनी
बेलायत (संयुक्त अधिराज्य)को लन्डनमा ‘नेपाल रिमेम्बर : हिस्टोरिकल इमेजेज’ नामक पुस्तक सार्वजनिक गरिनुका साथै त्यसभित्र रहेका तस्बिरहरूको प्रदर्शनी गरिएको छ ।
वसुन्धराश्री रुइत र मानश्री पुरस्कार पुनलाई प्रदान गरिने
वसुन्धरा-मान प्रतिष्ठानले २०८० सालको वसुन्धराश्री पुरस्कार वरिष्ठ चिकित्सक डा सन्दुक रुइत र मानश्री पुरस्कार वरिष्ठ वैज्ञानिक डा महावीर पुनलाई प्रदान गर्ने भएको छ।
भाषा मर्छ भनेर कवितामा कलम बिसाएँ
नेपाली भाषा र साहित्यमा छुट्टै धारको नेतृत्व गर्ने स्रष्टा हुनुहुन्छ प्रा.मुकुन्दशरण उपाध्याय। उहाँ ८४ वर्षको उमेरमासमेत नेपाली भाषा–व्याकरणको छुट्टै धारको नेतृत्व गर्दै निरन्तर अध्ययन अनुसन्धानमा सक्रिय हुनुहुन्छ।
समाजवादी संस्कृतिलाई अङ्गीकार गर्नुपर्छ : संस्कृतिमन्त्री
संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली समाज इतिहास र संस्कृतिको पुनर्लेखन गर्दै समाजवादी संस्कृतिलाई अङ्गीकार गर्नुपर्नेमा जोड दिनुभएको छ ।
सुज्योतिलाई उपाधि
नेप्लिज फेसन होमको आयोजनामा राजधानीमा सम्पन्न मिस लिटिल नेवाः ११४३ प्रतियोगितामा सुज्योति डङ्गोलले मुख्य उपाधि चुम्नु भएको छ । जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा विभूति विद्यामन्दिरको कक्षा ९ मा अध्ययनरत डङ्गोलले पुरस्कारबापत २५ हजार रुपियाँ प्राप्त गरेकी छन् भने प्रमुख उपाधिका साथ मिस ट्यालेन्टेड सेकेन्ड रनर्सअप उपाधि विजेता पनि हुनुभयो ।
सामाजिक घटनाहरूको दस्तावेज
मान्छेभित्र उम्लिएका कुण्ठा, आक्रोस मिसिएका कथाहरूको सङ्ग्रह हो कथाकार नवराज रिजालको ‘अब उप्राप्त’ कथासङ्ग्रह । साहित्यक पत्रकारितामा दत्तचित्त भएर लागिपरिरहेका रिजालका ‘अब उप्रान्त’ कथा सङ्ग्रहमा १७ वटा कथा सङ्ग्रहित छन् । कथामा नेपाली समाजमा रहेका सामाजिक, रा
राष्ट्रपति पौडेलद्वारा एनआरएनएको अरनिको अन्तर्राष्ट्रिय पुरष्कार प्रदान
राष्ट्रपति रामचन्द्र पौडेलले उपन्यासकार चेतनाथ आचार्यलाई अरनिको अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गर्नुभएको छ ।
सुन्दर परीको कथा ‘जून’
हामीले सानैदेखि धेरै किसिमका कथा सुन्दै आएका हुन्छौँ । यस्ता कथामध्ये अधिकांश दन्त्य कथा वा परी कथाले आदिम मानव सभ्यता र सङ्घर्षलाई काल्पनिक कथानकमार्फत प्रस्तुत गर्छन् । अघिल्ला पुस्ताले आउँदा पुस्तालाई सुनाउने दन्त्य कथा वा परी कथामा पात्रले भोगेका, अनुभव गरेका घटनामार्फत वर्तमान समय र भावी पुस्तालाई केही सन्देश, केही शिक्षा दिने उद्देश्य हुन्छ । सतही रूपमा हेर्दा कतिपय सन्देश पुरातन र अन्धविश्वासी लागे पनि ती कथालाई हेर्ने दृष्टिकोण बदल्दा जीवनपयोगी शिल्प, तकनिकी र आग्रहसमेत भेटिन्छन् । प्रस्तुत नृत्य नाटिका ‘जून’ पनि हामीले बाल्यावस्थादेखि सुन्दै आएका त्यस्तै दन्त्य कथा र परी कथाको सङ्गम हो तर यसले दन्त्य कथा र परी कथाभन्दा बढी आधुनिक समाजमा काम लाग्न सक्ने विषय उठान गरेको छ ।
प्रवासमा प्रतिविम्बित अनुभूतिहरू
नियात्राकार गीता रेग्मी नेपाली नियात्रा साहित्यमा परिचित नाम हो । नेपाली साहित्यमा कथा, कविता, नियात्रा सङ्ग्रह प्रकाशन गरेर आफ्नो पहिचान बनाइसकेकी साहित्यकार रेग्मीले भ्रमण वृत्तान्तलाई कलात्मक रूपमा ‘प्रशान्तको तीरैतीर’ नियात्रा सङ्ग्रह प्रकाशित गरेकी छिन् । यस सङ्ग्रहमा यस्तै बिर्सन नसकिने परदेश यात्राको दस्तावेज अभिव्यक्त गरेकी छिन् । अस्ट्रेलिया यात्राको छोटो अवधिमा आफैँसँग जम्काभेट भएका कुरा नियात्राका रूपमा प्रतिविम्बित भएका छन् ।
राजेन्द्र सुवेदीका समकालीन समालोचना
राजेन्द्र सुवेदीका समकालीन समालोचना समालोचक प्रा.डा. राजेन्द्र सुवेदीको निधनपश्चात प्रकाशित समालोचना कृति हो । सुवेदीद्वारा पछिल्लो समय लेखिएका
तीन तह आकाशको काव्य स्वरूप
कति नाङ्गो हुन्थ्यो धरतीसिरानीमा एउटा आकाश पनि नहुँदो हो त ?माथिको कविता कवि आर मानन्धरको कविता कृति ‘कवितामा आकाश’मा सङ्ग्रहित रचना हो । चिन्तन र दर्शनको अमृत घोलेर कवितामार्फत् पाठकमाझ पस्कने कवि आर मानन्धरको लेखन शैली प्रचलित अन्य कविहरूको भन्दा केही पृथक् छ । दोस्रो खण्ड : आकाश–काव्यकवि आर. मानन्धरको कृति ‘कवितामा आकाश’ तीन खण्डमा निर्मित काव्य घर हो । जसलाई तीन तलाको काव्य घर भन्न सकिन्छ । हेरौँ पहिलो तलाको काव्याकाश, ‘प्रार्थना’ शीर्षकको कवितांशबाट : हे आकाश !तिमी मलाई आफूजस्तैअनन्त हुन सिकाइदेऊआफूजस्तै व्याप्तिन सिकाइदेऊ ।पहिलो खण्ड, अर्थात् कविता खण्डमा ४९ वटा कविताहरू छन् । लघुतम आकारमा लेखिएका ती कविताको भाव पक्षको लम्बाइ र चौडाइ भने विराट छ । उदाहरणार्थ एउटा कविता प्रस्तुत छ :फैलिएर होइनआकाश विशाल भएकोहो त त्योअनन्त गहिरिएर । दोस्रो खण्ड : चिन्तन–काव्यदोस्रो खण्ड ‘चिन्तन’मा ३६ वटा छोटा रचना समावेश छन् । चिन्तनको आफ्नै छुट्टै साहित्यिक विधा पाइँदैन । तर कवितात्मक शैलीमै लेखिएका यस खण्डका रचनामा कविले जीवन, समाज र भोगाइका यथार्थलाई चेतनाभित्रको संचेतना प्रवाह गरेका छन् । त्यसैले, लेखकले कविता नभने पनि ती काव्य नै हुन्– ‘चिन्तन–काव्य’ ! ‘गद्यमा कविता’ (प्रोज पोइम) शैलीमा जीवनका गम्भीर विषयहरू खोतल्न सफल छन् कवि मानन्धर ।हेरौँ चिन्तन खण्डमा समावेश ‘धारणा’ शीर्षकको एक चिन्तनशील कविता । राम्रो के हो ? थाहा छैन मलाई ।नराम्रो के हो ? त्यो पनि थाहा छैन मलाई ।अरूले भनेपछि मात्रै थाहा पाउँछु म – राम्रो र नराम्रो ।अरूसित बुझ्दैबुझ्दैकालान्तरमा म राम्रो –नराम्रो राम्ररी खुट्याउन सक्ने भएँ ।राम्रो–नराम्रो भन्न जान्ने भएँ ।तर त्यस बेलासम्म मैले हेर्नै बिर्सिसकेको रहेछु !तेस्रो खण्ड : दर्शन–काव्यकृतिको तेस्रो खण्ड ‘दर्शन’मा ३६ शीर्षकमा लेखिएका कवितात्मक रचना छन् । ती रचनाहरू विषयमा दर्शन र शैलीमा कविताले ओतप्रोत छन् । त्यसैले दर्शन खण्डका रचनालाई मजाले ‘दर्शन–काव्य’ भन्न सकिन्छ ।आर मानन्धरका कवितामा सम्यक दृष्टि छ । एउटै कृतिमा उनले तीन फरक शैली र संरचनामा कविता पस्केका छन् । पाठकहरूले पहिलो खण्डमा कविताको सतह टेक्दै बिस्तारै चिन्तन काव्यको भ¥याङ उक्लदैँ दर्शन काव्यमा प्रवेश गर्दा काव्यात्मक रसानुभूति मात्र गर्ने छैनन्, मानव हुनुको सूक्ष्म गम्भीरता र विराट सम्भावना पनि ठम्याउने छन् । मानौं, समथर जमीनबाट विस्तारै उक्लँदै उक्लँदै डाँडा र पहाड हुँदै स्वर्गीय आनन्द र अनुभूति दिने हिमालको चुचुरोमा पुगेसरि ‘कवितामा आकाश’ काव्य कृतिले । कवि मानन्धरले कवितामा कतै पनि शब्द थुपारेका छैनन्, बरु थोरैभन्दा थोरै शब्दमा धेरैभन्दा धेरै कविता थुपारेका छन् । निचोडमा भन्दा यस कृतिमा कवि आर मानन्धरले आफ्नो काव्य शिल्पमार्फत पाठकको लागि तीन तहको आकाश उघारेका छन् । कृति : कवितामा आकाशविधा : कविताकवि : आर. मानन्धरप्रकाशक : मञ्जरी प्रकाशनप्रकाशन : २०७८पृष्ठ : १३६मूल्य : २५०–
खरेलको ‘पुरुष’ उपन्यास बजारमा
नयाँ वर्ष २०८० को अवसरमा उपन्यासकार कल्पना खरेलले आफ्नो नवीनतम कृति ‘पुरुष’ उपन्यास बजारमा ल्याउनुभएको छ। उहाँले यस उपन्यासमार्फत पुरुषको अन्तर्भावनाको आवाज मुखरित गरेको बताउनुभयो। उपन्यासकार खरेलले उपन्यासमा नारी मात्र पीडित छैनन्, पुरुष पनि पीडित छन् भन्ने भाव व्यक्त भएको बताउनुभयो। उपन्यासमा पुरुषभित्रको सकसलाई भित्रैसम्म पसेर सूक्ष्म अन्तर्दृष्टि लगाएर विषयवस्तु उनिएको लेखक खरेलको भनाइ छ। उहाँले पुरुष उपन्यास घर–घरको कथा भएको पनि बताउनुभयो। महिलाद्वारा मनोविज्ञानमा आधारित भएर लेखिएको उपन्यासमा ‘मर्द’को खोलभित्र लुकेका अनेकौँ कुण्ठा उद्घाटन गरिएको छ।
‘नथाकेको घाउ’ कृतिको लोकार्पण र ‘अमर सूक्तिसुधा’ को परिचर्चा
साहित्य सन्ध्याको ४३९ औँ विशेष शृङ्खला आज शनिबार सम्पन्न भएको छ । पदमोदय मावि रामशाहपथ काठमाडौँमा आयोजना गरिएको विक्रम संवत् परिचर्चा, नथाकेको घाउ कथासङ्ग्रहको लोकार्पण तथा ‘अमर सूक्तिसुधा’ कृतिको परिचर्चा गरिएको छ ।
छुट्टै स्वादका कविता
समकालीन कविता लेखनमा आफ्नै विशेषता बोकेका कवि हुनुहुन्छ– राजेन्द्र तारकिणी । कविता लेखन यात्राका क्रममा हालै उहाँले ‘बिगन रामको मादल’ नामक कृति सार्वजनिक गर्नुभएको छ । मुलुकको आमपात्रको प्रतिनिधित्व गर्ने बिगन रामलाई प्रतीकात्मक रूपमा प्रस्तुत गरी कवितासङ्ग्रहको रूप दिनु भएका तारकिणीले प्रस्तुत कृतिका ५५ वटा कवितालाई छ खण्डमा विभक्त गर्नुभएको छ । यी सबै खण्डमा पीडित पात्रको कथा छ तर कथाको परिवेश र विषय फरक रहेको छ । काव्यानुभूति र काव्यचिन्तनको कोण मिलेका यी कवितामा समकालीन समयको विसङ्गत परिस्थितिको सार्थक चित्रण रहेको छ । हरेक कविताको संरचना क्षेत्रमा पनि विविधता रहेको छ, जसले गर्दा पाठकलाई एकपछि अर्काे कविता पढ्दा पृथक् स्वादको अनुभूति हुन्छ ।