वार्षिक सात करोड बढीको चामल आयात
गुल्मीमा वार्षिक सात करोडभन्दा बढीको चामल आयात हुने गरेको छ । कृषि ज्ञान केन्द्र गुल्मीको तथ्याङ्क अनुसार यस जिल्लामा एक जनाले सरदर वार्षिक १३८ केजी चामल खपत गर्दा कम्तीमा ३४ हजार पाँच सय मेट्रिक टन चामल आवश्यक पर्छ ।
हवाई सुरक्षाका लागि टास्कफोर्स
पछिल्लो चार महिनाको अवधिमा नेपालमा चार वटा हेलिकोप्टर दुर्घटना भएपछि वायुसेवा सञ्चालक सङ्घले हवाई सुरक्षा अभिवृद्धिका लागि टास्कफोर्स गठन गरेको छ । हवाई उडानलाई थप सुरक्षित, व्यवस्थित तथा भरपर्दाे बनाई हवाई सेवालाई अझै व्यावसायिक तथा मर्यादित रूपमा सञ्चालन गर्न, दुर्घटना न्यूनीकरणका उपाय पहिल्याउन, हवाई सुरक्षा दर अभिवृद्धि गर्न र हवाई दुर्घटनाको कारण पत्ता लगाउन उक्त समिति गठन गरिएको हो ।
खाना पकाउने ग्यासको आयातमा उल्लेख्य कमी
गत आर्थिक वर्षमा खाना पकाउने एलपी ग्यासको खपत घटेसँगै आयातमा कमी आएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार अघिल्लो वर्षको तुलनामा आव २०७९/८० मा सात अर्ब रुपियाँ बराबरको ग्यास आयातमा कमी आएको हो । आव २०७९/८० मा ५८ अर्ब १५ करोड ४१ लाख १४ हजार रुपियाँको पाँच लाख १४ हजार ३४० मेट्रिक टन एलपी ग्यास आयात भएको छ ।
ऊर्जा विकास दशकको रोडम्याप तयार गर्दै ऊर्जा मन्त्रालय
उर्जा मन्त्रालयले ऊर्जा विकास दसकको रोडम्याप तयार गर्न लागेको छ । आगामी १० वर्षभित्र ऊर्जा क्षेत्रमा फड्को मार्न यो रोडम्याप तयार गर्न लागिएको हो ।
हिमाली हीरा यार्सा बेचेर करोडौँ आम्दानी
गरिबको हीरा भनेर चिनिने हिमाली जिल्लामा पाइने बहुमुल्य बुटी यार्सागुम्बा बेचेर यहाँका स्थानीयले जीविकोपार्जन गरिरहेका छन् ।
‘व्यावसायिक एकता आवश्यक’
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योगी व्यवसायी तथा महासङ्घका समग्र सदस्यबिच बलियो एकता आवश्यक रहेको औँल्याउनुभएको छ । महासङ्घको वस्तुगत परिषद्ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले व्यवसायीको एकल प्रयासले मात्र उपलब्धि हासिल हुन नसक्ने बताउँदै एक्लो प्रयास मात्र पर्याप्त नहुने हुँदा व्यावसायिक हितका लागि सहकार्य र एकता आवश्यक हुने औँल्याउनुभएको हो ।
क्यास्परस्कीका तीन संस्करण सार्वजनिक
चर्चित एन्टिभाइरस क्यास्परस्कीले आफ्ना पछिल्ला तीन नयाँ संस्करण नेपाली बजारमा सार्वजनिक गरेको छ । क्यास्परस्कीको नेपालस्थित आधिकारिक बिक्रेता सागर गु्रपले राजधानीमा बिहीबार एक कार्यक्रमको आयोजना गर्दै नयाँ संस्करणको घोषणा गरेको हो । बढ्दो साइबर चुनौतीलाई लक्षित गर्दै त्यसबाट प्रयोगकर्तालाई सुरक्षित बनाउन नेपाली बजारमा पनि क्यास्परस्कीका पछिल्ला संस्करण भित्र्याएको कम्पनीले जनाएको छ ।
चामल आयात आधाले घट्यो
गत आर्थिक वर्षमा चामलको आयात आधाले घटेर १६ अर्ब रुपियाँको हाराहारीमा झरेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार आव २०७९/८० मा १५ अर्ब ९१ करोड २४ लाख १५ हजार रुपियाँको चामल मात्र आयात भएको छ । अघिल्लो वर्ष सो अवधिमा ३० अर्ब ५८ करोड २९ लाख ५८ हजार रुपियाँको चामल आयात भएकोे थियो ।
वायुसेवा निगमद्वारा इन्जिन भाडामा लिने तयारी
नेपाल वायुसेवा निगमले एक सातादेखि ग्राउन्डेड न्यारोबडी ए–३२० कल ९–एन एकेएक्स (नेपाली नाम लुम्बिनी) जहाज उडानका लागि इन्जन भाडामा लिने भएको छ ।
गलत सूचनाप्रति सचेत रहन आग्रह
वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगार अनुुमति प्रणाली (इपिएस) शाखाले विभिन्न माध्यमबाट इपिएस रोजगारीका विषयमा गलत सूचना फैलाउने काम भएकाले त्यस्ता सूचनाप्रति सचेत रहन आग्रह गरेको छ ।
विद्युत आपूर्ति बढाउन प्रसारण लाइनको रिङ बन्दै
नेपाल विद्युत् प्राधिकरणले नवलपरासी (बर्दघाट सुस्तापश्चिम) को परासी क्षेत्रमा उद्योग र स्थानीय बासिन्दालाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि पाँच वटा सबस्टेसन जोड्ने प्रसारण लाइनको रिङ बनाउने भएको छ ।
किसानले यसपालि झेल्न परेन मलको अभाव
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार लगभग ७० प्रतिशतभन्दा बढी रोपाइँ सम्पन्न भइसकेको छ तर अरू वर्ष झैँ यस पटक रासायनिक मलको हाहाकार झेल्नु नपरेको बताइएको छ ।
रोडको व्यापार करोडसम्म
धनकुटा नगरपालिका–९, गुठीटारका पदमबहादुर राई गोलभेँडा उत्पादन गर्दै आफैँ कोशी राजमार्गमा बिक्री गर्नुहुन्छ । उहाँले करिब पाँच रोपनी क्षेत्रफलमा टमाटर खेती गर्दै आउनुभएको छ ।
चोभार सुक्खा बन्दरगाह सञ्चालन निजी क्षेत्रलाई दिने तयारी
सरकारले चोभारमा रहेको सुक्खा बन्दरगाह (ड्राई पोर्ट) प्रभावकारी रूपमा चलाउन नसकेपछि सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिन लागेको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिले टेन्डर आह्वान गरेर पाँच वर्षका लागि बन्दरगाह सञ्चालनमा दिइने जानकारी दिएको हो । समितिले एक सूचना प्रकाशित गर्दै समितिले बन्दरगाह सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिइन लागेको बताएको छ । पाँच वर्षका लागि बन्दरगाह सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने गरि टेन्डर आह्वान गरेको हो ।
प्रधानमन्त्री रोजगार कार्यक्रम : लक्ष्यभन्दा धेरैले पाए रोजगारी
आर्थिक वर्ष २०७९/८० मा प्रधानमन्त्री रोजगार कार्यक्रमले लिएको राष्ट्रिय लक्ष्यभन्दा धेरैले रोजगारी प्राप्त गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आव २०७९/८० मा ८६ हजारलाई न्यूनतम एक सय दिनको रोजगारी दिने राष्ट्रिय लक्ष्य राखेकामा २०८० साउन ९ सम्म तथ्याङ्क अनुसार ८९ हजार ५१९ जनाले औसत ७९ दिनको रोजगारी प्राप्त गरेका हुुन् । यो सङ्ख्या तीन हजार ५१९ बढी हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयल अन्तर्गतको उक्त कार्यक्रममा यो सङ्ख्या अझै बढेर एक लाख पुग्ने अनुमान गरिएको छ । राष्ट्रिय निर्देशक रामचन्द्र ढकालले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि उपलब्ध बजेटका आधारमा श्रम मन्त्रालयले निर्धारण गरेको लक्ष्यभन्दा बढी सङ्ख्याले रोजगारी प्राप्त गरेको जानकारी दिनुभयो ।
बजार अनुगमन : ६५ प्रतिशत व्यवसायी फर्ममा कैफियत
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आर्थिक वर्ष २०७९/८० मा बजार अनुगमन गरेकामध्ये ६५ प्रतिशत व्यवसायी फर्ममा कुनै न कुनै कैफियत भेटिएको छ । विभागले २०७९ साउनदेखि २०८० असारसम्म उपत्यकामा अनुगमन गरेका तीन हजार ६९५ व्यवसायी फर्ममध्ये दुई हजार ३३८ वटा व्यवसायी फर्ममा कैफियत भेटिएको हो ।
मौद्रिक नीतिमा निजी क्षेत्रको धारणा
नेपाल राष्ट्र बैङ्कले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिप्रति उद्योगी व्यवसायीसँग सम्बन्धित सङ्घ संस्थाले असन्तुष्टि जनाएका छन् । नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घले सोमबार एक संयुक्त वक्तव्य जारी गर्दै मौद्रिक नीतिले विद्यमान अर्थतन्त्रका समस्या समाधान गर्न नसक्ने महसुस गरेको जनाएका छन् ।
निर्यातभन्दा आयात दस गुणा बढी
नेपालबाट एक रुपियाँको वस्तु निर्यात हुँदा १० रुपियाँ बराबरको वस्तु आयात हुने पाइएको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० भरको तथ्याङ्क अनुसार आयात र निर्यातको अनुपात १०.२६ पुगेको हो । त्यसअघिको आवको तुलनामा आयातसँग निर्यातको अनुपात झन् फराकिलो बनेको हो अर्थात् २०७८/७९ मा एक रुपियाँको वस्तु निर्यात हुँदा नौ रुपियाँ ६० पैसाको वस्तु आयात भएको देखिन्छ । आयातको तुलनामा निर्यातको हिस्सा घट्दा गत आवमा आयातसँगको अनुपात बढेको तथ्याङ्कले देखाउँछ ।
निर्माण व्यवसायी महासङ्घको ज्ञापनपत्र
निर्माण कार्यको भुक्तानी र सबै आयोजनाको एकमुष्ट म्याद थप हुनुपर्नेलगायतका नौबुँदे मागसहित नेपाल निर्माण व्यवसायी महासङ्घले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसहित विकासे मन्त्रालयमा अल्टिमेटमसहितको ज्ञापनपत्र बुझाएको छ । महासङ्घका अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले सोमबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, गृह मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र खानेपानी मन्त्रालयमा अल्टिमेटमसहितको ज्ञापनपत्र बुझाएको हो । त्यसै गरी महासङ्घ प्रतिनिधिमण्डलले सोमबार नै सार्वजनिक खरिद अनगुमन कार्यालयका सचिव डाक्टर दामोदर रेग्मीसमक्ष पनि आफ्नो नौबुँदे ज्ञापनपत्र बुझाएको छ ।
भिर मौरीको मह सिकार गर्न युवापुस्ता आकर्षित
केपिलासगढी गाउँपालिका–१ फेदीस्थित तेरावाका ६३ वर्षीय तीर्थमनि राईले भिरमौरीको मह सिकार गर्न थालेको ४५ वर्ष भयो । उक्त महका लागि छिमेकी जिल्ला भोजपुरसम्म पुग्नुहुने उहाँलाई सुरुदेखि अहिलेसम्म फेदीकै माखाम्ला निवासी ६२ वर्षीय हस्तराम राईलेसाथ दिइरहनुभएको छ ।
इन्धनबाट पाँच वर्षमा साढे चार खर्ब राजस्व
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको कारोबार गरेर पछिल्लो पाँच वर्षमा सरकारलाई साढे चार खर्ब राजस्व बुझाएको छ । निगमले आर्थिक वर्ष २०७५/७६ देखि आर्थिक वर्ष २०८९/८० सम्म भारतबाट झन्डै डेढ करोड किलोलिटर पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, मटितेल, हवाई इन्धन र एलपी ग्यास) आयात गरेर चार खर्ब ४९ अर्ब तीन करोड रुपियाँ राजस्व सङ्कलन गरेको हो । बर्सेनि इन्धनको आयात बढेसँगै राजस्व सङ्कलनमा समेत वृद्धि हुने गरेको छ ।
भारतबाट अवैध रूपमा आयात हुने दुध रोक्न पहल
कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसाल अध्यक्ष रहेको राष्ट्रिय दुग्ध विकास बोर्डले भारतसँग जोडिएका विभिन्न सीमा नाकाबाट अवैध रूपमा भित्रिरहेको दुध तथा दुग्धजन्य पदार्थलाई रोक्न सरोकारवाला निकायलाई आग्रह गरेको छ । बोर्डका कार्यकारी निर्देशक राजेन्द्र यादवले किसानको आफ्नै दुध पर्याप्त भइरहेका बेला भारतबाट अवैध रूपमा आयात भइरहेको छ र त्यसलाई कृषि मन्त्रालयमार्फत अनुगमन गरी रोक्नका लागि पहल गरिने निर्णय भएको बताउनुभयो । अवैध रूपमा आइरहेको दुधलाई कृषि मन्त्रालयले मात्र रोकेर रोकिँदैन, यसका लागि अर्थ मन्त्रालय, उद्योग र गृह मन्त्रालयले चासो दिए मात्र सम्भव रहेको उहाँले बताउनुभयो ।
वैदेशिक रोजगारीका ठगी बढे, उजुरी फर्स्योट न्यून
वैदेशिक रोजगारीका नाममा हुने ठगी डरलाग्दो छ । वैदेशिक रोजगारीमा जाने अधिकांश युवा घरगाउँकै दाजुभाइ दिदीबाहिनी, आफन्त र सहरका वैदेशिक रोजगार व्यवसायी कम्पनी, ट्राभल एजेन्सी, एजुकेसन कन्सल्टेन्सी तालिम संस्था, स्वास्थ्य संस्थालगायतबाट ठगिने गरेका छन् । यो क्रममा बढ्दो छ ।
सुनको कारोबार ठप्प
बजारमा सुनको कारोबार ठप्प अवस्थामा छ । सधैँ भिडभाड हुने नयाँ सडकका सुनचाँदी पसल साउन लागेसँगै सुनसान हुन थालेका छन् । मलमास लागेसँगै बजारमा सुनचाँदीको कारोबार ठप्प अवस्थामा रहेको सुन व्यापारी बताउँछन् । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हाल दैनिक पाँच किलो मात्र सुन वितरण हुने गरेको छ । सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले मलमासका कारण र तीज असोज महिनामा परेकाले पनि सुनको कारोबार नभएको बताउनुभयो । साउन महिना अफ सिजन भएकाले पनि कारोबार न्यून हुने गर्छ, यो वर्ष चाडपर्व ढिला भएकाले पनि कारोबार ठप्प अवस्थामा रहेको उहाँको भनाइ छ ।