मोरङका राजनीतिक दलका नेताले निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन निर्वाचन आयोगलाई आफ्नो साथ रहने प्रतिबद्धता व्यक्त गरेका छन् । निर्वाचन आयोगको कार्यालय प्रदेश १ ले शनिबार ‘निर्वाचन आचारसंहिता २०६९’ सम्बन्धी व्यवस्था, अन्य व्यवस्था र राजनीतिक दल तथा उम्मेदवारसम्बन्धी आयोजना गरेको छलफलमा आचारसंहिता स्वीकार गर्ने बताएका हुन् । राजनीतिक दलका नेताले सामाजिक सञ्जालबाट हुन सक्ने आचारसंहिता विपरीतका गतिविधि रोक्न कडाइ गर्नुपर्ने, नि
सर्लाहीमा दशैँ मनाउन केही दिनअघि गाउँघर आएका अहिले धमाधम सङ्घीय राजधानी काठमाडौँसहित आ–आफ्नो कार्य क्षेत्रमा फर्किन थालेका छन् । यहाँबाट बीपी राजमार्गसहित अन्य सडक भएर मानिस राजधानी फर्किने क्रम बढ्न थालेको हो ।
पछिल्लो चार दिनदेखिको अविरल वर्षाका कारण नवलपरासीको दक्षिण क्षेत्रका दर्जनौँ बस्ती डुबानमा परेका छन् भने सयौँ बिघा धानबालीमा क्षति पुगेको छ ।
पछिल्लो पाँच दिनदेखि अविरल वर्षासँगै आएको बाढीपहिरोले पवित्र तीर्थस्थल मुस्ताङको मुक्तिनाथ दर्शनका लागि आएका आन्तरिक तथा बाह्य पर्यटकलाई सास्ती भएको छ । हिमालपारिको जिल्ला मुस्ताङ जाने स
आख्यानकार स्वर्गीय गगनसिंह थापाको उपन्यास अस्ताचलको ढोकाबाट सार्वजनिक गरिएको छ । थापाको दोस्रो स्मृति दिवस पारेर शनिबार टीकापुरमा उपन्यासको गृह विमोचन गरिएको हो । लेखक तथा साहित्यकार रामलाल जोशीले उपन्यासको विमोचन गर्नुभएको हो ।
अविरल वर्षापछि आएको बाढीले कैलालीको भजनी नगरपालिकावासी फेरि विस्थापित भएका छन् । गत वर्षको बाढीले नगरपालिकाको तीन हजारभन्दा बढी परिवार विस्थापित भएका थिए । दशैँ मनाउन घर फर्केका कतिपय परिवार राम्रोसँग दशैँ मनाउन नपाउँदै फेरि सडकमा पुगेका छन् ।
दशैँको नवमी (मङ्गलबार)देखिको वर्षापछि पहिरो जाँदा कर्णाली प्रदेशमा सात जनाको मृत्यु भएको छ । पहिरोका कारण बाटो अवरुद्ध हुँदा दशैँमा घर पुगेका कार्यस्थलमा फर्कन समस्यामा परेका छन् ।
आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका उम्मेदवारहरू तय गर्न राजनीतिक दलहरू अन्तिम चरणमा पुगेका छन् ।
आर्थिक अभाव हुन थालेपछि ऐतिहासिक सहर दोलखामा परम्परागत रूपमा प्रत्येक वर्ष मनाइँदै आएको खड्ग जात्रा थेग्न गाह्रो हुँदै आएको छ ।
नेपालीको मुख्य चाड दशैँले बिदा लिएसँगै निर्वाचन अर्को राष्ट्रिय पर्वझैँ अगाडि आउँदै छ । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन सबैतिर मूल चर्चाको विषय भएको छ ।
जनउत्तरदायी शासकीय प्रणाली निर्माणमा सूचनाको हकको महìवपूर्ण भूमिका हुन्छ । यस क्रममा सरकारी कामकाजलाई सार्वजनिक जानकारीमा ल्याउने प्रणालीको सुरुवात सन् १७६६ मा स्विडेनबाट भएको थियो । स्विडेनका सांसदको सक्रियतामा सन् १७६६ मा स्विडेनले यस्तो कानुन बनाएको थियो ।
पेट्रोलियम पदार्थमा मूल्य समायोजनका नाममा मूल्य बढाइन्छ । त्यसको केही दिन सहज रूपमा इन्धन पाइन्छ । त्यसपछि घाटाको कथनीमा पन्ध्र/पन्ध्र दिनमा मूल्य समायोजनका नाममा फेरि मूल्य बढाउने गरिन्छ । २०७९
पार्टी खोल्ने होडबाजी छ, बढी नै छ । धेरैको आकर्षण राजनीतिप्रति नै छ । यसैको भ-याङ चढेर धन, पद र शक्ति प्राप्त हुने गरेकाले सबै वर्ग, समूह, झुन्ड अनि तह र तप्काका जनसमूहबीच नेतृत्व हत्याउन सजिलो छ ।
नेपालमा नागरिक उड्डयनको विकास तथा विस्तार गर्न र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई सम्पर्कका लागि हवाई उडान, हवाई सञ्चार, हवाई पथ प्रदर्शन र हवाई परिवहन सेवाको सञ्चालन सुरक्षित, नियमित, स्तरीय र प्रभावकारी बनाउने उद्देश्यले नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ बमोजिम प्राधिकरण स्थापना भएको
लमजुङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । बेँसीशहर नगरपालिका १ रिठ्ठेबगरमा रोकिराखेको ग १ च ५९३४ नम्बरको बोलेरो जिप ओरालोमा ब्याक भई दुर्घटना हुँदा जिपमा सवार सुन्दरबजार नगरपालिका ३ च्यानपाटाका ६१ बर्षीय मोतिबहादुर मजाकोटीको मृत्यु भएको प्रहरीले जनाएको छ ।