• २१ वैशाख २०८१, शुक्रबार

सुनको मूल्य दुई हजार छ सयले बढ्यो

blog

काठमाडौँ,  चैत ८ गते ।  स्थानीय बजारमा छापावाल सुनको मूल्य प्रति तोला रु. दुई हजार ६ सयका दरले वृद्धि भएको छ । बुधबार प्रति तोला सुन रु. एक लाख २५ हजार दुई सयमा कारोबार भएको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रति तोला रु. एक लाख २७ हजार आठ सय तोकिएको छ ।

 यस्तै तेजाबी सुन बुधबार प्रति तोला रु. एक लाख २४ हजार ६ सयमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य रु. एक लाख २७ हजार दुई सय निर्धारण गरिएको छ ।

त्यस्तै चाँदीको मूल्य प्रति तोलामा रु. ३५ ले वृद्धि भएको छ । बुधबार प्रति तोला रु. एक हजार पाँच सय २० मा कारोबार भएको चाँदीको मूल्य आज रु. एक हजार पाँच सय ५५ निर्धारण गरिएको छ । रासस