काठमाडौं महानगरको राजश्व सङ्कलनमा वृद्धि भएको छ । गत आर्थिक वर्षको फागुन मसान्तको तुलनामा यस आर्थिक वर्षको फागुन मसान्तमा महानगरपालिकाको २७.१ प्रतिशत बढी राजश्व सङ्कलन भएको छ ।
जनसंख्याको वितरणमा तराई क्षेत्रको हिस्सा बढ्दै जाँदा पहाड र हिमालको जनसंख्या भने खुम्चँदै गएको छ ।
पछिल्लो समय सहकारीमा लगानी गरेको रकम डुबेको भन्दै बचतकर्ताहरु निरास बन्दै गएका छन् ।
साझा यातायातले चीनबाट ल्याएका ३७ वटा विद्युत् बस सञ्चालनमा आउन सकेका छैनन् । साझा यातायातले खरिद गरेका उक्त बसहरूको यान्त्रिक परीक्षण गर्ने क्रम जारी रहेकाले परीक्षण सकिएपछि मात्र सञ्चालनमा आउने साझा यातायातका महानिर्देशक महेन्द्रराज पाण्डेयले जानकारी दिनुभयो ।
नेपालमा सञ्चालित २४ वटा राष्ट्रिय गौवका आयोजनामध्ये तीन आयोजना चालू आर्थिक वर्षमा सम्पन्न गर्नुपर्ने समयसीमा छ । तर आयोजनाको भौतिक प्रगति नै कम भएका कारण तोकिएको समयमै सम्पन्न हुन्न कि भन्ने आशङ्का छ ।
नेपालमा सञ्चालित राष्ट्रिय गौरवका आयोजनामध्ये पाँच वटा आयोजना आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्नुपर्ने समयसीमा रहेको छ । तर तोकिएको समयसीमा भित्र आयोजनाहरु सम्पन्न हुने सम्भावना भने छैन ।
चोभार सुख्खा बन्दरगाह सञ्चालनको एक वर्ष पुगे पनि गति लिन सकेको छैन । भन्सार जाँच पासका काम नहुँदा बन्दरगाह सुनसान छ ।
काठमाडौं महानगरपालिकाले घर बहाल करलाई व्यवस्थित बनाउनका लागि नयाँ निर्देशिका घर बहाल व्यवस्था निर्देशिका, २०७९ जारी गरेको छ ।
काठमाडौँ महानगरले निर्माण गर्ने भनेको स्मार्ट शौचालयको काम ओझेलमा परेको छ । महानगरका मेयर बालेन्द्र साहले यस आर्थिक वर्षमा १० वटा स्मार्ट शौचालय बनाउने बताए पनि यसको प्रक्रिया भने अहिलेसम्म सुरु हुन सकेको छैन ।
त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तहमा अनलाइन कक्षा सञ्चालन गरेबापत चर्को शुल्क असुलेको भन्दै विद्यार्थीले विरोध जनाएका छन्। त्रिविको स्नातकोत्तर तहको सेमेस्टर प्रणालीमा मासिक शुल्क बढी लिएको भन्दै विद्यार्थीले विरोध जनाएका छन्।
ललितपुरको भैंसेपाटीमा बन्दै गरेको मन्त्री निवासको काम ८७ प्रतिशत सम्पन्न भएको छ । राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, प्रतिनिधि सभाका उपसभामुख एवं सङ्घीय मन्त्रीका लागि आवासको रुपमा निर्माण गरिएको भवनको हालसम्म ८७ प्रतिशत निर्माण सम्पन्न भएको विशेष भवन निर्माण आयोजना प्रमुख मचाकाजी महर्जनले बताउनुभयो ।
सार्वजनिक सवारीसाधन नचलेपछि पठाओ र निजी मोटरसाइकलले मनोमानी भाडा लिएर यात्रु चढाउने गरेका छन् । सरकार र यातायात व्यावसायीबीच भएको वार्तापछि आन्दोलनका कार्यक्रम स्थगित भए पनि अहिलेसम्म सार्वजनिक सवारी चलेका छैन ।
नौबिसे–नागढुङ्गा सुरुङ्गमार्गको म्याद नौ महिना थप भएको छ । निर्धारित समयमा सुरुङ्गमार्गको काम नसकिने भए पनि पुनः नौ महिना म्याद थप गरिएको आयोजना प्रमुख माधव प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
सडक बत्ती बालेबापत काठमाडौं महानगरले नेपाल विद्युत प्राधिकरणलाई तिर्नुपर्ने बक्यौता रकम झण्डै दुई अर्ब पुगेको छ । नेपाल विद्युत प्राधिकरणले उपलब्ध गराएको तथ्यांकअनुसार महानगरले हालसम्म तिर्नुपर्ने बक्यौता रकम एक अर्ब ९८ करोड २१ लाख १२ हजार ४४८ रुपियाँ रहेको छ ।
मंगलबारदेखि २८ औं संकरणको क्यान इन्फोटेक प्रदर्शनी सुरु भएको छ।