• १२ असार २०८१, बुधबार

चिनियाँ कम्पनीको अनुपस्थितिमै चक्रपथ विस्तारको काम सुरु

blog

फाइल तस्बिर

विष्णु पाण्डेय

काठमाडौं, असोज २ गते । चिनियाँ कम्पनीको अनुपस्थितिमा सरकारले चक्रपथ विस्तार आयोजनाको दोस्रो चरणको काम अघि बढाएको छ । दोस्रो चरणको सडक विस्तारमा चिनियाँ पक्षको आनाकानीका कारण विस्तारले भने अझै गति लिन सकेको छैन ।

चिनियाँ कम्पनीले निर्माणको जिम्मा पाएको दोस्रो खण्ड अन्तर्गतबीचको ५० मिटर छाडेर त्यसको दायाँ बायाँ ६–६ मिटर सरकारले सडक विस्तार गरेको छ । चक्रपथ सडक विस्तार आयोजना प्रमुख सजना अधिकारीका अनुसार चिनियाँ कम्पनीले जिम्मा पाएको बाहेकको दायाँ बायाँ सडक विस्तार गरिएको हो । अब चिनियाँ कम्पनीलाई ५० मिटरको सडक विस्तार गर्न  सहजता हुने उहाँले बताउनुभयो । 

चक्रपथ सडक विस्तार आयोजना प्रमुख सजना अधिकारीका अनुसार चिनियाँ कम्पनीले जिम्मा पाएको बाहेकको दायाँ बायाँ सडक विस्तार गरिएको हो ।

उहाँले भन्नुभयो, ‘चिनियाँ कम्पनीले विस्तार गर्नुपर्ने ५० मिटर बाहेकको दायाँ बायाँ ६–६ मिटर सडक विस्तार गरिएको छ । पहिले चिनियाँ कम्पनीले साइट क्लियर नभएको भनेर काम गरेको थिएन । तर अहिले साइट क्लियर भएको छ । चिनियाँ कम्पनी आएर काम गर्दा कुनै समस्या हुँदैन ।’

अहिले चिनियाँ कम्पनी आएर काम अघि बढाउँदा काम सुचारु गर्न कुनै कठिनाइ नहुने उहाँको भनाइ छ । चीन सरकारको अनुदान सहयोगमा बन्न लागेको यो कामको जिम्मा पनि चिनियाँ कम्पनीले नै पाएको छ । यसअघि पहिलो चरणको विस्तार आयोजना पनि चीन आफैँले गरेको थियो । जसअन्तर्गत कोटेश्वर–कलङ्कीसम्म १० किलोमिटर सडक विस्तार गरिएको थियो ।

यसअघि चिनियाँ टोलि आई सर्वेक्षण गर्दा १०० प्रतिशत साइट क्लियर नभएसम्म निर्माणको काम सुरु नगर्ने जनाएको थियो । तर साइट क्लिएर भएको १० महिना भए पनि चिनियाँ टोली काम गर्न नआएको चक्रपथ सडक विस्तार आयोजनाका प्रमुख सजना अधिकारीले बताउनुभयो ।

चिनियाँ पक्षको अनुपस्थितिमा नेपाल सरकारले नै विस्तारको प्रक्रिया अघि बढाएको छ । कलङ्की–बसुन्धरासम्मको ८.२ किलोमिटरमा ठेक्का लागेर काम भइरहेको छ ।

उहाँले भन्नुभयो, ‘पहिले साइट क्लियर नभएको भन्दै चिनियाँ टोली फर्किएको थियो । तर क्लियर भएको १० महिना बितिसकेको छ । चिनियाँ टोली अझै काम गर्न आएको छैन ।’  उहाँका अनुसार काम अघि बढाउन भन्दै चिनियाँ टोली गत साल मङ्सिरमा साइट भिजिट गर्न नेपाल आएको थियो ।चिनियाँ पक्षको अनुपस्थितिमा नेपाल सरकारले नै विस्तारको प्रक्रिया अघि बढाएको छ । कलङ्की–वसुन्धरासम्मको ८.२ किलोमिटरमा ठेक्का लागेर काम भइरहेको छ । १६–१७ वटा निर्माण कम्पनीले काम गरेको प्रमुख अधिकारीको भनाई छ । यो काम सम्पन्न भएपश्चात् नै बसुन्धारादेखि धोबिखोलासम्म २ किलोमिटरमा काम थाल्ने उहाँको भनाई छ । 

यस्तै कलङ्की–वसुन्धराका लागि तीनवटा आकासे पुलको निर्माण कार्य जारी रहेको छ । यस्तै आयोजना निर्माणकै क्रममा रहेकाले अन्य आकासे पुल पनि थपिन सक्ने उहाँको भनाई छ । उहाँले भन्नुभयो, ‘आयोजना विस्तारकै क्रममा रहेकाले अहिले तीन वटा आकासे पुलको निर्माण कार्य अघि बढेको छ । तर अन्य पनि पुलहरु आवश्यक पर्ने भए थप्दै जानेछौँ । यस बारेमा अध्ययन भइरहेको छ ।’ 

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।