उत्तरी नाका चीनबाट नेपाल भित्रिने कन्टेनरहरुको संख्या बढ्दै गएको छ । लामो समयसम्म बन्द रहेको चीनसँगको नाका असोज १ गतेबाट सुचारु भएपछि रसुवागढी नाकाबाट मात्र १५८ वटा कन्टेनरहरु नेपाल भित्रिएका छन् । रसुवागढी भन्सार कार्यालयका प्रमुख नारायणप्रसाद भण्डारीका अनुसार १५८ वटा कन्टेनरहरुमध्ये १२९ वटा तयारी पोसाक तथा कमर्सिएल सामग्री बोकेका कन्टेनरहरु रहेका छन् ।
उत्तरी नाका चीनबाट नेपाल भित्रिने कन्टेनरहरूको सङ्ख्या बढ्दै गएको छ लामो समयसम्म बन्द रहेको चीनसँगको नाका असोज १ गतेबाट सुचारु भएपछि रसुवागढी नाकाबाट १५८ वटा कन्टेनरहरू नेपाल भित्रिएका छन् ।
नजिकिँदै गरेको दशैँका लागि उपत्यकामा करिब ७० हजार खसी,बोका आवश्यक पर्ने अनुमान गरिएको छ ।
असोज १ गतेदेखि सुरु भएको सुपथ मूल्य पसलमा सात रुपिँयादेखि ६० रुपियाँसम्म छुट पाइने भएको छ । दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।
चिनियाँ कम्पनीको अनुपस्थितिमा सरकारले चक्रपथ बिस्तार आयोजनाको दोस्रो चरणको काम अघि बढाएको छ । दोस्रो चरणको सडक विस्तारमा चिनियाँ पक्षको आनाकानीका कारण विस्तारले भने अझै गति लिन सकेको छैन ।
लामो समयसम्म भुक्तानी हुन नसकेको कोरोना बीमा भुक्तानीका लागि सरकारले एक अर्ब रुपियाँ निकासा गर्ने भएको छ । गतसाता बसेको मन्त्रिपरिषद् बैठकले एक अर्ब निकासा गर्ने निर्णय गरेको अर्थ मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताउनुभयो ।
काठमाडौं,भदौ २८ गते । नेपालमा आयात गरिने विभिन्न वस्तुमा पतित पत्र (एलसी) जारी भएपछि वैदेशिक व्यापारमा असर परेको गुनासो व्यापारीले गरेका छन्। नेपाल राजश्व परामर्श समितिले मंगलबार आयोजना गरेको वैदेशिक व्यापार सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै व्यापारीले गुनासो गरेका हुन्। अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै समुद्रपार निकासी तथा पैठारी सङ्घका अध्यक्ष विनोदकुमार सिठियाले राष्ट्र बैङ्कले केही आयातका वस्तुमा जारी गरेको एलसीका कारण समस्या भएको बताउनुभयो।एलसीले वैदेशिक व्यापारमा दुई नम्बरी धन्दा फस्टाएको भन्दै उहाँले यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो,‘एलसी जारी भएपछि देशमा दुई नम्बरी व्यापार फस्टाएको छ। सरकारले यो विषयमा सोच्नुपर्छ।’साथै सिठियाले विभिन्न आयातित वस्तुको भन्सार शुल्क कम गर्नुपर्ने बताउनुभयो। वैदेशिक व्यापारको सिलसिलामा चीनसँगको नाका सन् २०१५ देखि अहिलेसम्म सहज नभएको उहाँको तर्क छ। उहाँले भन्नुभयो, ‘सन् २०१५ मा आएको भूकम्पपश्चात् चीनसँगका नाका सहज भएका छैनन्। राजस्व बढाउनका लागि सरकारले सीमा नाका खोल्न पहल गर्नुपर्छ।’अन्तरक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्नुहुँदै सदस्य सचिव भूमिराज शर्माले राजस्व सम्बन्धी अध्ययन, अनुसन्धान र विश्लेषण गरी राय सुझाव सङ्कलन गर्ने बताउनुभयो।समितिले राष्ट्रिय आर्थिक नीतिको आधारमा उपयुक्त र व्यवहारिक कर प्रणालीको विकास गर्न सरकारलाई सुझाव दिने उहाँले बताउनुभयो। यस्तै लगानीमैत्री व्यवसायमैत्री कर नीतिको विकास तथा राजस्व सम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन र राजस्व सङ्गठन संरचनामा गर्नुपर्ने सुधारका बारेमा पनि सुझाव प्रदान गर्ने छ।नेपाल राजश्व परामर्श समिति अध्यक्ष महेशप्रसाद दाहालले अन्तरक्रिया कार्यक्रममा उठेका रायलाई समितिले छनौट गरेर सरकारलाई प्रतिवेदन बुझाउने बताउनुभयो। प्रत्येक वर्ष समितिले राजस्व नीति र कर सुधार सम्बन्धी प्रतिवेदन हस्तान्तरण गर्दै आएको छ। आर्थिक वर्ष २०७९÷८० मा सरकारलाई हस्तान्तरण गरेको प्रतिवेदनको करिब ६० प्रतिशत राजस्व नीति र कर सुधार सम्बन्धी बुँदा समावेश भएको बताउनुभयो। प्रदेश स्तरमा समितिले छलफल चलाउने छ। आगामी आर्थिक वर्षका लागि समितिले चैत्र मसान्तभित्र प्रतिवेदन पेस गर्ने तयारी गरेको छ। समितिले राजस्वका नयाँ क्षेत्र खोज्ने दाहालको भनाइ छ। चीनसँगको नाका दशैंअघि खुल्छ भन्सार विभागका निर्देशक एवम् उपसचिव मणिराम पौडेलले चीनसँगको रसुवागढी तथा तातोपानी भन्सार नाका दशैंअघि खुल्ने बताउनुभयो। परराष्ट्र मन्त्रालयमा यस विषयमा भएको छलफलमा पनि चीनसँग वार्ता गर्ने र नाका खोल्ने सहमति भएको उहाँको भनाइ छ। चीनले शून्य कोभिड नीति अवलम्बन गरेको र नेपालको स्वास्थ्य मापदण्ड चीनको भन्दा खुकुलो भएकाले चीनले नाका सुचारु गर्न आनाकानी गरेको उहाँको भनाइ छ।
खाद्य व्यापार तथा कम्पनी लिमिटेडले दशैका लागि खसी,बोका तथा च्याङ्ग्रा खरिदका लागि गृहकार्य थालेको जनाएको छ ।
मन्त्रालय सम्हालेको पाँच महिना पुगेको अवसरमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडुले प्रगति विवरण सार्वजनिक गर्नुभएको छ । मन्त्रालयमा विहीबार पत्रकार सम्मेल गरी उहाँले पाँच महिनाको प्रगति विवरण सुनाउनुभएको हो ।
काठमाडौं उपत्यका विकास प्राधिकरणले उपत्यकामा टुक्रे विकास आयोजनामा केन्द्रित भएर काम गरिरहेको छ । प्राधिकरणले उपत्यकाभित्र रहेका २०० देखि ३०० मिटर लम्बाइ भएका सडकको विस्तार तथा ६ मिटर चौडाइ भएका सडक आयोजनाको विस्तार तथा मर्मत सम्भार गरिरहेको प्राधिकरणका सूचना अधिकारी सौरभ ढकालले बताउनुभयो ।
बुधबार यातायात व्यवस्था विभागमा भएको छलफलका क्रममा असोज १ गतेदेखि बुकिङ खोल्ने निर्णय भएको नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिनुभयो।
चाडपर्व नजिकिएसँगै अहिले पनि सरकारी निकाय साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडसँग चिनीको मौज्दात सकिएपछि १० हजार टन चिनी खरिद प्रक्रिया अघि बढाएको छ । दशैंको मुखमा चिनीको भाउ बढ्ने डर उपभोक्तामा भए पनि कर्पोरेशनले खरिद गर्ने भएपछि उपभोक्तामा राहत हुने देखिएको छ ।
दोस्रो पटक थपिएको म्याद सकिन अब चार महिना मात्र बाँकी रहदा धराहरा पुनर्निमाणको काम सम्पन्न नहुने देखिएको छ ।
सरकारले आधुनिक र व्यवस्थित सहरीकरण गर्न भन्दै देशभर ५४ वटा नयाँ सहर घोषणा गरे पनि अहिलेसम्म कामको प्रगति अघि बढ्न सकेको छैन । २०६७–६८ मा मध्यपहाडी लोकमार्गमा अबस्थित १० वटा सहरहरूको छनोट गरी नयाँ सहरको रूपमा विकास गर्न थालिएको थियो । त्यसछि भेरीगङ्गा र भेरी थपिएपछि १२ वटा सहर पुगे ।
काठमाडौं १४ कलंकीमा रहेको खसीबजार हटाउन महानगरले जारी गरेको सूचनाको व्यावसायीले बिरोध गरेका छन् । महानगरले बिना कुनै जानकारी अचानक खसीबजार हटाउन जारी गरेको सूचना पूर्वाग्रही भएको काठमाडौं चौपाया खरिद बिक्री प्रालि.का अध्यक्ष जनककुमार खड्काले बताउनुभयो ।