काठमाडौँ, चैत २९ गते । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला अघिल्लो दिनको तुलनामा तीन हजार ९०० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला एक लाख ८१ हजार १०० मा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख ८५ हजार कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
साथै आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार प्रतितोला एक हजार ९०० मा कारोबार भएको चाँदी आज पाँचले बढेर एक हजार ९०५ पुगेको छ । रासस