• १३ साउन २०८१, आइतबार

भक्तपुर चिनाउने कला प्रदर्शनी

blog

काठमाडौँ, वैशाख ८ गते । भक्तपुरको मौलिक कलासंस्कृतिलाई समेटेर तयार पारिएको कला प्रदर्शनी बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा सुरु भएको छ ।

कलाकार पूर्ण ह्योजुले अहिलेको समयमा कलाकारको आर्थिक अवस्थालाई बलियो बनाउन प्रदर्शनी गरिएको बताउनुभयो । उहाँले भक्तपुरका परम्परागत तथा समसामयिक कलाकारलाई एकै ठाउँमा उभ्याएर कला प्रदर्शनी गरिएको जानकारी दिनुभयो । कलाकार सुन्दर सिङ्ख्वालले प्रदर्शनीमा भक्तपुरका झन्डै ८० प्रतिशत कलाकारलाई समेटिएको बताउनुभयो । 

‘फ्रम भक्तपुर टु कान्तिपुर’ नाम दिइएको प्रदर्शनीमा परम्परागत कलाका ५० सहित समसामयिक कलाका कलाकृति पनि राखिएका छन् । प्रदर्शनीमा परम्परागत कलाकार पूर्ण ह्योजु, सुन्दर सिङख्वाललगायतको कलाकारको सहभागिता रहेको छ । प्रदर्शनी जेठ ५ गतेसम्म चल्नेछ ।