कवाडी सङ्कलनकर्ताका कारण उपत्यकाको फोहोर व्यवस्थापन सहज
सङ्घीय राजधानी काठमाडौँ उपत्यकामा घर, पसल, व्यवसाय तथा उद्योगबाट दैनिक अत्यधिक मात्रामा फोहोर निस्कन्छ । यहाँ फोहोर व्यवस्थापन सधैँ चुनौती बन्दै आएको छ । फोहोर व्यवस्थापनमा स्थानीय तह र फोहर सङ्कलन गर्ने कम्पनीसँगै पुनः प्रयोगीय वस्तु (कवाडी) सङ्कलन गर्ने व्यक्तिको योगदान छ
आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण विद्युतीकरण घोषणाको तयारी : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण रुपमा विद्युतीकरण घोषणा गर्ने गरी सम्पूर्ण तयारी भइसकेको बताउनुभएको छ ।
प्रधानमन्त्री प्रचण्डद्वारा इनरुवा सबस्टेसन समुद्घाटन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल विद्युत प्राधिकरण इनरुवा सुनसरीको विद्युत सबस्टेसनको समुद्घाटन गर्नुभएको छ ।
विद्युत सबस्टेसनको उद्घाटन गर्न प्रधानमन्त्री सुनसरी आउँदै
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सुनसरी आउँदै हुनुहुन्छ । नेपाल विद्युत प्राधिकरण इनरुवा सुनसरीको विद्युत सबस्टेसनको समुद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड सुनसरी आउन लाग्नुभएको हो ।
भेरी–बबई डाइभर्सनको काममा ऊर्जामन्त्री असन्तुष्ट
राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन आयोजनाको कार्यप्रगतिप्रति असन्तुष्टि जनाउँदै ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आयोजना सम्बद्ध अधिकारीलाई मन्त्रालयमै बोलाएर छलफल गर्नुभएको छ । आयोजना निर्माणको काममा ढिलाइ भइरहेको भन्दै आयोजनाका पदाधिकारी र निर्माण व्यवसायीलाई तत्काल काममा गति दिन निर्देशन दिनुभएको छ । आयोजनाको काममा ढिलाइ गर्र्ने छुट कसैलाई पनि नभएको भन्दै मन्त्री बस्नेतले निर्माण व्यवसायी तथा आयोजना सम्बद्ध अधिकारीसँग असन्तुष्टि पोख्नुभयो । आयोजनाको सुरुङ निर्माण सम्पन्न भएको लामो समय भए पनि बाँधस्थल र विद्युत्गृहको काममा अपेक्षित प्रगति हुन सकेको छैन । निर्माण व्यवसायीको कमजोर कार्यसम्पादनका कारण निर्माण कार्यले गति लिन सकेको छैन ।
उखु किसानले अनुदानबापतको २० करोडभन्दा बढी भुक्तानी लिन बाँकी
सर्लाहीका उखु उत्पादक किसानले गत वर्ष बिक्री गरेको उखुको अनुदानबापतको रकम रु २० करोडभन्दा बढी भुक्तानी लिन बाँकी रहेको छ ।
उखुको न्यूनतम खरिद मूल्य तोकियो
सरकारले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६३५ रुपियाँ तोकेको छ । बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६ सय ३५ रुपियाँ तोकेको हो ।
एक हजारले बढ्यो सुनको मूल्य
बुधबार सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा एक हजार बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम
पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा विप्रेषण नबढेको अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले सार्वजनिक गरेको प्रतिवेदन अनुसार वैदेशिक रोजगारीमा जाने श्रमिकको अनुपातमा विप्रेषण आएको छैन ।
एनसेलले राज्यलाई तिर्नुपर्ने कर असुल उपर गर्न सरकारलाई संसदीय समितिको निर्देशन
प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले एनसेलले राज्यलाई तिर्नुपर्ने कर असुल उपर गर्न सकारलाई निर्देशन दिएको छ ।
एनसेल प्रकरण : सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी
एनसेलको शेयर खरिदबिक्री भएको विषयमा दायर भएको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।
एनसेलको शेयर खरिद बिक्री अस्वाभाविक छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनसेलको शेयर खरिदबिक्री अस्वाभाविक रहेको बताउनुभएको छ । मङ्गलबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्नुहुँदै प्रधानमन्त्रीले यस्तो बताउनुभएको हो ।
एनसेलको शेयर बिक्रीविरुद्धको रिटमा सुनुवाइ जारी
एनसेलको शेयर बिक्री रोक्न माग गर्दै दायर गएको रिट निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ जारी रहेको छ ।
राज्य व्यवस्था समिति बैठक, एनसेलको विषयमा छलफल हुँदै
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सङ्घीय संसद प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा सहभागी हुनुभएको छ ।
साह निगमको निमित्त प्रमुख
नेपाल आयल निगम लिमिटेडको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी नागेन्द्र साहलाई दिइएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले साहलाई सोमबार निमित्त प्रमुखको जिम्मा दिएको हो । हाल नायब कार्यकारीका रूपमा काम गर्दै आएका साहलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त प्रमुखको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ । निगमभित्र सबैभन्दा वरिष्ठ तहमा कार्यरत साहलाई निमित्तको जिम्मेवारी दिइएको हो ।
मर्स्याङ्दी जलविद्युत केन्द्रबाट प्रभावितलाई मुआब्जा वितरण कार्य अन्तिम चरणमा
तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटस्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको बाँधको किनारमा रहेको जग्गा अधिग्रहणका लागि मुआब्जा वितरण कार्य अन्तिम चरणमा पुगेको छ ।
मर्स्याङ्दी जलविद्युत केन्द्रको उत्पादन १६ मेगावाट घट्यो
तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको विद्युत उत्पादन घट्न थालेको छ । सुख्यायामसँगै नदीमा पानी कम भएकाले उत्पादनमा १६ मेगावाट घटेको केन्द्रले जनाएको छ ।
श्रमिक हक अधिकार कागजमै सीमित
वैदेशिक रोजगारको क्षेत्रमा काम गर्ने सरकारी र गैरसरकारी संस्थाले अन्तर्राष्ट्रिय आप्रवासन श्रमिक दिवसको अवसर पारेर देशभर सप्ताहव्यापी कार्यक्रम गरिरहेका छन् । सरकार र वैदेशिक रोजगारको क्षेत्रमा काम गर्ने सरोकारवाला निकायले आइतबारदेखि आउँदो शक्रबारसम्म साताव्यापी रूपमा श्रमिकका हक अधिकारका विषयमा कार्यक्रम गरिरहेका छन् ।
मर्जर तथा एफपिओबापत उठ्यो बाह्र अर्ब एकासी करोड राजस्व
कम्पनीहरू एकआपसमा गाभिँदा हुने लाभ (बार्गेन पर्चेज) र प्रिमियमसहित फर्दर पब्लिक अफरिङ (एफपिओ) को लाभबापत सरकारलाई शनिबार साँझसम्म १२ अर्ब ८१ करोड रुपियाँ राजस्व प्राप्त भएको छ । आन्तरिक राजस्व विभागका अनुसार करिब पाँच दर्जन कम्पनीले दुई दिनमा सो परिमाणको राजस्व सरकारलाई भुक्तान गरेका हुन् ।
‘सहकारी ऐन तथा नियम पालना कडाइसाथ गराउँछौँ’
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले अहिले सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि माथिल्लो निकायबाटै सुधारको काम सुरु गर्नुपर्ने देखिएको बताउनुभएको छ । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को १३ औँ वार्षिक साधारण सभा उद्घाटन समारोहमा बोल्दै सचिव दुवाडीले भन्नुभयो, “सहकारी क्षेत्रमा हाल देखिएको समस्या समाधानका लागि माथिल्लो निकायबाट काम सुरु गर्नुपर्ने देखियो ।
चोभार सुख्खा बन्दरगाह निजी क्षेत्रबाट सञ्चालन गर्न सुरु
चोभार सुख्खा बन्दरगाह निजी क्षेत्रको व्यवस्थापनमा सञ्चालन गर्न सुरु गरिएको छ । बन्दरगाह शुक्रबारदेखि निजी क्षेत्रको व्यवस्थापनमा सञ्चालन गर्न सुरु गरिएको हो ।
साताको सुन बजारः बढ्यो मूल्य
स्थानीय बजारमा यस साता सुनको मूल्य प्रतिदस ग्राम एक हजार तीन सय ७० ले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार साताको पहिलो दिन आइतबार प्रति दस ग्राम एक लाख सात सय ४० मा कारोबार भएको थियो ।
मूल्य वृद्धि घट्यो, शोधनान्तर उच्च बचतमा
पछिल्ला केही महिना औसतमा आठ प्रतिशत रहेको मूल्य वृद्धिदर कात्तिकमा भने घटेको छ । नेपाल राष्ट्र बैङ्कले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको कात्तिकसम्मको मुलुकको आर्थिक तथा वित्तीय स्थिति विवरण अनुसार कात्तिकमा मूल्य वृद्धि ५.३८ प्रतिशतमा खुम्चिएको छ । असोजमा यस्तो दर ७.५० प्रतिशत थियो । २०७९ साल कात्तिकमा भने मूल्य वृद्धिदर ८.०८ प्रतिशत थियो । विवरण अनुसार कात्तिकमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.०१ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.८९ प्रतिशत रहेको छ । खाद्य समूह अन्तर्गतको सबैभन्दा धेरै मरमसला उपसमूहको ३६.४६ प्रतिशतले मूल्य वृद्धि भएको छ । गैरखाद्य तथा सेवा समूह अन्तर्गत सबैभन्दा धेरै मनोरञ्जन तथा संस्कृति उपसमूहको १२.८४ प्रतिशतले बढेको छ ।
घट्यो सुनको मूल्य
बुधबार सुनको मूल्य पुनः घटेको छ । आज सुनको मूल्य प्रतितोला तीन सय रुपियाँले घटेर एक लाख १६ हजार रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।