संसदीय टोलीद्वारा कृषि क्षेत्रको अनुगमन
प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति अन्तर्गतको संसदीय टोलीले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत प्युठानमा सञ्चालनमा रहेका बाली क्षेत्रको स्थलगत निरीक्षण गरेको छ ।
वर्णशङ्कर बिउ खोज्दा रैथाने लोप
विक्रम संवत् २०७२ को भूकम्पअघि भान्साकोठाको निदालभरि स्थानीय जातको काँक्रोको बिउ हुने मन्डनदेउपुर–९, काभ्रेपलाञ्चोकका राजनप्रसाद सापकोटा अहिले काँक्रो रोप्नुपर्ने बेला भएपछि बजार जानुहुन्छ । एउटा काँक्रो
ढल्केबरबाट विद्युत् आपूर्ति सुचारु
धनुषाको ढल्केबरमा रहेको देशकै सबैभन्दा ठुलो विद्युत् सब स्टेसनमा आगलागीका कारण अवरुद्ध भएको विद्युत् आपूर्ति सुचारु भएको छ ।
सुनको मूल्य तोलामा तीन हजार छ सयले बढ्यो
सुनको मूल्य तोलाको एक लाख ९० हजार ६०० पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो । बुधबार मङ्गलबार प्रतितोला एक लाख ८७ हजारमा कारोबार भएको सुन आज तोलामा रु तीन हजार ६०० ले रु एक लाख ९० हजार ६०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
इन्धनबाट उनानब्बे अर्ब कर सङ्कलन
पेट्रोलियम पदार्थबाट ८९ अर्ब रुपियाँ कर सङ्कलन भएको छ । चालुु आर्थिक वर्ष २०८१/८२ को चैतसम्म विभिन्न कर शीर्षकमा पेट्रोलियम पदार्थबाट सो राजस्व सङ्कलन भएको नेपाल आयल निगमले जनाएको छ ।
सुधारका सुझाव कार्यान्वयन गर्न समिति
सरकारले उच्चस्तरीय आर्थिक सुधार सुुझाव आयोगको प्रतिवेदन कार्यान्वयन गर्न समिति गठन गर्ने निर्णय गरेको छ । मङ्गलबार बसेको मन्त्रीपरिषद्को बैठकले आयोगको प्रतिवेदन कार्यान्वयनका लागि सात दिनभित्र कार्यान्वयन कार्ययोजना बनाई पेस गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको हो । सो समितिमा अर्थ मन्त्रालयका सचिव (राजस्व) र उद्योग वाणिज्य तथा आपूूर्ति मन्त्रालयका सचिव (उद्योग) रहने छन् ।
‘त्रैमासिक लाभांशको व्यवस्था गरौँ’
सेयर बजार विश्लेषक रवीन्द्र भट्टराईले कम्पनीलाई वार्षिक मात्रै नभई त्रैमासिक रूपमा लाभांश वितरण गर्नुपर्ने व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । विकसित मुलुकमा कम्पनीले मासिक नै नगद लाभांश दिने गरेको र नेपालमा पनि त्रैमासिक लाभांश दिन सकिने अवस्था रहेको उहाँले बताउनुभयो । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले बुधबार आयोजना गरेको कार्यव्रmममा उहाँले भन्नुभयो, “य
सामूहिक च्याउ खेतीमा महिला
चुुलोचौकामा मात्र सीमित महिला पछिल्लो समय उद्यमशीलतातर्फ लागेका छन् । यहाँको चापाकोट–८, दद्रानका ५० जना महिलाको समूहले सहयोगी कृषि समूहमार्फत च्याउ खेती गर्न थालेका छन् ।
ट्याक्टरले खेत जोत्दै मधेशका महिला
परम्परागत रूपमा घरेलु काम र खेतको सामान्य श्रममा सीमित मधेशका महिला आधुनिक कृषिमा सव्रिmय भूमिका खेल्न थालेका छन् । रौतहटका महिला खेतमा काम गर्ने मात्र होइन ट्याक्टर चलाउँदै खेत जोत्ने काममा समेत होमिन थालेका छन् ।
घट्दै कोदो उत्पादनको क्षेत्रफल
गुल्मीमा कोदो उत्पादनको क्षेत्रफल घट्दै गएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ । जिल्लामा यस वर्ष दुई हजार ८३४ हेक्टर क्षेत्रफलमा तीन हजार ५७० मेट्रिक टन उत्पादन भएको कृषि प्रसार अधिकृत शिवप्रसाद बन्जाडेले जानकारी दिनुभयो ।
मौसमी प्रतिकूलताले मह उत्पादनमा ह्रास
मौरी चरिचरनका लागि उर्वर क्षेत्र मानिएको महोत्तरीको जङ्गलमा प्रतिकूल परिस्थिति र जलवायु परिवर्तनको असरले मह उत्पादन घट्दै गएकोे छ । २०७९ सालमा दुई करोड मू
सुनको मूल्य निरन्तर उकालो : आज तोलाको एक लाख ८७ हजार कायम
सुनको मूल्य तोलाको रू एक लाख ८७ हजार पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । मङ्गलबार प्रतितोला रू एक लाख ८४ हजार तीन सयमा कारोबार भएको सुन आज तोलामा रू दुई हजार सात सय बढेर रू एक लाख ८७ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
पुँजी निर्माणमा प्रयोग हुँदैन ऋण
क्षमताभन्दा बढी सार्वजनिक ऋण लिएको भन्दै आलोचना खेपिरहेको सरकारले त्यस्तो ऋण पुँजी निर्माणमा भने प्रयोग नगरेको पाइएको छ । रोजगारी सिर्जना, आम्दानी वृद्धि जस्ता पुँजी निर्माणका गतिविधिमा ऋणको उपयोग हुनुपर्नेमा चालु प्रकृतिकै काममा ऋणको प्रयोग भएको पाइएको हो ।
घरजग्गाको कारोबारमा सुधार
चालुु आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा घरजग्गा कारोबारबाट ३३ अर्ब २२ करोड रुपियाँ राजस्व सङ्कलन भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चा
आफ्नै बिउ बिक्दैन भारतीयमा भर
पछिल्लो समय किसानहरूले उन्नत जातको मकैलाई प्राथमिकता दिन थालेका छन् । फागुनदेखि वैशाखसम्म नेपाली उन्नततर्फ अरुण–२, मनकामना–३ र देउती जातको मकै धेरै लगाइन्छ । यी मकैका बिउ जिल्लामै उत्पादन हुन्छ तर करिब ७० प्रतिशत किसानले सिपी र जेके जस्ता भारतीय मकैको बिउ धेरै लगाउने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
म्याग्दीमा ४० जलविद्युत् आयोजनाबाट हजार मेगावाट विद्युत् उत्पादन हुँदै
हिमाली जिल्ला म्याग्दीमा सञ्चालनको प्रक्रियामा रहेका र सञ्चालनमा आइसकेका जलविद्युत् आयोजनाहरुबाट एक हजार मेगावाटभन्दा बढी विद्युत उत्पादन हुने भएको छ ।
सुनचाँदीको मूल्य घट्यो
गत आइतबार हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज केही ओरालो लागेको छ ।
बिक्री मूल्य नराख्ने उत्पादक र विक्रेतालाई कारबाही तीव्र
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुुगमन टोलीले अधिकतम बिक्री मूल्य (एमआरपी) नराखी सामान बिक्री गर्ने उत्पादक तथा विक्रेतामाथिको कारबाहीलाई तीव्र पा
पर्यटन पूर्वाधारमा आठ करोड
घोराही उपमहानगरपालिका–१७, चौघेरास्थित प्राचीन एवं पुराताìिवक महìव बोकेको गोरक्ष पात्रदेवता सिद्धरत्ननाथ मठमा धर्मशाला निर्माण हुँदै छ । पर्यटन प्रवर्धनमा सहयोग
विद्युत् पुग्दा स्थानीय हर्षित
पश्चिम नवलपरासीस्थित सुनवल नगरपालिका–११, धुर्कोट बस्ने ४७ वर्षीय जिउती बाह्रघरे घरमा बिजुली पुगेपछि दङ्ग हुनुभएको छ । हरेक चुनावमा गाउँमा पुग्ने नेताले बिजुली
शुभचिन्तककोे साथले ब्युँतिँदैै जस्बिरे चिया
गएको फागुन १३ गते राति आगोलागीबाट ध्वस्त भएको इलामको जस्बिरे चिया कारखानाले पुनः तयारी चिया उत्पादन सुुरु गरेको छ । साना मेसिन र साना ट्रफहरू राखेर पहिलो
सुनको मूल्यमा उछालको वर्ष
एक वर्षको अवधिमा स्थानीय बजारमा सुनको मूूल्य झन्डै आधा लाख (५० हजार) रुपियाँले बढेको छ । २०८१ वैशाख २ मा प्रतितोला एक लाख ३६ हजार आठ सय रुपियाँ रहेको
कानुन संशोधनपछि आर्थिक क्षेत्रमा उत्साह : अर्थमन्त्री
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रसँग सम्बन्धित २९ वटा कानुन संशोधनपछि आर्थिक क्षेत्रमा उत्साह थपिएको बताउनुभएको छ । आर्थिक वर्ष २०८२/८३ को बजेट तथा राजस्व नीतिका सम्बन्धमा रुपन्देहीका उद्योगी व्यवसायीसँगको छलफलमा उहाँले यसले निजी क्षेत्रको मनोबल बढाएको बताउनुभएको हो ।
जलविद्युत् कम्पनीको सेयर निष्कासनको वातावरण बनाइदिन आग्रह
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जलविद्युत् कम्पनीको सेयर निष्कासनको वातावरण बनाइदिन प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ ।