• १३ साउन २०८१, आइतबार

वैरागी, पराजुली र बोटेलाई ‘वानीरा पुरस्कार’

blog

पुरस्कार ग्रहण गर्नुहुँदै प्राज्ञ वैरागी काइँला (दोस्रो) ।

काठमाडौं, वैशाख १० गते । नेपाली भाषा साहित्यको श्रीवृद्धिका लागि सात दशकदेखि काव्यसाधनामा निरन्तर समर्पित रहनु भएका प्राज्ञ वैरागी काइँलालाई ‘वानीरा प्रज्ञा पुरस्कार’ समर्पण गरिएको छ ।

वानीरा फउन्डेसनका संरक्षक इन्जिनियर शङ्कर गिरिले राजधानी काठमाडौँमा स्थापित वानीरा सभागृमा उहाँलाई सम्मानित गर्नुभएको हो ।  

डा.वानीरा गिरीका सम्मानमा स्थापित पुरस्कारको राशि  एक लाख रुपियाँ रहेको छ ।

यसैगरी, इन्जिनियर गिरिले नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि पाँच दशकअघिदेखि काव्यसाधनामा निरन्तर समर्पित कवि गोपाल पराजुलीलाई ५० हजार रुपियाँ राशिसहित ‘वानीरा पुरस्कार’ समर्पण गर्नुभयो ।

यसैगरी, साहित्यकार भीमबहादुर बोटेलाई २५ हजार रुपियाँ राशि सहित ‘वानीरा सेवा पुरस्कार’ समर्पण गर्नुभयो ।

कार्यक्रममा वानीरा पुरस्कारबाट सम्मानित वैरागी काइँला र गोपाल पराजुलीबाट भगवती बस्नेतद्वारा सम्पादित ‘वानीरा अभिलख’को लोकार्पण भएको थियो ।

साहित्यकार इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोमा वैरागी काइँला, गोपाल पराजुली, कार्यक्रम संयोजक भगवती बस्नेत र सदस्यसचिव नरेन्द्रराज प्रसाईले नेपाली साहित्यको बारेमा चर्चा गर्नुभएको थियो ।