जनक शिक्षा सामग्री केन्द्रमा पाठ्यपुस्तकको माग अझै घटेको छैन । देशका विभिन्न ठाउँबाट पुस्तकको अभाव भएको भन्दै विभिन्न्न विद्यालयबाट पुस्तकको माग आउनेगरेको जनक शिक्षा सामग्री केन्द्रका सूचना अधिकारी चित्रबहादुर आचार्यले बताउनुभयो । अबको १० दिनमा सबै पाठ्यपुस्तक छापिसक्ने केन्द्रले जनाएको छ ।
सरकारले बुधबारबाट ४० माइक्रोनभन्दा पातलो झोलाको उत्पादन, आयात, वितरण र प्रयोग गर्न पूर्ण प्रतिबन्ध लगाएको छ । वातावरण विभागले ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोला उत्पादन गरे वा नगरेको बुधबारबाटै उत्पादन गर्ने उद्योगको अनुगमन सुरु गरेको जनाएको छ ।
काठमाडौं र पोखरालाई जोड्ने पृथ्वीराजमार्ग अन्तर्गत पर्ने मुग्लिन–पोखरा सडक विस्तारको कामले गति लिन सकेको छैन । काम सुरु भएको झण्डै एक वर्ष पुग्न लागे पनि ४.५ प्रतिशत मात्र काम सम्पन्न भएको देखिएको छ । ८२ किलोमिटर लामो यस सडकलाई दुई खण्डमा विभाजन गरी काम भइरहेको छ ।
राजधानी नजिक बन्दैगरेको महत्वाकांक्षी सुरुङमार्गका रुपमा रहेको नागढुंगा सुरुङमार्गको ६० प्रतिशत काम सम्पन्न भएको छ ।
वैदेशिक रोजगारीको खोजीमा पछिल्लो समय संयुक्त अधिराज्य (यूके) मा मौसमी रोजगारी (सिजनल वर्कर) मा जानेको संख्या बढ्दो छ । १० महिनाअघि युकेले सिजनल वर्करका लागि भिसा जारी गरेपछि नेपाली युवाहरु रोजगारीको खोजीमा युके पुग्ने गरेका छन् ।
पुँजीगत खर्च वृद्धि गर्न संघ, प्रदेश तथा स्थानीय तहका सरकारको समन्वय आवश्यक रहेको विज्ञहरुले बताउनुभएको छ । शुक्रबार प्रोग्रेसिभ ईन्जिनियर्स एसोसियसन नेपाल (पिन) ले आयोजना गरेको ‘पुँजीगत खर्च र राष्ट्रिय अर्थतन्त्रमा यसको प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले यस्तो बताउनुभएको हो ।
भारत सरकारसँग सरकारी स्तर (जीटूजी) सम्झौता भए पनि उचित मूल्य तय भएमात्रै नेपालले रासायनिक मल खरिद गर्ने भएको छ । उचित मूल्य तय नहुँदा कहिलेबाट रासायनिक मल ल्याउने भन्ने विषय अन्योलमै रहेको छ ।
विश्व बैँकको १ अर्ब ५४ करोड रुपियाँको सहयोगमा निर्माण गरिएको उक्त बन्दरगाहमा भन्सार जाँचपासका लागि मालबाहक गाडीको चाप छैन।
यो वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईमा २२ हजार बढी परीक्षामा विद्यार्थी अनुपस्थित भएका छन्। राष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेको परीक्षाफल अनुसार २२ हजार ६४० जनाले परीक्षा नै नदिएको देखिएको छ।
काठमाडौं,साउन ११ गते। राष्ट्रिय परिक्षा बोर्डले माध्यमिक शिक्षा परिक्षा एसईईको नतिजा बुधबार सार्वजनिक भएको छ। एसईईमा ३ दशमलव ६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या नौ हजार ६३३ रहेको छ।चार लाख ९५ हजार ७५१ जना विद्यार्थी सहभागी रहेको परीक्षा बोर्डले जनाएको छ। कोभिड १९ महामारीका कारण दुई वर्षपछि विद्यार्थीले परीक्षा दिएका थिए।परीक्षामा २२ हजार ६४० जना अनुपस्थित भएको देखिएको छ। जुन कुल सहभागीको ४ दशमलव ५७ प्रतिशत हो। परीक्षा बोर्डले आठ वटा ग्रेड विभाजन गरेर नतिजा प्रकाशन गरेको छ। कुन प्रदेशमा कति उत्तीर्ण ?सबैभन्दा बढी बागमती प्रदेशमा विद्यार्थी उत्तीर्ण भएका छन्। बागमती प्रदेशमा एक लाख सात हजार ४२५ जना उत्तीर्ण भएका छन्। यो कुन उत्तीर्णको २१.६७ प्रतिशत हो। त्यसपछि लुम्बिनी प्रदेशमा धेरै विद्यार्थी उत्तीर्ण भएका छन्। यस प्रदेशमा ८६ हजार ४८७ उत्तीर्ण भएका छन् । जुन कुल उत्तीर्णको १७.४५ प्रतिशत हो। तेस्रो नम्बरमा प्रदेश नम्बर १ मा ८४ हजार ४९१ विद्यार्थी उत्तीर्ण भएका छन्। जुन कुल उत्तीर्णको १७.०४ प्रतिशत हो। चौंथो नम्बरमा मधेश प्रदेशमा ७६ हजार ८४७ जना विद्यार्थी उत्तीर्ण भएका छन्। यो कुल उत्तीर्णको १५.५ प्रतिशत हो। पाँचौ नम्बरमा सुदूरपश्चिममा ५७ हजार १० विद्यार्थी उत्तीर्ण भएका छन् यो कुल उत्तीर्ण संख्याको ११.५ प्रतिशत हो। छैठौं नम्बरमा गण्डकी प्रदेशमा ४६ हजार १२९ जना विद्यार्थी उत्तीर्ण भएक छन्। जुन कुल उत्तीर्णको ९.३० प्रतिशत हो। सबैभन्दा कम कर्णाली प्रदेशमा ३७ हजार ३६२ जना उत्तीर्ण भएका छन्। जुन कुल उत्तीर्णको ७.५३ प्रतिशत हो।
नेपालमा आयातित बस्तुको सबैभन्दा बढी हिस्सा भारतको रहेको देखिएको छ । कुल १६४ देशबाट भएको आयातमध्ये भारतको हिस्सा सबैभन्दा बढी रहेको देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको आव २०७८–७९ को तथ्यांकअनुसार कुल आयातित १९ खर्व २० अर्व ४४ करोड रुपियाँको वस्तुमध्ये भारतबाट मात्र १२ खर्व १५ करोडको बस्तु आयात भएको देखिएको छ । यो कुल आयातको ६२.५० प्रतिशत हो ।
उद्योग क्षेत्रमा लगानी वृद्धि भएको छ । आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्मको अवधिमा स्वदेशी र विदेशी लगानीकर्तामार्फत कुल ३ खर्ब ४३ अर्ब लगानी प्रतिवद्धता आएको छ ।
विगत दश वर्षदेखि प्राथमिकताकासाथ कार्य हुँदैआएका राष्ट्रिय गौरवका आयोजनामध्ये माथिल्लो तामाकोशी जलविद्युत आयोजना बाहेक अन्य आयोजना सम्पन्न हुन सकेका छैनन् । २४ वटा आयोजनामध्ये माथिल्लो तामाकोशी बाहेक अन्य आयोजनाहरु सम्पन्न हुन नसकेको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९ औँँ प्रतिवेदनमा उल्लेख छ ।
कोरोना महामारी कम हुँदै गएको विदेशी पर्यटक भित्र्नेक्रम बढ्दै गएको, उत्पादन र उत्पादकत्व बढ्दै गएको तथा वैदेशिक रोजगार लयमा फर्केकाले आर्थिक वुद्धि औषतभन्दा बढी हुने अनुमान रहेको उहाँले सुनाउनुभयो ।
नेपाल राष्ट्र बैंकले कर्जा विस्तारमा कडाइ गरेको छ ।