• ११ असार २०८१, मङ्गलबार

महानगरका सडकमा स्मार्ट स्ट्रिटलाइटको व्यवस्थापन गरिँदै

blog

काठमाडौं, पुस २३ गते । काठमाडौं महानगरले ६० प्रतिशत आर्थिक सहयोग गर्ने भएपछि काठमाडौं महानगरमा स्मार्ट स्ट्रिट लाइट (सडक बत्ती) जडान गरिने भएको छ । महानगरलाई झलमल बनाइ पर्यटकलाई आकर्षित गर्न र सडकबत्तीलाई आधुनिक प्रविधियुक्त बनाउन स्मार्ट स्ट्रिट लाइटको व्यवस्था गर्न लागिएको महानगरका प्रवक्ता नवीन मानन्धरले बताउनुभयो । 

ललितपुर महानगर र भक्तपुर जिल्ला स्मार्ट लाइटको व्यवस्था यसअघि नै लागू भएको थियो । ‘यी दुई जिल्लाको आधारमा काठमाडौं महानगरले पहिले देखि नै यसको प्रस्ताव अघि सारिएको थियो । अहिले मेयर नै सहमत भएपछि स्मार्ट लाइट राख्ने प्रक्रिया अघि बढेको हो’ उहाँले भन्नुभयो । 

सडक बत्तीका लागि नेपाल विद्युत प्राधिकरणसँग महानगरले सम्झौता गरेको छ । जसअनुसार महानगरपालिकाले ६० प्रतिशत लागत व्यहोर्ने छ । विद्युत प्राधिकरणले ४० प्रतिशत लागत व्यहोर्ने भएको छ । 

सडक बत्तीका लागि नेपाल विद्युत प्राधिकरणसँग महानगरले सम्झौता गरेको छ । जसअनुसार महानगरपालिकाले ६० प्रतिशत लागत व्यहोर्ने छ । विद्युत प्राधिकरणले ४० प्रतिशत लागत व्यहोर्ने भएको छ । 

सम्झौताअनुसार पहिले काठमाडौंं महानगरका मुख्य सडकमा स्मार्ट बत्ती जडान गरिनेछ । पछि यसको प्रभावकारिताको पहिचान गरी अन्य सहायक सडकमा पनि बिस्तारै आधुनिक स्मार्ट स्ट्रिट लाइट (सडक बत्ती) जडान गर्दैजाने लक्ष्य रहेको महानगरका प्रवक्ता मानन्धरले बताउनुभयो । 

उहाँले भन्नुभयो, “महानगर र विद्युत प्राधिकरणसँग भएको सहमतिका आधारमा पहिले महानगरका मुख्य सडकमा स्मार्ट सडक बत्तीको जडान हुनेछ । यसको प्रभावकारिताको आधारमा अन्य सहायक सडकमा पनि बिस्तारै जडान गर्दै लानेछौँ ।” 

यसअघि ललितपुर महानगरले पहिलो स्मार्ट स्ट्रिट लाइट जडानको पहिलो चरणको योजना पूरा गरेर दोस्रो चरणको काम सुरु गर्न लागेको छ । काठमाडौं महानगरले पनि ललितपुर महानगरले अपनाएको मोडेलअनुसार नै बत्तीहरू जडान गर्न लागेको हो । 

के छ प्रक्रिया

१२ करोड लागत अनुमान रहेको यस आयोजना आधुनिक प्रविधियुक्त सडक बत्ती हो । स्मार्ट आइटी सर्भरसँग लाइट कनेक्सन भएपछि यो बल्दछ । यो स्मार्ट स्ट्रिट लाइट डिभाइसको माध्यमबाट धेरै मानिसको समुहमा चम्किलो गरी बल्ने र कम मानिस भएको अवस्थामा मधुरो गरी बल्ने गर्दछ ।

प्रस्तावअनुसार लौनचौर–महाराजगञ्ज, माइतिघर–बागदरबार, बागदरबार–सितल निवास, एयरपोर्ट–गौशाला, चाबहिल–जोरपाटी, गौशला–कमलपोखरी सडकमा स्ट्रिटलाइट  जडान हुनेछ ।  

महानगर र नेपाल विद्युत प्राधिकरणको लगइन आइडीबाट मोबाइलमै पनि चहकिलो बल्ने र मधिरो बल्ने बनाउन सकिन्छ । यो लाइट सूर्य अस्ताएपछि आफै बल्दछ भने बिहान सूर्योदय भएपछि आफै बल्न छाड्दछ । साँझ ६ बजेदेखि राति १२ बजेसम्म मान्छेको आवत–जावत बढी हुने भएकाले यो समयमा बत्ती चम्किलो बनाउने विद्युत प्राधिकरणको योजना रहेको छ । 

त्यसपछि बिहानको ३ बजेसम्म बत्तीलाई मधुरो बनाउने प्राधिकरणको योजना छ । स्मार्ट स्ट्रिट लाइट जडानका लागि बीचमा फिडर क्याबिनेटहरू रहने छन् । एक क्याबिनेटबाट ६० वटा बत्तीहरू बाल्न सकिन्छ । क्याबिनेटभित्र सिमकार्डको पनि प्रयोग गरिएको हुन्छ । 

कुनै बत्ती बिग्रिएमा सिमकार्डको माध्यमबाट तत्काल मोबाइलमा नोटिफिकेसन आउने भएकाले मर्मत गर्न पनि सजिलो हुने प्राधिकरणका अधिकारीको भनाइ छ ।

काठमाडौं महानगरले गरेको लगानीको प्रस्तावअनुसार लैनचौर–महाराजगन्ज, माइतिघर–बागदरबार, बागदरबार–सितल निवास, एयरपोर्ट–गौशाला, चाबहिल–जोरपाटी, गौशाला–कमलपोखरी सडकमा स्ट्रिटलाइट  जडान हुनेछ । 

प्राधिकरणबाट जडान हुने सडक बत्ती अन्तर्गत एयरपोर्ट–तीनकुने, तीनकुने–माइतिघर, माइतिघर–कलङ्की, त्रिपुरेश्वर–लैनचौर, गौशाला–चाबहिल र टुँडीखेल वरिपरि जडान हुनेछ ।

कुनै बत्ती बिग्रिएमा सिमकार्डको माध्यमबाट तत्काल मोबाइलमा नोटिफिकेसन आउने भएकाले मर्मत गर्न पनि सजिलो हुने प्राधिकरणका अधिकारीको भनाइ छ । 

सोलार बत्ती व्यवस्थापन गरिने 

नेपाल विद्युत प्राधिकरणले यसअघि महानगरका मुख्य सडकहरूमा जडान गरिएको सोलार बत्तीहरू पूर्ण क्षमतामा बलेका छैनन् । धुलो धुवाँका कारणले बल्न छाडेको  र ब्याट्रीहरू पनि बिग्रिएका कारणले यी बत्तीहरू पूर्णरुपमा हटाउने योजना विद्युत प्राधिकरणको छ । प्राधिकरणका उपप्रवन्धक प्रमोद रिजालका अनुसार यी सोलार बत्तीहरूको व्यवस्थापनमा प्राधिकरण लागेको उहाँको भनाइ छ । 

‘पुराना भएका सोलार बत्तीहरू पूर्ण क्षमतामा बल्न छाडेको र अब आधुनिक बत्तीहरू जडानका लागि अन्य पोलहरू राख्नुपर्ने देखिएकाले सोलार प्यानलहरूलाई हटाई यही पोलमा स्मार्ट स्ट्रिट लाइटको जडान गर्ने योजना बनाइएको छ’ उहाँले भन्नुभयो । सोलार प्यानल र ब्याट्रीलाई अन्य सहायक बाटाहरूमा प्रयोग गर्ने विषयमा प्राधिकरण छलफल जारी रहेको उहाँको भनाइ छ ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।