• १३ साउन २०८१, आइतबार

पेट्रोलियम कारोबारको यथार्थ

blog

पेट्रोलियम पदार्थमा मूल्य समायोजनका नाममा मूल्य बढाइन्छ । त्यसको केही दिन सहज रूपमा इन्धन पाइन्छ । त्यसपछि घाटाको कथनीमा पन्ध्र/पन्ध्र दिनमा मूल्य समायोजनका नाममा फेरि मूल्य बढाउने गरिन्छ । २०७९ साउन २६ मा नेपालमा पेट्रोलको मूल्य १७९ रुपियाँ निर्धारण भएको थियो । २०७४/७५ देखि २०७८/७९ सम्म पाँच वर्षमा इन्धनको मूल्य धेरै उतारचढाव आयो । 

नेपालको इतिहासमा यति बेला इन्धनको मूल्य सबैभन्दा उच्च बिन्दुमा पुगेको छ । 

२०७४ फागुनपछिको विवरणअनुसार २०७९ असारसम्म पेट्रोलको मूल्य निरन्तर बढेको छ । २०७४ फागुनमा प्रतिलिटर ९७ रुपियाँ रहेको मूल्य २०७९ असारदेखि आजसम्म १८१ रुपियाँ छ । खासगरी नेपालमा खपत हुने शतप्रतिशत इन्धन पूर्ण रूपमा बाह्य बजारबाटै निर्भर रहँदै आएको छ । नेपालमा खपत हुने सम्पूर्ण इन्धन खाडी देश हुँदै भारतबाट आयात हुने गरेको छ । यसरी आयात हुने इन्धनको मूल्य बाह्य बजारको मूल्यअनुसार नै निर्धारण गर्ने गरिन्छ ।  

यसरी अर्थ विश्वबजारमा माग र आपूर्तिका आधारमा कायम हुन आउने मूल्यमा नै नेपालले इन्धन खरिद गर्नुपर्छ । यस बेलादेखि नै इन्धनको मूल्य निरन्तर उकालो लाग्दै आएको छ । यसका साथै निरन्तर बढिरहेको अमेरिकी डलरको मूल्यले नै नेपाली बजारमा इन्धनको मूल्य बढाउन भूमिका खेल्छ । बाह्य बजारमा डलरमा तोकिने कच्चा तेलको मूल्य खरिद गर्दा डलरले भुक्तानी गर्नुपर्छ । डलर निरन्तर महँगो हुँदै जानु र नेपाली मुद्रा निरन्तर कमजोर हुँदै जाँदा इन्धनको मूल्य उकालो लाग्दै आएको छ । कच्चा तेलको मूल्य ७६ डलरभन्दा कम हँुदै गए पनि भारत र नेपालका आयल निगमले तेलको भाउ घटाएका छैनन् । 

बाह्य बजारमा इन्धनको मूल्य वृद्धिको असर नेपालमा पनि देखिएको छ । विश्वबजारमा मूल्य बढेपछि नेपालमा आयल निगमले घाटा रहने बताउँदै आएको छ । कुनै बेला त महिनाको तीन पटकसम्म मूल्य बढाएको छ । असार र साउनका बीचमा भारतले चार पटक नेपालका लागि इन्धनको मूल्य घटाएर पठाउँदा पनि नेपाल आयल निगमले इन्धनको मूल्य घटाएन ।  घाटा हुने अवस्था कायम रहेसम्म मूल्य घटाउन नसकिने निगमको भनाइ छ । नेपालमा २० असार २०७९ मा इन्धनको मूल्य बढ्यो । यो बेला पेट्रोल १८१ रुपियाँ र डिजेल १७२ रुपियाँ  पुग्यो । आयल निगम बाह्य बजारबाट आफैँ कच्चा तेल खरिद गर्दैन । भारतीय आयल निगमबाट आफूलाई चाहिने सबै प्रकारका प्रशोधित इन्धन खरिद गर्दै आएको छ । यसरी इन्धन किनेबापत भारतीय आयल निगमले हरेक महिना पन्ध्रपन्ध्र दिनमा नेपाल आयल निगमलाई मूल्य पठाउँछ । भारतीय आयल निगमले पठाउने मूल्य उसले बाह्य बजारबाट किन्ने कच्चा तेलको लागतमा आधारित हुन्छ । लागत मूल्यमा आफ्नो प्रशोधन शुल्कलगायतका अन्य खर्च जोडेर भारतीय आयल निगमले नेपालको निम्ति बिक्री मूल्य तय गर्छ । 

त्यसपछि नेपाल आयल निगमले इन्धन आयात गरेबापत सरकारलाई तिर्नुपर्ने भन्सारलगायत महसुल, आफ्नो प्रशासनिक खर्च, ढुवानी लागत र डिलर कमिसन जोडेर उपभोक्ता मूल्य तय गर्छ । इन्धनको लागत मूल्य निरन्तर बढिरहेको हुँदा खरिदबापत भुतmानी गर्न नसकेको वक्यौता रकमसमेत बढ्दै गई असार २४ सम्ममा करिब ३० अर्ब  रुपियाँ पुग्ने निगमले यसअघि नै जनाएको थियो ।  २०७९ असार १८ अर्थात् २२ जुलाई २०२२ मा भारतमा जनतालाई राहत दिन आठ रुपियाँ घटाइएको थियो । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको चपेटामा विभिन्न देशका सर्वसाधारण नै पर्ने गर्छन् । मूल्य वृद्धिका कुनै भौगोलिक सीमा देखिँदैन । कतिपय सरकारहरूले जनतालाई राहत दिन सहजताको कार्यक्रम लागू गर्छन् । भारतको दिल्लीमा प्रदेश सरकारले जनतालाई राहत दिन इन्धन कार्यक्रममा प्रतिलिटर आठ रुपियाँ भ्याट घटाएको थियो ।  सरकारले भ्याट, कर र राहत भनेर घटाउँदा यसको प्रत्यक्ष सुविधा जनताले पाउँछन् । भ्याट बढी हुँदा जनताले मूल्य बढी तिर्न 

पर्दथ्यो । भारतमा इन्धनमा भ्याट ३० प्रतिशतबाट घटाएर १९.४ प्रतिशत पुगेको थियो ।  कर समायोजन भएको भए भारतीय आयल निगमले अगस्ट १ मा पठाएको मूल्यअनुसार प्रतिलिटर १५९ रुपियाँमा पर्न आउँथ्यो तर नेपालको अर्थ मन्त्रालय राजस्वमा मात्र केन्द्रित हँुदा आमसर्वसाधारणलाई भार पर्दै आएको छ ।  

असार र साउनमा चार पटक भारतले नेपालमा पठाउने इन्धनमा मूल्य घटाउँदा पनि नेपालमा घटाइएको छैन । बरु उल्टै ३०÷३१ अर्बको घाटा छ भनियो । साउन २४ सम्म ३१ अर्बको घाटामा आयल निगम रहेको बताइएको थियो । त्यति बेलाको नयाँ खरिद मूल्यअनुसार इन्धन कारोबारमा नेपाल आयल निगमलाई २०७९ भदौसम्म ६३ करोड ६५ लाख घाटा हुने प्रक्षेपण गरिएको थियो । त्यसअघिको अर्थात् साउनको मूल्यमा निगमलाई पेट्रोलमा प्रतिलिटर १४ रुपियाँ घाटा रहेको थियो । निगमलाई सञ्चितिमा नोक्सानी करिब ३१ अर्ब पुगे पनि मूल्य घटाउन नेपालमा दबाब पर्दै आएको छ । त्यतिबेला भारतीय निगमलाई भुक्तानी गर्नुपर्ने २३ अर्ब रुपियाँ थियो । 

१७ साउन २०७९ मा बाह्य बजारमा इन्धनको भाउ घट्दा नेपालमा ३२.५६ रुपियाँ मूल्य घट्यो । असार १७ देखि साउन १७ सम्ममा भारतीय आयल निगमबाट प्रतिलिटर पेट्रोल ३२.५६ घटेर नेपालमा आयो । नेपालमा इन्धनको मूल्य यस्तो अवस्थामा घटेन ।

भारतीय आयल निगमबाट मूल्य बढेर आउँदा स्वचालित मूल्य प्रणालीका नाममा तत्काल भाउ बढाउने परम्परा बस्दै आएको देखिन्छ । नेपाल आयल निगमले असार १७ देखि साउन १७ सम्म लगातार दुई पटक भारत र बाह्य जगत्मा पेट्रोलियम पदार्थको मूल्य घट्दा पनि नयाँ मूल्य समायोजनबारे उच्चारण पनि गर्न चाहेन । 

भारतीय आयल निगमले नेपाललाई बिक्री गर्ने इन्धनको मूल्य दोस्रो पटक पनि घटाएर पठाएको थियो । १७ असार २०७९ मा भारतले इन्धनमा आफ्नो देशमा निर्यात कर नलगाउँदा नेपालमा इन्धनको मूल्य बढ्ने थियो । प्रत्येक अङ्ग्रेजी महिनाको पहिलो र पन्धौँ तारिखमा भारतीय निगमले इन्धनको मूल्य पठाउँछ । बाह्य बजारमा कच्चा तेलको मूल्य घट्न थालेपछि १६ जुलाई तथा अगस्ट १ मा गरेर दुई पटक भारतीय निगमले नेपालका लागि पनि मूल्य पठाएको थियो तर यहाँ त्यो मूल्य समायोजन गरिएन ।