• १२ असार २०८१, बुधबार

रसुवागढी नाकामा रोकिएका सबै कन्टेनर नेपाल भित्रिए

blog

फाइल तस्बिर

काठमाडौं, असोज १० गते । उत्तरी नाका चीनबाट नेपाल भित्रिने कन्टेनरहरूको सङ्ख्या बढ्दै गएको छ । लामो समयसम्म बन्द रहेको चीनसँगको नाका असोज १ गतेबाट सुचारु भएपछि रसुवागढी नाकाबाट मात्र १५८ वटा कन्टेनरहरू नेपाल भित्रिएका छन् । रसुवागढी भन्सार कार्यालयका प्रमुख नारायणप्रसाद भण्डारीका अनुसार १५८ वटा कन्टेनरहरूमध्ये १२९ वटा तयारी पोसाक तथा कमर्सियल सामग्री बोकेका कन्टेनरहरू रहेका छन् ।

यस्तै, ३५ वटा जलविद्युत तथा सिमेन्टजन्य बस्तु बोकेका कन्टेनरहरू रहेका छन् । चार वटा ओखर बोकेका कन्टेनरहरू रहेको भण्डारीले बताउनुभयो । रसुवागढी नाकाबाट नेपाल भित्रिएका चिनियाँ सामग्रीलाई छिटोभन्दा छिटो काठमाडौं पठाउन भन्सार परीक्षण द्रुतरुपमा अघि बढेको प्रमुख भण्डारीले बताउनुभयो । 

रसुवागढी भन्सार कार्यालयका प्रमुख नारायणप्रसाद भण्डारीका अनुसार १५८ वटा कन्टेनरहरुमध्ये १२९ वटा तयारी पोसाक तथा कमर्सियल सामग्री बोकेका कन्टेनरहरु रहेका छन् ।

उहाँले भन्नुभयो, ‘रसुवागढी नाकाबाट भित्रने कन्टेनरहरूमध्ये तयारी पोसाक बोकेका धेरै कन्टेनरहरू रहेका छन् । भित्रिएका सबै कन्टेनरलाई भन्सार प्रक्रिया पूरागरी काठमाडौं पठाउने तयारी गरेका छौँ ।’

यस्तै, चीनतर्फको निर्यात भने शून्य छ । चीनको शून्य कोभिड नीति लिएकाका कारण  निर्यातमा समस्या भएको रसुवागढी भन्सार कार्यालयका प्रमुख भण्डारीले बताउनुभयो । 

भन्सार नाकामा चिनियाँ पक्षले केही सुरक्षाकर्मीहरुको सहयोगमा कन्टेनरहरू नेपाल प्रवेश गर्न दिएको छ । रोकिएका कन्टेनरहरू सबै नेपाल छिरिसकेका छन् ।

उहाँले भन्नुभयो, “चीनतर्फ रहेका सबै कन्टेनरहरू सिमानाका खुला भएपछि नेपाल भित्रिसकेका छन् ।” निर्यातको सन्दर्भमा समेत चीनसँग वार्ता भइरहेको भण्डारीले बताउनुभयो ।  

चीनतर्फ रहेका सबै कन्टेनरहरु सीमानाका खुला भएपछि नेपाल भित्रिसकेका छन् । निर्यातको सन्दर्भमा समेत चीनसँग वार्ता भइरहेको भण्डारीले बताउनुभयो ।  

दशैका लागि खपत हुने सामग्री बोकेका कन्टेनरहरु सीमा क्षेत्रमा लामो समयसम्म रोकिँदा बजारमा बस्तुको अभाव हुने र महंगी बढ्दा उपभोक्तामा असर पुग्ने भन्दै व्यापारीले सरकारलाई सीमा नाका सुचारुका लागि पहल गर्न आग्रह गर्दैआएका थिए । 

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।