• १२ असार २०८१, बुधबार

मौद्रिक नीति : कर्जा विस्तारमा अंकुश (पूर्णपाठसहित)

blog

काठमाडौं, साउन ६ गते । नेपाल राष्ट्र बैंकले कर्जा विस्तारमा कडाइ गरेको छ ।

चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यस वर्ष निजी क्षेत्रमा १२.६० प्रतिशत मात्र कर्जा विस्तार गर्ने लक्ष्य राखिएको जानकारी दिनुभएको छ।

गत वर्ष राष्ट्र बैंकले निजी क्षेत्रमा १९ प्रतिशत कर्जा विस्तारको लक्ष्य राखेको थियो। तरलता अभावका कारण लक्ष्यको करिब १२ प्रतिशत मात्र कर्जा विस्तार भएको थियो ।

यस्तै साना तथा मझौला उद्योगमा कर्जा प्रवाहलाई विस्तार गर्ने विषयलाई मौद्रिक नीतिमा समेटिएको छ। 

कोरोना महामारीको समयमा दिएको सुविधा कटौती गर्दै राष्ट्र बैंकले अतिआवश्यकलाई मात्र पुनःकर्जा दिने लक्ष्य मौद्रिक नीतिले लिएको छ । मौद्रिक नीतिमा साना, लघु क्षेत्रमा कर्जालाई केन्द्रित गरिएको छ ।  

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।