• १२ असार २०८१, बुधबार

कुल आयातको ६२.५ प्रतिशत आयात भारतबाट

blog

फाइल तस्विर

काठमाडौं, साउन ९ गते । नेपालमा आयातित बस्तुको सबैभन्दा बढी हिस्सा भारतको रहेको देखिएको छ । कुल १६४ देशबाट भएको आयातमध्ये भारतको हिस्सा सबैभन्दा बढी रहेको देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको आव २०७८–७९ को तथ्यांकअनुसार कुल आयातित १९ खर्ब २० अर्ब ४४ करोड रुपियाँको वस्तुमध्ये भारतबाट मात्र १२ खर्व १५ करोडको बस्तु आयात भएको देखिएको छ । यो कुल आयातको ६२.५० प्रतिशत हो ।

यस्तै, भारतमा १ खर्ब ५५ अर्ब २२ करोडको वस्तु निर्यात भएको देखिएको छ । यसअर्थमा आ.व. २०७८–७९ मा मात्र नेपालको भारतसँग व्यापार घाटा १० खर्व ४४ अर्ब ९३ करोड रहेको देखिएको छ । 

यस्तै, भारतपछि आयात बढी गरिने देशमा चीन रहेको छ । जहाँबाट २ खर्ब ६४ अर्ब ७८ करोडको वस्तु आयात भएको छ । चीनमा ८० करोड ८७ लाख ५४ करोडको वस्तु निर्यात भएको छ । चीनसँग नेपालको गत आवमा व्यापार घाटा २ खर्ब ६३ अर्ब ९७ करोड रहेको थियो । चीनपछि सबैभन्दा बढी अमेरीकाबाट धेरै सामान आयात भएको छ । 

कुल आयातित १९ खर्ब २० अर्ब ४४ करोड रुपियाँको वस्तुमध्ये भारतबाट मात्र १२ खर्व १५ करोडको बस्तु आयात भएको देखिएको छ । यो कुल आयातको ६२.५० प्रतिशत हो ।

अमेरीकाबाट ५० अर्ब ५ करोडको बस्तु आयात भएको छ । अमेरीकामा १७ अर्ब ९९ करोडको बस्तु निर्यात भएको छ । गत आवमा अमेरिकासँग नेपालको व्यापार घाटा ३२ अर्ब ५ करोड रहेको छ । 

यस्तै नेपालले निर्यात गर्ने चौथो ठूलो देश अर्जेन्टिना रहेको छ । त्यहाँबाट ३९ अर्ब ६५ करोडको वस्तु आयात भएको छ  । १४ लाख ५७ हजारको वस्तु निर्यात भएको छ । गत आवमा अर्जेन्टिनासँग नेपालको व्यापार घाटा ३९ अर्ब ६५ करोड रुपियाँको रहेको थियो ।

सोहीअनुसार नेपालमा आयात हुने पाँचौ ठूलो देशमा अस्ट्रेलिया रहेको छ । अस्ट्रेलियाबाट २४ अर्ब ५० करोडको बस्तु आयात भएको छ  । १ अर्ब १६ करोडको वस्तु निर्यात भएको छ । सो देशसँग नेपालको गत आवमा व्यापार घाटा २३ अर्ब ३४ करोड रहेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।