चक्रपथ विस्तारको काम अहिले धमाधम चलिरहेको छ । २७.२ किलोमिटर भित्री चक्रपथ आयोजनाको कलङ्की – बसुन्धरा क्षेत्रमा सडक विस्तारको काम धमाधम चलिरहेको छ ।
काठमाडौं माघ २० गते। यो वर्ष माघ महिनाको मध्य हुँदासम्म हिउँदे वर्षा भएको छैन। हिउँदे वर्षा नहुँदा किसान सबैभन्दा बढी प्रभावित भएका छन्। हिउँदे बालीनालीमा यसले सिधा असर गरेको छ। लामो समय वर्षा नहुँदा प्रदूषण बढेको छ। पानी नपर्दा सुख्खापनसँगै माघ महिनामै तापक्रम बढेको छ। जल तथा मौसमविज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य पानी परे पनि देशको मध्य र पूर्वमा पानी पर्न सकेको छैन। अहिले तत्काल पानी पार्ने कुनै मौसमी प्रणाली विकसित हुने सम्भावना नरहेको उहाँको भनाइ छ। मौसमी प्रणाली विकसित नभएकाले यो वर्ष हिउँदे वर्षा नहुने उहाँको भनाइ छ। उहाँले भन्नुभयो, “नेपालमा हिउँदे वर्षा गराउने प्रणाली कमजोर रुपमा प्रवेश गरेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशमा मात्र हल्का वर्षा गराएर उक्त प्रणाली निष्क्रिय भएको छ। अब तत्काल कुनै प्रणाली विकसित हुने सम्भावना पनि छैन।” उहाँका अनुसार मङ्सिर १६ देखि फागुन १७ गतेसम्मलाई हिउँदे वर्षाको समयका रुपमा लिने गरिन्छ। माघ १९ गते बितिसक्दासमेत पानी पर्न सकेको छैन। किसानले हिउँद याममा लगाउने बालीनाली पानी नपरेका कारण सुक्न थालेका छन्। यसले उत्पादनमा कमी आउने भन्दै किसान चिन्तित छन्। नेपालमा दुई मौसमी प्रणालीले पानी पार्ने गर्दछ। गृष्मयाममा पूर्वबाट आएको मौसमी प्रणालीले पानी पार्दछ भने हिउँदमा पश्चिमी वायुले पानी पार्दछ। यसपालीको नेपालमा प्रवेश गरेको पश्चिमी वायुको आद्रता नै कम भएका कारण प्रणाली राम्रोसँग विकसित हुन नपाउँदै निष्क्रिय भएको मौसमविद्को भनाइ छ।हिउँदमा वर्षा गराउने पश्चिमी वायुको प्रभाव हो। अहिले पश्चिमी वायुको प्रभाव सामान्य भए पनि शक्तिशाली हुन नसक्दा वर्षा हुन सकेको छैन। हिउदे वर्षा नहुँदा गतवर्षभन्दा यो वर्ष तापक्रम केही बढ्ने पौडेलको भनाइ छ। मौसमविद् पौडेलले भन्नुभयो, ‘हिउँदे वर्षा नहुँदा यो वर्ष गतवर्षको तुलनामा तापक्रमको मात्रा केही बढी हुने देखिन्छ। यो महिनामा पनि गत वर्षको भन्दा बढी तापक्रम छ। काठमाडौं उपत्यकाको तापक्रम केही बढी हुने देखिन्छ।’ गत वर्ष माघ महिनामा काठमाडौं उपत्यकाको तापक्रम २३ डिग्री सेल्सियस मापन गरिएको थियो। तर अहिले तापक्रम २५ डिग्री सेल्सियस पुगेको छ ।देशका पहाडी तथा ताराई क्षेत्रको मौसममा केही बदली आए पनि तत्काल वर्षा हुने कुनै सम्भावना नरहेको उहाँको भनाइ छ। यस्तै हिमाली क्षेत्रमा पनि गतवर्षको भन्दा कम मात्रामा हिमपात भएको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो। गतवर्ष हिउँदे वर्षा मङ्सिर, पुस, माघ र फागुन महिनामा भएको थियो। नेपालमा हिउँदयाममा औषतमा ६० मिलिमिटर पानी पर्दछ। तर गतवर्ष औसतभन्दा बढी १०० मिलिमिटरसम्म पानी परेको थियो। तर यो वर्ष अहिलेसम्म जम्मा ७.९ मिलिमिटर मात्र पानी परेको छ। गतवर्ष हिमाली क्षेत्रमा औषतभन्दा बढी हिमपात भएको थियो। अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च हिमाली क्षेत्रमा मात्र हिमपात भएको छ। मौसमविद् मानन्धरका अनुसार माघ र फागुन नै सुख्खा हुने देखिएको छ। चैतबाट प्रि मनसुन सुरु हुने भएकाले त्यसपछि मात्र पानी पर्ने सम्भावना छ।
आधुनिक र व्यवस्थित सहर निर्माण गर्ने भन्दै सरकारले घोषणा गरेको १७ वटा स्मार्ट सिटीको योजनाले गति लिन सकेको छैन । सरकारले २०६७–६८ सालमा मध्यपहाडी लोकमार्गमा अवस्थित १० वटा सहरको छनौट गरी नयाँ सहर विस्तारको काम सुरु गरिएको थियो ।
काठमाडौं महानगरपालिकाले सञ्चालन गर्ने भनेको मोनोरेल अब सञ्चालनका लागि भौतिक संरचना नबन्ने भएको छ ।
आइतबार पोखरामा भएको यति एयरको विमान दुर्घटनापछि सरकारले ४५ दिनमा दुर्घटनाको प्रतिवेदन पेस गर्नेगरी समिति गठन गरेको छ । तर आठ महिनाअघि दुर्घटनामा परेको तारा एयरको जहाजको प्रतिवेदन अहिलेसम्म सार्वजनिक भएको छैन ।
काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको १८ मिनेटमै यति एयरलाइन्सको विमान दुर्घटनामा परेको छ ।
नेपालको प्रत्येक चाडका विशेषता आ–आफ्नै खालका रहेका छन् । सँगै चाडपर्वका खान्कीहरु पनि भिन्नाभिन्नै छन् । तिजमा दर, दशैं तथा तिहारमा माछा, मासु एवम् सेलरोटी खाने प्रचलन छ ।
सरकारले उखुको समर्थन मूल्य तोक्ने तयारी गरेको छ। उखुको क्रसिङ् सिजन सुरु भएसँगै सरकारले उखुको समर्थन मूल्य तोक्ने तयारी गरेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिनुभयो। सञ्जेलका अनुसार हरेक वर्ष सरकारले न्यूनतम समर्थन मूल्य तोक्दै आएको छ।
काठमाडौं महानगरले ६० प्रतिशत आर्थिक सहयोग गर्ने भएपछि काठमाडौं महानगरमा स्मार्ट स्ट्रिट लाइट (सडक बत्ती) जडान गरिने भएको छ ।
नेपालभित्र उत्पादन भएको चिनीको मात्राले स्वदेशको माग नधान्ने देखिएको छ । नेपालमा खपत हुने बार्षिक दुई लाख ८० हजार मेट्रिक टन चिनीमध्ये नेपालमा एक लाख २९ हजार मेट्रिक टन चिनी उत्पादन हुनेगरेको छ । हाल एक लाख ५१ हजार मेट्रिक टन चिनीको आयात गर्नुपर्ने देखिएको छ । नेपालमा उत्पादन भएको चिनीले नै नेपालको माग धान्न सक्ने अवस्था नभएपछि नेपालले बाहिरी देशबाट नै चिनी खरिद गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।
विभागका प्रवक्ता दुरपदा सापकोटाले पुस १७ गतेदेखि आएको प्राविधिक समस्या समाधानको दिशामा गइसकेको बताउनुभएको छ। प्राविधिक कारण राहदानी छपाइमा देखिएको समस्या बिहीबार आंशिक समाधान भएको उहाँको भनाइ छ।
नेपालको हवाई उड्डयन क्षेत्रबारे अडिट गर्न युरोपेली सङ्घ (ईयु)को टोली नेपाल आउने भएको छ।
सिंहदरबारभित्र रहेको पुरानो संसद् (ग्यालरी बैठक) भवन पुनर्निर्माण गरिने भएको छ । इतिहास बोकेको उक्त भवन पुनर्निर्माणका लागि सहरी विकास मन्त्रालय अन्तर्गतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयले चासो देखाएपछि सो भवन पुनर्निर्माण हुने भएको हो ।
पेट्रोलियम पदार्थको ढुवानी गर्ने ट्याङ्करको भाडा बढेको छ । नेपाल आयल निगमले पुस १ गतेबाट ८ देखि १० प्रतिशत भाडा समायोजन भएकाे हो ।
आगामी शैक्षिक सत्र २०८० देखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम अनुसार पठनपाठन हुनेभएको छ । पाठ्यक्रम परिवर्तनका लागि काम भइरहेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ ।