• १३ साउन २०८१, आइतबार

नेप्सेमा सकारात्मक सर्किट, २० मिनेटका लागि कारोबार बन्द

blog

काठमाडौँ,  साउन १३  गते । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सकारात्मक सर्किट लागेको छ ।

आजको कारोबार शुरु भएको एक मिनेट ३१ सेकेण्डमा नेप्से परिसूचक चार प्रतिशतले बढेसँगै कारोबार २० मिनेटका लागि बन्द भएको नेप्सेले जनाएको छ ।

चालु आर्थिक वर्ष २०८१र८२ को मौद्रिक नीतिको सकारात्मक प्रभाव पुँजीबजारमा देखिएको हो । रासस