जापानी कार निर्माताकम्पनीद्वारा अमेरिकी करको असरबारे चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सवारी साधनको आयातमा कर लगाउने योजना अघि बढाए जापानका शीर्ष कार उत्पादन कम्पनीहरूले उत्पादन कटौती गर्न बाध्य हुनसक्ने बताउनुभएको छ । उद्योग जापानी अर्थव्यवस्थाको एक विशाल स्तम्भ हो ।
सुनको मूल्य निरन्तर उकालोतिर, तोलामा आठ सयले वृद्धि
सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख ७५ हजार २००मा कारोबार भएको सुन आज तोलामा रु ८००ले बढेर रु एक लाख ७६ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
ससर्त अनुदानमा आयोजना नतोक्न सुझाव
स्थानीय सरकारमा हस्तान्तरण भई जाने ससर्त अनुदानका लागि निश्चित आयोजना वा कार्यक्रम नतोक्न राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सरकारलाई सुझाव दिएको छ ।
जेसिआई नेपालको ‘बिजनेस एक्स्पो’ हुँदै
नेपाल जेसिसले युवा उद्यमीको हौसला बढाउन तथा सम्भावना पहिल्याउन यही चैत ७ देखि १८ गतेसम्म ‘जेसिआई नेपाल बिजनेश एक्सपो २०२५’ आयोजना गर्ने भएको छ ।
सुनको मूल्य निरन्तर अकासिँदो, तोलामा ११०० ले वृद्धि
सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
रोकियो प्लाइउड निर्यात
नेपालबाट निर्यात हुने प्लाइउड भारतले रोकेको छ । ब्युरो अफ इन्डियन सर्टिफिकेट्स (बिआइएस) को कारण देखाउँदै भारतले नेपालबाट प्लाइउड लिएर भारततर्फ लागेका मालवाहक सवारीलाई भन्सा
गहुँ आयात गर्नेलाई सम्पर्क गर्न आग्रह
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भारतबाट प्राप्त हुुने कोटाको गहुँ आयात गर्न छनोट भएका फर्म वा कम्पनीलाई सात दिनभित्र विभागमा सम्पर्क गर्न आग्रह गरेको छ । विभागले आइ
ढाका कपडा सिलाउन सिक्दै महिला
हुम्ला जिल्लाका बेरोजगार महिलालाई ढाकाको कपडा बनाउन सिकाइएको छ । जिल्लामा पहिलो पटक ढाका बुनाइ तालिम प्रदान गरेर स्वरोजगार बनाउनुका साथै ढाकाका कपडा बनाउन तालिम प्रदान गरिएको हो ।
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
काठमाडौँ, चैत ५ गते । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १३९ रुपैयाँ १९ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १५१ रुपैयाँ १२ पैसा र बिक्रीदर १५१ रुपैयाँ ६६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिदर १७९ रुपैयाँ ७८ पैसा र बिक्रीदर १८० रुपैयाँ ५६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५७ रुपैयाँ ०२ पैसा र बिक्रीदर १५७ रुपैयाँ ७० पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ०० पैसा र बिक्रीदर ८८ रुपैयाँ ३९ पैसा, क्यानेडियन डलर एकको खरिदर ९६ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९७ रुपैयाँ ०० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १०४ रुपैयाँ ५१ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिदर नौ रुपैयाँ ३३ पैसा र बिक्रीदर नौ रुपैयाँ ३७ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ १६ पैसा र बिक्रीदर १९ रुपैयाँ २४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ११ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३८ रुपैयाँ १९ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ १३ पैसा र बिक्रीदर चार रुपैयाँ १४ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ १८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३१ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ५७ पैसा र बिक्रीदर नौ रुपैयाँ ६१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ७० पैसा र बिक्रीदर १३ रुपैयाँ ७६ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ २६ पैसा र बिक्रीदर २० रुपैयाँ ३४ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिदर १७ रुपैयाँ ८४ पैसा र बिक्रीदर १७ रुपैयाँ ९१ पैसा, कुवेती दिनार एकको खरिददर ४५० रुपैयाँ १० पैसा र बिक्रीदर ४५२ रुपैयाँ ०५ पैसा, बहराइन दिनार एकको खरिददर ३६७ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३६९ रुपैयाँ २३ पैसा, ओमनी रियाल एकको खरिददर ३५९ रुयैयाँ ९७ पैसा र बिक्रीदर ३६१ रुपैयाँ ५३ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।
उत्पादनशील क्षेत्रमा लगानी गर्न सुझाव
अवकाश तथा सामाजिक सुरक्षाका कार्यव्रmम सञ्चालन गर्न र पुँजी बजारमा गतिशीलता ल्याउने उद्देश्यले स्थापित नागरिक लगानी कोष स्थापनाको ३५ औँ वर्षमा प्रवेश गरेको छ ।
सस्तो भयो दाल
बजारमा पछिल्लो समय रहरको दालको मूल्य घटेको छ । नेपाल खुद्रा व्यवसायी सङ्घका अनुसार पछिल्लो एक महिनाको बिचमा रहरको दालमा प्रतिकेजी २० रुपियाँले घटेको हो ।
मध्य भोटेकोशीको बिजुली एक महिनाभित्र
नेपाल विद्युत् प्राधिकरणले आफ्नो सहायक कम्पनी चिलिमे जलविद्युत् लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा बनाइरहेको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको बिजुली एक महिनाभित्र राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तयारी गरेको छ ।
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
अघिल्लो कारोबार दिन उच्च बिन्दुमा पुगेको सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ । चाँदीको मूल्य पनि सामान्य घटेको छ ।
घरजग्गा कारोबारबाट फागुनमा चार अर्ब राजस्व सङ्कलन
काठमाडौँ, चैत ३ गते । घरजग्गाको कारोबारबाट गत फागुन महिनामा रु चार अर्ब १२ करोड बराबरको राजस्व सङ्कलन भएको छ । देशभरको घरजग्गाको कारोबारको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत माघको तुलनामा फागुनमा राजस्व सङ्कलनमा वृद्धि भएको छ । घरजग्गा कारोबार क्रमशः लयमा फर्कन थालेको र राजस्व सङ्कलनमा समेत क्रमशः वृद्धि हुँदै गएको विभागको विवरणमा उल्लेख छ । विभागका अनुसार सेवा करबाट रु २८ करोड ८४ लाख ६८ हजार, रजिष्ट्रेशन दस्तुर रु दुई अर्ब २० करोड ३७ लाख ८९ हजार र पुँजीगत लाभकरबाट रु एक अर्ब ५७ करोड ७१ लाख ६४ हजार सङ्कलन भएको छ । विभागले गत साउनमा रु तीन अर्ब ८३ करोड ५० लाख, भदौमा रु तीन अर्ब नौ करोड, असोजमा रु तीन अर्ब आठ करोड १२ लाख, कात्तिकमा रु दुई अर्ब ७० करोड ४० लाख, मङ्सिरमा रु तीन अर्ब ८७ करोड, पुसमा रु चार अर्ब २५ करोड २२ लाख र माघमा रु तीन अर्ब ८७ करोड २४ लाख राजस्व सङ्कलन गरेको थियो । मालपोत कार्यालय कलङ्कीले गत फागुनमा रु २२ करोड ६१ लाख, मालपोत कार्यालय चाबहिलले रु २१ करोड ६८ लाख ५२ हजार, मालपोत कार्यालय लगनखेलले रु ३८ करोड २८ लाख तथा मालपोत कार्यालय खैरहनी, चितवनले रु तीन करोड ९४ लाख ४१ हजार राजस्व सङ्कलन गरेको विभागले जनाएको छ ।
नागरिक लगानी कोषले सेवा र लगानी विविधीकरणलाई उच्च प्राथमिकतामा राखेको छ
वित्तीय क्षेत्रमा लामो अनुभव हासिल गर्नुभएका पर्वतकुमार कार्कीले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा नियुक्त भई कार्यभार समालेको एक वर्ष पुगेको छ ।
फागुनमा अठार अर्ब वैदेशिक लगानी प्रतिबद्धता
गएको फागुनमा ४० परियोजनामार्फत करिब १८ अर्ब रुपियाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता (एफडिआई) आएको छ ।
नागरिक लगानी कोषको प्रभातफेरी
नागरिक लगानी कोषले ३५ औँ वार्षिकोत्सवका अवसरमा शनिबार प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ ।
अहिले लोडसेडिङ हुँदैन, समस्या अप्रिलदेखि : प्राधिकरण
भारतले आइतबार (आज) देखि नेपालमा विद्युत् आपूर्तिमा नियन्त्रण गरे पनि देशभित्र विद्युत् आपूर्ति व्यवस्थापनका लागि लोडसेडिङ गर्नु नपर्ने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
स्लेट तथा ढुङ्गा खानी उत्खनन गर्न पाइने
म्याग्दी, चैत २ गते । यहाँको मालिका गाउँपालिका–२ रुमका स्थानीयवासीले आफ्नो जग्गामा भएका स्लेट तथा ढुङ्गा खानी उत्खनन् गर्न पाउने भएका छन् । गाउँपालिकाले गाउँ सभामार्फत ढुङ्गा खानी तथा उत्खनन्सम्बन्धी ऐन पारित गरेपछि स्लेट खानी दर्ता गरेर सञ्चालन गर्न पाउने भएका हुन् ।रुम गाउँको सिरानमा रहेको डुडे लेक तथा निजी जग्गा, पाखो र खरबारीमा घर छाउनी ढुङ्गा, स्लेट र औषधीजन्य जडिबुटीको खानी भएपनि सञ्चालन सम्बन्धी कार्यविधि अभावमा उत्खनन् हुन सकेका थिएनन् । ऐन पारित भएसँगै निजी जग्गामा रहेका स्लेट ९ढुङ्गा० खानी दर्ता गर्ने कानुनी बाटो खुलेको हो ।मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले निजी जग्गामा भएका स्लेट खानीलाई प्रक्रिया पुरा गरेर गाउँपालिकाले सञ्चालनको अनुमति दिन मिल्ने कानुनी व्यवस्था गरेको बताउनुभयो । यहाँको पाखो तथा निजी जग्गामा भएका ढुङ्गा खानीलाई व्यवस्थित गरी सञ्चालन गरेमा स्थानीयले रोजगारी पाउनुका साथै गाउँपालिकालाई समेत आम्दानी हुने स्थानीय टेकबहादुर रोकाले जानकारी दिनुभयो ।“यहाँको स्लेट र ढुङ्गा गुणस्तरका हिसाबले साह्रै उत्कृष्ट छन् । प्रविधि र प्रशोधनको व्यवस्था हुने हो भने अन्तरराष्ट्रिय बजारमा समेत यहाँको स्लेट अब्बल ठहरिने सम्भावना छ”, उहाँले भन्नुभयो ।रुमका विभिन्न ७ ठाउँमा स्लेट खानी छन् । व्यक्तिगत जग्गा र पाखोमा समेत स्लेट खानी रहेको स्थानीय जगबहादुर पुनले जानकारी दिनुभयो । केही वर्ष अघिसम्म म्याग्दी,पर्वत, बागलुङ, कास्की, स्याङ्जा, अर्घाखाँचीलगायतबाट घर छाउने ढुङ्गाको माग आउने गर्दथ्यो । सभाबाट पारित भएको ढुङ्गा खानी तथा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापन ऐन, २०८१ मा स्लेट खानी सञ्चालनसम्बन्धी व्यवस्था गरिएको हो । स्थानीयवासीले ढुङ्गा खानीलाई वैधानिकता दिन माग गर्दै आएका थिए ।
गुणस्तरहीन चामल र चिउरा बेच्ने उद्योगमा सिलबन्दी
काठमाडौँको तारकेश्वर र नार्गाजुनका विभिन्न ठाउँमा गुणस्तरहीन चामल, चिउरा र अन्य खाद्य ब्रान्डिङ गरेर बिक्री गर्ने गोदाममा सिलबन्दी गरिएको छ ।
सुनको भाउ हालसम्मकै उच्च, प्रतितोला चार हजारले बढ्यो
नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज सुनको मूल्य प्रतितोला रू. चार हजारले बढेर रू. एक लाख ७४ हजार पाँच सय कायम भएको छ ।
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ, चैत १ गते । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ९० पैसा र बिक्रीदर १३९ रुपैयाँ ५० पैसा कायम भएको छ ।युरोपियन युरो एकको खरिददर १५० रुपैयाँ ९५ पैसा र बिक्रीदर १५१ रुपैयाँ ६० पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७९ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८० रुपैयाँ ६२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५७ रुपैयाँ ४७ पैसा र बिक्रीदर १५८ रुपैयाँ १५ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ३५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ७२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ६० पैसा र बिक्रीदर ९७ रुपैयाँ ०२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ । यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ ३८ पैसा र बिक्रीदर नौ रुपैयाँ ४२ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १७ पैसा र बिक्रीदर १९ रुपैयाँ २५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३७ रुपैयाँ २० पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ११ पैसा र बिक्रीदर ३८ रुपैयाँ २७ पैसा कायम भएको छ ।केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ११ पैसा र बिक्रीदर चार रुपैयाँ १३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ३० पैसा र बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ५४ पैसा र बिक्रीदर नौ रुपैयाँ ५९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १३ रुपैयाँ ७१ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ २४ पैसा र बिक्रीदर २० रुपैयाँ ३३ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ८७ पैसा र बिक्रीदर १७ रुपैयाँ ९५ पैसा, कुवेती दिनार एकको खरिददर ४५० रुपैयाँ ८४ पैसा र बिक्रीदर ४५२ रुपैयाँ ७९ पैसा, बहराइन दिनार एकको खरिददर ३६८ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३७० रुपैयाँ ०७ पैसा, ओमनी रियाल एकको खरिददर ३६० रुपैयाँ ७९ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ३५ पैसा रहेको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
बाँझो बारीमा देवराजले फलाए लटरम्म गोलभेडा
हेटौँडा, फागुन २९ गते । मकवानपुर मनहरी गाउँपालिका–१ मकरीका ६१ वर्षीय देवराज न्यौपानेले धन कमाउने सपना बोकेर २३ वर्षसम्म आफ्नो ऊर्जा भारतमै खर्चिनुभयो । त्यहाँ २३ वर्षसम्म सवारीसाधन चलाए पनि उहाँले धन कमाउन सक्नुभएन । त्यसैबीच विश्वभर फैलिएको कोरोना महामारी उहाँलाई आफ्नै जन्मभूमि फर्किने बहाना बनेर आयो । वर्षौ पसिना खर्चेको देशमा पेट पाल्नसमेत धौधौ भएपछि उहाँ गाउँ फर्किनुभयो । यही क्षण उहाँका लागि अवसर बनेर आयो । गाउँमै पसिना बहाएपछि उहाँ सात वर्ष नबित्दै व्यावसायिक कृषक बन्न सफल हुनुभएको छ । न्यौपानेले हाल मासिक करिब रु एक लाखसम्म कमाई हुने गरेको सुनाउनुभयो । अर्काको देशमा २३ वर्ष बिताउँदा पनि बिहान बेलुकाको हातमुख जोर्न सीमित उहाँ जीवनस्तर आफ्नै माटोमा पसिना चुहाउँदा छोटो समयमै राम्रो सफलता पाएपछि उहाँ अचेल निकै हर्षित हुनुहुन्छ । “दुई छोराछोरीको पठनपाठनदेखि पवरिवारको हरेक आवश्यकता सहज रूपमा टर्न थालेको छ । हिजो दैनिकी चले पनि समस्या परेका बेला बचत नहुँदा निकै समस्या हुने गरेको थियो । अचेल केही रकम बचत गर्न पनि सफल भएको छु”, उहाँले भन्नुभयो । हाल उहाँले गरिरहेको व्यवसाय हो, कृषि र पशुपालन । कोरोना महामारीले दिएको चोटबाट रन्थनिएर नेपाल फर्किएका न्यौपाने हिजो जुन बारी बाँझो राखेर विदेशीनुभएको थियो, आज त्यही बारिमा श्रम, पसिना खेर्चेर राम्रो आम्दानी गर्न सफल हुनुभएको हो । उहाँले हाल नौ कट्ठा जमिनमा माल्पा जातको ३०० गाँज केरा लगाउनुभएको छ । त्यसबाट वार्षिक रु तीन लाखभन्दा बढी आम्दानी गरिरहेको न्यौपानेले बताउनुभयो । यस्तै दुध दिने चारवटा गाईबाट दैनिक ४० लिटर दुध बिक्री गरी वार्षिक करिब रु नौ लाखको कारोबार गर्नुहुन्छ । “मैले प्लास्टिक हाउस [टनेल] मा गोलभेँडाखेती, व्यावसायिक केराखेती र गाईपालन गरिरहेको छु । तरकारीखेतीका लागि आवश्यक विषादी अग्र्यानिक रूपमा बनाएर प्रयोग गरिरहेको छु । चारवटा गाई र पाँचवटा बाच्छाबाच्छीपालनको मूत्र सङ्कलनका लागि ट्याङ्की निर्माण गरेको छु । त्यही मूत्र तरकारीमा प्रयोग गर्छु”, उहाँले भन्नुभयो,“यसकारण सबैतिर रासायनिक मलको हाहाकार भएर समस्या भयो भनेर गुनासो आइरहँदा मैले कहिल्यै चिन्ता गर्नुपरेन । एकातिर अग्र्यानिक उत्पादन हुने, अर्कोतिर आफ्नै गोठ र बारीमा उत्पादन भएको मल र मुत्र प्रयोग गर्दा पैसा बाहिर खर्च गर्नु पनि पर्दैन । कारोबार मात्रै होइन, खर्च कटाएर आम्दानी पनि राम्रै हुन्छ ।”माटो जाँच गर्दा अम्लियपना भेटिएपछि उपचारका रुपमा गौ मूत्रको प्रयोग सुरु गर्नुभएका कृषक न्यौपानेले आफूले रासायनिक मल र विषादीबिना नै व्यावसायिक कृषि गरिरहनुभएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “मलाई रासायनिक मल र विषादीको आवश्यकता पनि पर्दैन र त्यसमा खर्च पनि हुँदैन, गाई पालेको छु, मल पनि हुन्छ अनि किरा मार्ने औषधि पनि ।” उहाँले गाईका लागि १० कट्ठा जग्गामा जैँ घाँस र नेपिएर लगाएको बताउनुभयो । सबै कुरा आफ्नै बारीको प्रयोग गर्दा वार्षिक रु नौ लाख बढीको दूध बिक्री गर्दा सबै खर्च कटाएररु सात लाख आम्दानी हुने गरेको न्यौपानेले सुनाउनुभयो । चारवटा प्लास्टिक हाउस [टनेल] मा गोलभेँडाखेती गरिरहनुभएका उहाँले अन्तरबालीका रूपमा बन्दा पनि लगाउनुहुन्छ । श्रृजना र कविता जातको गोलभेँडा लगाएका न्यौपानेले वार्षिक रूपमा ५० क्विन्टल उत्पादन गरेर स्थानीयस्तरमै रु दुई लाख पचास हजारसम्मको बिक्री गर्दै आएको बताउनुभयो । यस व्यवसायमा लागेपछि दुःख भए पनि न्यौपानेले मेहनतअनुसारको फल भने पाइरहनुभएको छ । यसै व्यवसायबाट जीवनस्तर सुधारिँदैछ । यदी सरकारले स्थानीय उत्पादन प्रोत्साहन, लागत न्यूनीकरणका लागि सहुलियत, सीमापारि भारतबाट सस्तोमा आउने केरा, तरकारीको नियमन गर्न सके आफूहरूजस्ता धेरै किसान लाभान्वित हुने उहाँको बुझाइ छ । यसमा साथै रासायनिक मलको प्रयोग निरुत्साहन र आफूलेजस्तो प्राङ्गारिक मल, गौ मलमुत्र प्रयोगमा आवश्यक सचेतना वद्धि, समय समय माटोको उर्वराशक्ति परीक्षण तथा समस्या समाधानका लागि तीनै तहका सरकारले आयोग सहयोग गर्नुपर्ने उहाँको आग्रह छ ।
‘श्रम सम्झौताको प्रभावकारी कार्यान्वयन आवश्यक’
सरकारले श्रम सम्झौतालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसक्दा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक आफ्नो अधिकारप्राप्तिबाट वञ्चित भएको सरोकारवालाले बताएका छन् ।