निर्धारित रूपमा सम्पन्न गर्नुपर्ने संवैधानिक र कानुनी दायित्वका कार्यसूचीको दबाबबिच सङ्घीय संसद्को बजेट (बर्खे) अधिवेशन आज (सोमबार) देखि सुरु हुँदै छ । मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वान गर्नुभएको छ । सोमबार प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन सुरु हुनुका साथै सरकारको वार्षिक नीति तथा कार्यक्रम पेसका लागि संयुक्त सदनको बैठकसमेत बस्ने छ ।
सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्तिका लागि सिफारिस हुनुभएको छ । रोलक्रमको चौथो नम्बरमा रहनुभएका शर्मा प्रधान न्यायाधीशमा सिफारिस हुनुभएको हो । प्रधान न्यायाधीश सिफारिसमा पहिलो पटक रोलक्रम तोडिएको हो । वरिष्ठतामा न्यायाधीश शर्माभन्दा अघि तीन जना हुनुहुन्थ्यो । कायममुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल, वरिष्ठतम न्यायाधीश कुमार रेग्मी र हरिप्रसाद फुँयाल शर्माभन्दा अघि हुनुहुन्थ्यो । संस
सार्वभौमसत्ता, सहभागिता र अधिकारको सुनिश्चितता लोकतान्त्रिक शासनव्यवस्थाका आधारभूत मान्यता हुन् । लोकतान्त्रिक संरचना हुनु मात्र शासनको सम्पूर्ण रूप होइन । यसलाई प्रभावकारी बनाउन उत्तरदायी शासनसहित सुशासन अपरिहार्य हुन्छ । यसर्थ शासनव्यवस्था र सुशासन लोकतान्त्रिक प्रणालीमा एकअर्काका पूरक अवधारणा हुन् । नागरिकले नियमित रूपमा निर्वाचनमार्फत आफ्ना प्रतिनिधि छान्ने, नीति निर्माणमा सहभागिता जनाउने तथा सरकारलाई उत्तरदायी बनाउने अधिकार राख्छन् । लोकतन्त्रका आधारभूत तìवमा बहुदलीय व्यवस्था, स्वतन्त्र तथा निष्पक्ष निर्वाचन, अभिव्यक्ति स्वतन्त्रता, मानव
संवैधानिक निकायका पदाधिकारी नियुक्ति सिफारिसका लागि कानुनी बाटो खुलेसँगै प्रधान न्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद् बैठक बोलाइएको छ । प्रधानमन्त्रीको अध्यक्षतामा रहने परिषद् बैठक बिहीबार बेलुका ५ बजेका लागि बोलाइएको हो । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को निजी सचिवालयका अनुसार बैठकमा भावी प्रधान न्यायाधीश सिफारिसको कार्यसूची रहेको छ ।
प्रधान न्यायाधीशसहित संवैधानिक निकायमा रिक्त पदाधिकारी पदपूर्तिको कानुनी बाटो खुलेको छ । संवैधानिक परिषद्ले सहमतिमा निर्णय अगाडि बढाउन सक्ने भए पनि रिक्त पदमा सिफारिस/नियुक्तिको प्रक्रिया अगाडि बढेको थिएन । राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) पहिलो संशोधन अध्यादेश जारी गरेसँगै सहमति नभए बहुमतीय प्रक्रियाबाट सिफारिस र निर्णयको बाटो खुलेको हो ।
प्रतिनिधि सभामा पेस भएको महाअभियोग प्रस्ताव पारित नहुँदै सभाको कार्यकाल सकिएमा निर्वाचनपछिको सभाले १० महिनाभित्र टुङ्गोमा पु¥याउनुपर्ने भएको छ । प्रस्ताव दर्ता भई सभाको कार्यकाल सकिएको अवस्थामा नयाँ प्रतिनिधि सभाले ग्रहण गर्ने र आवश्यक निर्णय लिने अहिलेको व्यवस्थामा समयसीमा तोकिएको हो ।
निर्वाचनपछि सङ्घीय संसद्को अधिवेशन प्रारम्भ भएको दुई सातामै विषयगत समिति गठन र नेतृत्व चयन प्रक्रिया पूरा भएको छ । विगतमा लामो समयसम्म नियमावली तर्जुमा नहुँदा समिति गठन र नेतृत्व चयनमा ढिलाइ हुने गरेकोमा यो पटक नियमावली मसौदाको काम जारी रहेकै अवस्थामा समिति गठन भएका थिए । नियमावलीमा समिति सङ्ख्या हेरफेर नगर्ने राजनीतिक सहमतिमा समिति गठन र नेतृत्व चयन सम्पन्न भएको हो ।
नेपाली कांग्रेसको आन्तरिक विवादको न्यायिक निरूपण भएको छ । विशेष महाधिवेशन वैधानिक वा अवैधानिक भन्ने विवाद सर्वोच्च अदालतले शुक्रबार किनारा लगाएको छ । सर्वोच्चको संयुक्त इजलासले गत पुसमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशन र त्यसबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई नै वैधता प्रदान गरेको छ । विशेष महाविधेशनको निर्णय राजनीतिक दलसम्बन्धी ऐन र दलको विधानविपरीत रहेको भन्दै निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको रिट निवेदन सर्वाेच्चले खारेज गरेको छ । मुलुककै पुरानोमध्येको एक पार्टीको चार महिना लामो आन्तरिक किचलो सर्वोच्चको आदेशसँगै टुङ्गो लागेको छ ।
सङ्घीय संसद्का दुई संयुक्त समिति तथा प्रतिनिधि सभाका १० विषयगत समितिमा एकै पटक नेतृत्व चयन प्रक्रिया अघि बढेको छ । समिति सभापतिका लागि बिहीबार मनोनयन प्रक्रियासमेत पूरा भएको छ । १२ वटै समितिमा मनोनयन दर्ता भएको छ । १२ मध्ये दुई वटामा दोहोरो मनोनयन परेको छ । एक संयुक्त र एक विषयगत समितिमा प्रतिपक्ष दलले पनि उम्मेदवारी दिएका छन् । एकल मनोनयनमा भने निर्विरोध निर्वाचित हुने छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रको सुदृढीकरण तथा राष्ट्रिय एकताको प्रवर्धनका लागि एकताबद्ध भई अघि बढ्नुपर्ने बताउनुभएको छ । सङ्घीय संसद्को संयुक्त बैठकलाई शुक्रबार सम्बोधन गर्दै राष्ट्रपति पौडेलले फुटेर नभई जुटेर तथा विगतका कटुताबाट पाठ सिकेर अघि बढ्नुपर्ने बताउनुभएको हो ।
सङ्घीय संसद् प्रतिनिधि सभाको सभामुख पदको उम्मेदवारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डोलप्रसाद (डिपी) अर्यालको एकल मनोनयन दर्ता भएको छ । संसद् सचिवालयले उम्मेदवारीका लागि तोकेको समयसीमाभित्र रास्वपा उम्मेदवार अर्यालको मात्र मनोनयन दर्ता भएको हो । रास्वपाको प्रतिनिधि सभामा एकल बहुमत छ ।
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनपछिको सङ्घीय संसद्को पहिलो अधिवेशन बिहीबारदेखि प्रारम्भ हुँदै छ । दुवै सदनको अधिवेशन बिहीबार दिउँसो २ बजे एकसाथ सुरु हुने छ । प्रतिनिधि सभाको पहिलो बैठक निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय कक्षमा बस्ने छ भने राष्ट्रिय सभाको पहिलो बैठक सङ्घीय संसद् सचिवालयस्थित राष्ट्रिय सभा कक्षमा बस्ने छ ।
आकस्मिक रूपमा विघटन भएको करिब सात महिनापछि जनप्रतिनिधिमूलक प्रतिनिधि सभाको पहिलो अधिवेशन सुरु हुने सँघारमा छ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीपरिषद्को सिफारिसमा अधिवेशनको आह्वान गर्नुभएको छ । भदौ २३ र २४ को जेनजी आन्दोलनपछि २७ गते प्रतिनिधि सभा विघटन भएको थियो । फागुन २१ गतेको निर्वाचनबाट चुनिएका नयाँ सदस्यको शपथसँगै नवनिर्वाचित प्रतिनिधि सभाको पहिलो अधिवेशन चैत १९ गते प्रारम्भ हुन लागेको हो ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगले प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैतर्फको चुनावको तयारी समानान्तर रूपमा गरिरहेको बताउनुभएको छ । कार्यवाहक प्रमुख भण्डारीले पुराना र नयाँ सबै राजनीतिक शक्ति चुनावका लागि तयार भइसकेकोले आयोग चुनावी तयारीमा पूर्ण रूपमा लागेको बताउनुभएको हो ।
खुला प्रतिस्पर्धाबाट कानुन व्यवसायीलाई पनि न्यायाधीशमा प्रवेश गराउने संवैधानिक परिकल्पनाको १० वर्षपछि पहिलो पटक जिल्ला न्यायाधीशमा एक कानुन व्यवसायी सिफारिसमा पर्नुभएको छ ।