• १३ साउन २०८१, आइतबार

कीर्तिमानी पर्वतारोही शेर्पाको पुस्तक सगरमाथामा सार्वजनिक

blog

काठमाडौँ, वैशाख ९ गते । विश्व कीर्तिमानी पर्वतारोही लाक्पा देन्डी शेर्पा बारे लेखिएको पुस्तक सगरमाथा आधार शिविरमा सार्वजनिक भएको छ । शुक्रबार सगरमाथा आधार शिविरमा एक कार्यक्रमको आयोजना गदै 'हिमालयन म्याभरीक' नामक पुस्तक सार्वजनिक भएको हो । 

बुक्स राईटिङ नेपाल प्रा.लि. द्वारा प्रकाशन गरिएको उक्त पुस्तक विश्व कीर्तिमानी पर्वतारोही कामी रिता शेर्पा र बुक्स राईटिङ नेपालका अध्यक्ष विनोद कुलुङले सार्वजनिक गर्नुभएको हो । शेर्पाले १० दिनमा ३ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी गिनिज वर्ल्ड  रेकर्डमा नाम लेखाउन सफल भएका थिए । त्यसै गरी ५९ दिनभित्र  विश्वकै पहिलो र दोस्रो सर्वोच्च शिखर सगरमाथा र केटु को सफल आरोहण गरेर दोस्रो पटक गिनिज वर्ल्ड रेकर्डमा लेखाएका थिए ।