• १२ असार २०८१, बुधबार

कोरोना बीमाका लागि एक अर्ब रुपियाँ निकासा, मापदण्ड बनाएर वितरण हुने

blog

फाइल तस्बिर

काठमाडौं, भदौ ३१ गते । लामो समयसम्म भुक्तानी हुन नसकेको कोरोना बीमा भुक्तानीका लागि सरकारले एक अर्ब रुपियाँ निकासा गर्ने भएको छ । गतसाता बसेको मन्त्रिपरिषद् बैठकले एक अर्ब निकासा गर्ने निर्णय गरेको अर्थ मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताउनुभयो । 

मन्त्रिपरिषद्को निर्णयका आधारमा अर्थमन्त्रालयले सोमवारसम्म बीमा समितिलाई एक अर्ब निकासा गर्न प्रक्रिया सुरु गरेको उहाँको भनाई छ । 

मन्त्रालयका प्रवक्ता काफ्लेका अनुसार मन्त्रालयमा निकासाको गृहकार्य चलिरहेकाले आइतवार–सोमबारसम्म बीमा समितिका लागि एक अर्ब निकासा हुनेछ । रकम  निकासा भएपछि कुन मापदण्डका आधारमा वितरण गर्ने बीमा समितिले नै निर्णय गर्नसक्ने उहाँले बताउनुभयो ।न्त्रालयमा निकासाको गृहकार्य चलिरहेकाले आइतवार–सोमबारसम्म बीमा समितिका लागि एक अर्ब निकासा हुनेछ । रकम  निकासा भएपछि कुन मापदण्डका आधारमा वितरण गर्ने बीमा समितिले नै निर्णय गर्नसक्ने उहाँले बताउनुभयो ।  

निकासा भएपछि कुन मापदण्ड बनाएर बीमा भुक्तानी दिने भन्ने बीमा समितिले नै निर्णय गर्नेछ ।

उहाँले भन्नुभयो, ‘सोमबारसम्म बीमा समितिलाई एक अर्ब निकासा दिने विषयमा अर्थ मन्त्रालयमा प्रक्रिया जारी छ । निकासा भएपछि कुन मापदण्ड बनाएर बीमा भुक्तानी दिने भन्ने बीमा समितिले नै निर्णय गर्नेछ ।’ 

सरकारले दाबी भुक्तानी गर्ने प्रतिबद्धता जनाए पनि डेढ वर्षदेखि भुक्तानी नभएर रोकिएको बीमा बापतको रकम वितरणको काम रोकिएको छ । मन्त्रिपरिषद्को निर्णयसँगै सरकारले कोरोना बीमाको दाबी स्वीकार गरेको छ ।

१७ लाख ५८ हजार ३४३ जनाले कोरोना बीमा गरेकोमा १ लाख ६५ हजार ५९ बीमितले १५ अर्ब ८२ करोड २१ लाख ७१ हजार ५५४ रुपियाँ बराबरको दाबी परेको थियो । जसमध्ये बीमा कम्पनी, पुनर्बीमा कम्पनी र बीमा समिति समेतबाट ३ अर्ब ५० करोड रुपियाँ दाबी भुक्तानी भएको छ । 

१२ अर्ब ३२ करोड रुपियाँभन्दा बढी दाबी भुक्तानी बाँकी छ । साढे ३ अर्बभन्दा बढीको दायित्व सरकारले लिनेगरी कोरोना बीमा गरिएको थियो । जसअनुसार १२ अर्बभन्दा बढीको कोरोना बीमाको दायित्व स्वीकार गर्दै सरकारले १ अर्ब निकासा दिने निर्णय गरेको छ । काफ्लेका अनुसार कोरोना बीमाबापत भुक्तानी गर्नुपर्ने बाँकी रकम कहिले निकासा हुन्छ भन्ने यकिन  छैन ।

उहाँले भन्नुभयो, ‘धेरै व्यक्तिले कोरोना बीमाबापतको दाबी रकम भुक्तानी हुँदैन कि भन्ने थियो । तर सरकारले एक अर्ब निकासा गरेर दायित्व स्वीकारेको जनाएको हो । अब बिस्तारै निकासा हुँदै जाला ।’  

बीमा समितिले सो रकम प्राप्त भएपछि प्राथमिकता हेरेर दाबी भुक्तानी हुने जनाएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले सरकारले एक अर्ब निकासा गर्ने कुरा सकारात्मक भए पनि मापदण्ड बनाएर वितरण गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘कोरोना बीमा बापतको एक अर्ब रुपियाँ निकासा गर्ने बुझिएको छ । समितिलाई निकासा आएपछि कसले पहिले पाउने भन्ने प्राथमिकताका आधारमा मापदण्ड बनाएर वितरण गर्नुपर्छ ।’

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले सरकारले एक अर्ब निकासा गर्ने कुरा सकारात्मक भए पनि मापदण्ड बनाएर वितरण गर्नुपर्ने बताउनुभयो ।

बीमा भुक्तानीका लागि एक अर्ब निकासा भएपछि सबै बीमितले भुक्तानी पाउनुपर्ने दाबी गर्ने भएकाले एक अर्ब मापदण्ड बनाएर वितरण गर्नुपर्ने उहाँको भनाई छ । सरकारले एक अर्ब रुपियाँ बेहोर्ने भएपछि बीमा कम्पनी, पुनर्बीमा कम्पनी तथा बीमा समितिले पनि केही रकम थप्नसक्ने सम्भावना रहेको उहाँले सुनाउनुभयो । 

उहाँले भन्नुभयो, ‘सरकारले एक अर्ब निकासा गर्ने भएपछि बीमा कम्पनी, पुनर्बीमा कम्पनीले पनि केही रकम थप गरेर भुक्तानी सुरु हुन्छ । तर कति थप्ने भन्ने कुरा छलफलपछि मात्र निर्णय हुन्छ ।’ 

कोरोना बीमा गरेको डेढ वर्ष बित्दा पनि कोरोना बीमा गरेका व्यक्तिहरूले भुक्तानी पाउन सकेका छैनन् । गत सालको असार मसान्तबाट कोरोना बीमा बन्द भएको थियो ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।