बिदेसिने दक्ष जनशक्ति बढ्दै
वैदेशिक रोजगारीमा दक्ष भएर विदेश जाने युवाको सङ्ख्या क्रमशः बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत साउनमा रोजगारीका लागि बिदेसिनेमध्ये ६९ प्रतिशत दक्ष रहेकामा मङ्सिरमा यो हिस्सा ७३ प्रतिशत पुगेको छ । गत साउनमा ५५ हजार ५७५ जना वैदेशिक रोजगारीमा गएकामध्ये दक्ष भएर जानेको सङ्ख्या ३८ हजार ७५५ रहेकामा मङ्सिरमा गएका ७१ हजार २७६ जनामध्ये ५१ हजार ३४० जना दक्ष भएर गएका छन् ।
किसानले पाएनन् तरुलको भाउ
सुनसरी जिल्लाको महेन्द्रनगर, प्रकाशपुर, राजावास र भोक्राहाका किसानले तरुलको भाउ नपाउँदा सस्तो मूल्यमा बिक्री गर्न बाध्य भएका छन् ।
महिलाद्वारा सञ्चालित उद्योगलाई प्राथमिकता दिनुस् : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राजनीतिक परिवर्तनअनुरूप राज्यका संरचनाहरूमा परिवर्तन हुनुपर्नेमा जोड दिँदै महिलाहरूद्वारा सञ्चालित उद्योगलाई प्राथमिकता दिन निर्देशन दिनुभएको छ ।
अत्यावश्यक खाद्यान्नको लगत सङ्कलन गरिँदै
सरकारले स्वदेशमा खपत हुने अत्यावश्यक खाद्यान्नको लगत सङ्कलनको काम सुरु गरेको छ । मुलुकमा अत्यावश्यक खाद्य पदार्थको माग अनुसार उत्पादनको अवस्था र अपुग परिमाणबारे पनि यथार्थ जानकारी प्राप्त गर्न विभिन्न जिल्लामा गएर लगत लिन लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
होर्गोस बन्दरगाहबाट तीन लाखभन्दा बढी सवारी साधन निर्यात
चीनको सिनजियाङको होर्गोस बन्दरगाहले २०२३ मा तीन लाखभन्दा बढी सवारी साधन निर्यात गरेको छ ।
विद्युत् खपतको चित्तबुझ्दो प्रमाण दिए शुल्क तिर्न तयार
डेडिकेटेड तथा ट्रङ्क लाइन विद्युत् महसुल विवादमा नेपाल विद्युत् प्राधिकरणले विद्युत् खपतको चित्तबुझ्दो प्रमाण दिन सके प्रिमियमबापतको शुल्क तिर्न तयार रहेको उद्योगीले बताएका छन् । उद्योगीका तर्फबाट आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा विद्युत् महसुल विवादमा आफूहरूलाई अनावश्यक बदनाम गरिएको आरोपसमेत लगाएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष एव अर्घाखाँची सिमेन्टका सञ्चालक पशुपति मुरारकाले आफूहरूले प्रिमियम तिर्नुपर्ने गरी विद्युत् खपत गरेको प्रमाण नदिने अनि विवादकै अवस्थामा विद्युत् काटेर उद्योगी व्यापारीलाई प्रताडित गरेको आरोप लगाउनुभयो ।
तीन दशकमा भित्रियो डेढ खर्ब विदेशी लगानी
मुलुकमा तीन दशकको अवधिमा डेढ खर्बभन्दा बढी रकम बराबरको प्रत्यक्ष विदेशी लगानी (एफडिआई) भित्रिएको छ । लगानी गर्ने भनेर प्रतिबद्धता गरेको रकममध्ये एक चौथाइ रकम भित्रिएको तथ्याङ्कले देखाएको छ । सरकारले खुला अर्थनीति अवलम्बन गरेसँगै मुलुकमा हालसम्म एक खर्ब ५८ अर्ब ६० करोड रुपियाँ बराबरको प्रतित्यक्ष विदेशी लगानी भित्रिएको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ । सुरुदेखि हालसम्म चार खर्ब ७० अर्ब ५७ करोड ९४ लाख ९९ हजार रुपियाँ बराबरको प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता आएकामा डेढ खर्ब रुपियाँभन्दा बढी विदेशी लगानी भित्रिएको हो ।
अर्थतन्त्र गतिशील हुने प्रक्षेपण
मुलुकको अर्थतन्त्र गतिशील हुँदै जाने प्रक्षेपण गरिएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा पेस गर्नुभएको नेपालको अर्थव्यवस्थाबारे प्रतिवेदनले आन्तरिक र बाह्य सूचकमा आएको सुधारका कारण आगामी अर्थतन्त्र गतिशील हुँदै जाने देखाएको हो ।
सुनको कारोबारमा गिरावट
बजारमा सुनको कारोबारमा उल्लेख्य गिरावट आएको छ । सुनको मूल्य लगातार बढ्दै गएपछि स्थानीय बजारमा सुनको कारोबार घटेर २५ प्रतिशतमा झरेको हो । लगनको समय नभएको र लगातार मूल्य बढेका कारण सुनको कारोबार ठप्प अवस्थामा रहेको हो । अन्तर्राष्ट्रिय बजारमा लगातार मूल्य बढेपछि सुनको कारोबारमा गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्यले एक महिनादेखि लगातार सुनको मूल्य बढेकाले कारोबार ठप्प अवस्थामा पुगेको जानकारी दिनुभयो ।
कुखुरापालन व्यवसाय सङ्कटमा: बढी उत्पादन र माग कम
पछिल्लो समय कुखुरापालन व्यवसाय सङ्कटमा परेको छ । कुखुरा व्यवसायीले मासु र अण्डाको उचित मूल्य पाउन नसक्दा व्यावसायीहरु विस्थापित हुने स्थितिमा पुगेको व्यवसायीहरूले जनाएको छ ।
घरजग्गा कारोबारमा रहेको हदबन्दीको समस्या सम्बोधनतर्फ प्रयत्नरत छु : मन्त्री श्रेष्ठ
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले घरजग्गा कारोबारमा रहेको हदबन्दीको समस्या सम्बोधन गर्नेतर्फ मन्त्रालय प्रयत्नरत रहेको बताउनुभएको छ ।
एकको उपहार, अर्काको सरोकार’: सहयोगको हात फैलाउँदै सुखावती
‘एकको उपहार, अर्काको सरोकार’ भन्ने नाराका साथ पुराना सामान पुनः प्रयोग एवम् प्रशोधन गरी त्यसलाई सुपथ मूल्यमा बेच्ने र आम्दानीलाई सामाजिक उपयोगमा लगाउँदै आएको सुखावती फाउन्डेसनले पोखरामा सहयोगको हात फैलाउन सुरु गरेको छ ।
सुनको मूल्य हालसम्मकै उच्च
बिहीबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज एक हजार तीन सय रुपियाँले बढेपछि नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
बिहीबारबाट सुरु हुने आठौँ घरजग्गा मेलाको सम्पूर्ण तयारी पूरा
काठमाडौँको भृकुटीमण्डपमा हुने आठौँ घरजग्गा मेलाको तयारी पूरा भएको छ । पुस १२ देखि १५ गतेसम्म सञ्चालन हुने आठौँ घरजग्गा मेलाको सम्पूर्ण तयारी पूरा भएको नेपाल जग्गा तथा आवास विकास सङ्घले जनाएको हो ।
राष्ट्रपतिद्वारा सातौँ बागलुङ महोत्सवको उद्घाटन
राष्ट्रपति रामचन्द्र पौडेलले सातौं बागलुङ महोत्सवको उद्घाटन गर्नुभएको छ । बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा आज(बुधबार) देखि सुरू भएको सातौं बागलुङ महोत्सवको राष्ट्रपति पौडेलले बागलुङ बजारमा उद्घाटन गर्नुभएको हो ।
राहदानी वितरण ६५ प्रतिशत जिल्लाबाटै
राहदानीका लागि हप्ता दिन लगाएर पालो कुर्दा राहदानी हातमा नपाई फर्किनुपर्ने अवस्थाको अहिले अन्त्य भएको छ । राहदानी प्राप्ति सहज बनेको छ । राहदानीका लागि फारम सङ्कलनलाई विस्तार गरेसँगै सेवाग्राहीको चाप पनि घटेको हो ।
समृद्धिको आधार ऊर्जा
प्राकृतिक स्रोतको उपयोग राष्ट्रिय अर्थतन्त्रको उत्थान तथा सबलीकरणको मूल आधार हो भन्ने मान्यता नेपालमा जलविद्युत्ले चरितार्थ गर्दै छ । लोडसेडिङको कहालीलाग्दो इतिहासलाई निमिट्यान्न पारेर मुलुकभित्रको उत्पादकत्व प्रवर्धन मात्र होइन, विद्युत् निर्यातमार्फत व्यापार घाटा न्यूनीकरण पनि हुने बलियो आधार बिजुली बन्दै छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको विश्लेषणमा १४ औँ पञ्चवर्षीय योजनामा प्राप्त आर्थिक वृद्धिदरको एउटा मूल आधार विद्युत्को पर्याप्तता नै थियो । “२०७५ साल वैशाख ३१ देखि नेपालमा लोडसेडिङ अन्त्य हुँदा सिधा असर समग्र आर्थिक वृद्धिको लक्ष्य प्राप्तिमा परेको थियो,”
महसुल नतिर्ने उद्योगमा धमाधम बिजुली काटिँदै
डेडिकेटेड र ट्रङ्क लाइनबापतको महसुल भुक्तान नगरेका उद्योगको विद्युत् काट्ने कामलाई नेपाल विद्युत् प्राधिकरणले तीव्रता दिएको छ । मन्त्रीपरिष्दले पारित गरेको प्रतिवेदन कार्यान्वयनमा विद्युत् नियमन आयोगले आवश्यक निर्णय गर्न ढिलाइ गरेपछि नेपाल विद्युत् प्राधिकरणले मन्त्रीपरिषद, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको पत्राचार तथा अदालतका आदेशलाई आधार मान्दै लाइन काट्ने कार्यलाई तीव्रता दिएको हो ।
बढ्यो विदेशी लगानी
एक वर्षको अवधिमा प्रत्यक्ष विदेशी लगानी (एफडिआई) को प्रतिबद्धता र लगानी दुवै बढेको छ । अर्थतन्त्र लयमा आउन थालेसँगै विदेशी लगानीमा सुधार आएको हो । लगानीका लागि अनुकूल वातावरणसँगै नीतिगत सुधार पनि भएका कारण वैदेशिक लगानी बढ्दै गएको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को चार महिना (साउन–कात्तिक) मा खुद प्रत्यक्ष वैदेशिक लगानी तीन अर्ब ६४ करोड रुपियाँ भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो लगानी ४२ करोड ९२ लाख रुपियाँमा सीमित थियो ।
अंग्रेजी नयाँ वर्षको अवसरमा फुडफेस्टिवल आयोजना हुने
पर्यटकीय स्थल भेडेटारमा अंग्रेजी नयाँ वर्ष सन् २०२४ को अवसर फुड फेस्टिवलको आयोजना हुने भएको छ । आयोजक होटल एशोसिएसन भेडेटारले पत्रकार सम्मेलनको आयोजना गर्दै अंग्रेजी नयाँ वर्ष सन् २०२४ को अवसरमा आगामी पुस १५ देखि १७ गतेसम्म फुड फेस्टिवल हुने जानकारी दिएको हो ।
सिजी सिमेन्ट उद्योगमा तालाबन्दी
पाल्पाको रैनादेवीछहरा–२, सोमादीस्थित सिजी सिमेन्ट उद्योगमा स्थानीय बासिन्दाले तालाबन्दी गरेका छन् । आफूहरूका माग पूरा नगरेको भन्दै आक्रोशित स्थानीय बासिन्दाले शनिबार उद्योगको प्रशासनमा तालाबन्दी गरेका हुन् ।
बजार पुँजीकरण तेत्तिस खर्ब नजिक
सेयर बजारमा यो साता कुल बजार पुँजीकरण ६.५ प्रतिशतले उकालो लागेको छ । गत साताको अन्तिम कारोबार दिन ३० खर्ब ७६ अर्ब रुपियाँ रहेको कुल बजार पुँजीकरण यो साता एक खर्ब ९९ अर्ब रुपियाँ बढेर ३२ खर्ब ७६ अर्ब ३३ करोड ७१ लाख ५९ हजार ६८६ रुपियाँ पुगेको हो ।
उखु किसानको बक्यौता रकम भुक्तानी
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखु किसानले अनुदानबापत पाउने ८० करोड रुपियाँ रकम भुक्तानी गरेको छ । गत आर्थिक वर्षको बाँकी रहेको अर्बभन्दा बढी रकममध्ये ८० करोड रुपियाँ भुक्तानी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस १ गते अर्थमन्त्री डा. प्रकाशरण महत, कृषिमन्त्री डा. वेदुराम भुसाल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, मुख्य सचिव डा. वैकुण्ठ अर्याललगायत मन्त्रालयका सचिवसहितको छलफलमा उखु किसानले प्राप्त गर्ने अनुदान रकम भुक्तानी गर्न निर्देशन दिनुभएको थियो ।
गुणस्तरीय स्वास्थ्य सामग्री खरिदमा जोड
सार्वजनिक खरिद ऐन स्वास्थ्यमैत्री नहुँदा स्वास्थ्य उपकरण खरिदमा गुणस्तरहीन सामग्री आउन सक्ने भन्दै विज्ञहरूले सरकारलाई त्यसतर्फ सचेत रहन आग्रह गरेका छन् । उनीहरूले स्वास्थ्य सामग्री तथा खरिद गरिएका स्वास्थ्य उपकरण गुणस्तरीय नभएमा त्यसको प्रत्यक्ष असर आमनागरिकमा पर्ने बताएका हुन् । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले काठमाडौँमा आयोजना गरेको नेपालको स्वास्थ्य क्षेत्रमा आपूर्ति व्यवस्थापन प्रणालीसम्बन्धी कार्यक्रममा विज्ञहरूले स्वास्थ्य उपकरण गुणस्तरीयतामा जोड दिँदै स्वास्थ्य सामग्री खरिद गर्दा गुणस्तरमा ध्यान दिनुपर्ने बताएका छन् ।