• २२ वैशाख २०८२, सोमबार

सुनको मूल्यमा उछालको वर्ष

blog

काठमाडौँ, वैशाख १ गते । एक वर्षको अवधिमा स्थानीय बजारमा सुनको मूूल्य झन्डै आधा लाख (५० हजार) रुपियाँले बढेको छ । २०८१ वैशाख २ मा प्रतितोला एक लाख ३६ हजार आठ सय रुपियाँ रहेको सुनको मूूल्य वर्षको अन्तिम दिन अर्थात् चैत ३१ मा बढेर एक लाख ८६ हजार रुपियाँमा कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक वर्षको अवधिमा सुनको मूूल्य ४९ हजार दुई सय रुपियाँले बढेको छ । 

अन्तर्राष्ट्रिय बजारमा सुनको मूूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । एक वर्षको अवधिमा सुनको मूूल्य ३५ प्रतिशतले बढेको छ । हाल अन्तर्राष्ट्रिय बजारमा आइतबार प्रतिऔँस सुनको मूूल्य तीन हजार २३८ अमेरिकी डलर पुुगेको छ । 

गत वर्ष सो अवधिमा अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुनको मूूल्य दुुई हजार ४२० डलर रहेको थियो । अमेरिकामा नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै सुनको मूल्य निरन्तर बढ्न थालेको हो । सुनको मूूल्य बढ्नुुमा युुद्धको असर, डलर कमजोर हुनुु, सेयर बजारमा गिरावट आउनुु, विश्वमा आर्थिक क्षेत्र अनिश्चित हुुनुलगायतका कारण छन् ।

सुुनचाँदी व्यवसायी तेजरत्न शाक्यले अमेरिकाका राष्ट्रपति ट्रम्पको कर नीति र अन्तर्राष्ट्रिय भूराजनीतिक कारणले सुनको मूल्य निरन्तर बढ्दै गएको बताउनुुभयो । अन्य लगानीका क्षेत्र सुरक्षित नहुुँदा सुनमा लगानीकर्ता आकर्षित हुँदा यसमा लगानी बढ्दै गएकाले पनि निरन्तर मूल्य बढ्न गएको उहाँको भनाइ छ । 

“ट्रम्प राष्ट्रपति निर्वाचित भएपछि रुस–युव्रmेन र इजरायल–हमास युद्ध अन्त्य हुने अनुमान थियो,” उहाँले भन्नुुभयो, “अमेरिकी कर नीतिका कारण आगामी दिनमा सुनको मूल्य घट्छ वा बढ्छ भन्ने आकलन गर्न नसक्ने अवस्था छ ।” अन्तर्राष्ट्रिय भूराजनीतिक द्वन्द्वका कारण ठुला लगानीकर्ताले अन्य क्षेत्रभन्दा सुन नै लगानीका लागि सुरक्षित मानेर लगानी गरिरहेका छन् । 

महासङ्घका अनुुसार चालुु आर्थिक वर्ष २०८१/८२ को जेठमा प्रतितोला एक लाख ४० हजार रुपियाँमा कारोबार भएको सुनको मूल्य असारमा बढेर एक लाख ४२ हजार पुुगेको थियो । त्यस्तै साउनमा प्रतितोला एक लाख ४९ हजार, भदौमा एक लाख ५२ हजार, असोजमा एक लाख ५६ हजार र कात्तिकमा एक लाख ७१ हजार रुपियाँ पुुगेको थियो । मङ्सिरमा भने सरकारले सुुन आयातमा लाग्दै आएको भन्सार महसुुल २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झार्दा सुनको मूल्य एकै पटक तोलामा २२ हजार तीन सय रुपियाँले घटेर एक लाख ४८ हजार सात सय रुपियाँमा कारोबार भएको थियो । 

त्यसपछि अन्तर्राष्ट्रिय बजारमा पुुनः मूल्य बढ्दै जाँदा सुनको मूूल्य निरन्तर उकालो लाग्दै आएको थियो । पुुसमा प्रतितोला एक लाख ५१ हजार सात सय रुपियाँमा कारोबार भएको सुन माघमा बढेर एक लाख ५६ हजार छ सय र फागुनमा प्रतितोला एक लाख ७० हजार तीन सय रुपियाँमा पुुगेको सुनको मूल्य त्यसपछि निरन्तर उकालो लाग्दै आएको छ । 

करोबारमा कमी

निरन्तर सुनको मूूल्य बढ्दा त्यसको प्रभाव व्यवसायी र उपभोक्ता दुवैलाई परेको छ । महासङ्घका पूर्वअध्यक्ष माणिकरत्न शाक्यले मूूल्य बढ्दा बजारमा माग न्यून भई कारोबारमा ८० प्रतिशत गिरावट आएको जानकारी दिनुुभयो । “उपभोक्ताको क्रयशक्ति न्यून हुुँदा बजारमा सुनको माग छैन,” उहाँले भन्नुुभयो, “काम चलाउनका लागि ग्राहकले पुुराना गहना बेचेर त्यसमा थपथाप गरी नयाँ सामान किनेर लाने गरेका छन् ।” नयाँ वर्ष सुरु भएसँगै सुनको कारोबार बढ्ने आशामा रहेका व्यवसायीलाई निरन्तर बढेको मूल्यले निराशा छाएको छ । 

चालुु आवमा सुनको मूूल्य बढ्दा आयातमा समेत उल्लेख्य कमी आएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आव २०८१/८२ को आठ महिनामा १४ अर्ब ३७ करोड ११ लाख २६ हजार रुपियाँ बराबरको एक हजार १८८ केजी सुन आयात भएको छ । गत वर्ष सो अवधिमा १६ अर्ब १२ करोड २५ लाख ८२ हजार रुपियाँ बराबरको एक हजार ९०१ केजी सुन आयात भएको थियो ।

सुनको आयात घट्दा सुनबाट प्राप्त हुने राजस्वमा समेत उल्लेख्य कमी आएको छ । चालु आवको आठ महिनामा सुन आयातबाट एक अर्ब ५८ करोड १० लाख रुपियाँ राजस्व सङ्कलन भएको छ ।