हरि ऐडी मुगु, कार्तिक १ गते। असोज तेस्रो हप्ता परेको अविरल वर्षाका कारणले आएको बाढी पहिरोले छायानाथ रारा नगरपालिकाका केही बस्ती विस्थापित भएका छन्। पहिरोले बस्तीका अधिकांश घर पुरिएका छन् भने बाँकी घरसमेत जोखिमका कारण बस्न नसक्ने अवस्थामा छन्।बाढी पहिरोले छायानाथ रारा नगरपालिका वडा नम्बर ६ को कोटिला गाउँका २६ घरधुरी, बालैगाउँका १४ घरधुरी र वडा नम्बर ७ को धुइरका ३५ घरधुरी विस्थापित भएको छायानाथ रारा नगरपालिकाको कार्यालयले जानकारी दिएको छ।छायानाथ रारा नगरपालिका वडा नम्बर ६ का कृष्णबहादुर कुलाल बस्ती जोखिममा परेपछि एक घण्टा टाढाको खाडचौरमा पाली टाँगेर ओत लागेको बताउनुभयो। त्यस्तै छायानाथ रारा वडा नम्बर ७ का प्रेमलाल रावलले बाढी पहिरोका कारण घरभित्रका खाद्यान्न र लत्ताकपडा समेत जोगाउन नसकेको बताउनुभयो। खाद्यान्न र लत्ताकपडासमेत पुरिँदा बालबच्चादेखि ज्येष्ठ नागरिकलाई समस्या भएको छ।विस्थापितले अहिलेसम्म कुनै निकायबाट सहयोग नपाएको उहाँको गुनासो छ। ‘नेपाल रेडक्रस सोसाइटीले राहत वितरण गर्ने गरेको सुनेको थिएँ, त्यो पनि अहिलेसम्म पाइएको छैन’, उहाँले भन्नुभयो। यता छायानाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामले राहतका लागि नगरका १४ वडाका अध्यक्षसँग सम्पर्क गरेर आवश्यक तथ्याङ्क संकलन र राहतका लागि सक्रियता जनाउन पहल गरेको बताउनुभयो।जिल्ला नागरिक समाजका संयोजक रूपबहादुर मल्लले भन्नुभयो, ‘विस्थापित घरधुरी अहिले सामान्य प्लास्टिकमा ओत लागेर बसेका छन्। सम्बन्धित निकायले उनीहरूको बसोबास र राहतको व्यवस्थापन गरिदिनुपर्छ।’पहिरोले विस्थापित बनेको छायानाथ रारा नगरपालिका वडा नम्बर ६ को बालैगाउँ।
संविधान रक्षाका लागि गठबन्धन भएको कपिलवस्तु प्रतिनिधि सभा क्षेत्र नं. १ का उम्मेदवार चक्रपाणि खनालले बताउनुभएको छ । बाम–लोकतान्त्रिक गठबन्धनको शुद्धोदन गाउँपालिकाको लबनीमा संयुक्त प्रचार प्रसार समिति कार्यालयको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
निर्वाचनको मिति नजिकिँदै गर्दा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवार घरदैलोमा व्यस्त हुनुभएको छ । प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरू मतदातालाई भेटेर आफ्ना कुरा सुनाउन र मतदाताबाट सुझाव लिन घर–घरदैलोमा व्यस्त बन्नुभएको हो ।
विभागीय टोलीद्वय एपीएफ र नेपाल पुलिस क्लब नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला भलिबलको फाइनलमा प्रवेश गरेका छन् ।
चालु आर्थिक वर्ष २०७९्–८० को पहिलो तीन महिनामा दुई खर्ब आठ अर्ब ५८ करोड रुपियाँ राजश्व संकलन भएको छ । महालेखा परीक्षकको कार्यालयका अनुसार चालु आवको पहिलो तीन महिना साउन, भदौ र असोज महिनामा सो राजश्व रकम संकलन भएको हो ।
काठमाडौंको नयाँ बानेश्वर क्षेत्रका मिठाई पसल, रेष्टुरेन्ट तथा थकाली खाना घरहरुको भान्छामा स्वच्छता र सफाईको समस्या देखिएको छ ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन, २०७९ लाई लक्षित गरी प्रेस काउन्सिल नेपालले मिडिया अनुगमनलाई तीव्र बनाएको छ । काउन्सिलले गर्दैआएको नियमित अनुगमनबाहेक आसन्न निर्वाचनलक्षित सञ्चार माध्यममा आचारसंहिताको अनुगमनसमेत गरिरहेको काउन्सिलले जनाएको छ ।
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटको स्वर्ण विभागीय टिम नेपाल पुलिस क्लबले जितेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा मंगलबार भएको फाइनल खेलमा पुलिसले विभागीय प्रतिद्वन्द्वी एपीएफ क्लबलाई पाँच रनले हरायो ।
नेपाली कांगे्रसका उपसभापति पूर्णबहादुर खड्काल नागरिकका लोकतान्त्रिक अधिकार स्थापित गर्न गठबन्धन दल जित्न आवश्यक रहेको बताउनुभएको छ ।
नेपाली कांग्रेसले सातै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने भएको छ । मङ्गलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठकले संयोजकसहित सातै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको हो ।
गृहमन्त्री बालकृष्ण खाणले उपर्युक्त विकल्प र व्यवस्थापनविना सुकुम्बासी नागरिकका घर टहरा नभत्काइने बताउनुभएको छ । रुपन्देही – ३ बाट पाँच दलीय गठबन्धनका प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहनुभएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य खाणले बुटवल उपमहानगरपालिका वडा १६ मा चुनाव प्रचार प्रसार कार्यालयको उद्घाटन गर्दै सो कुरा बताउनुभयो ।
तिहारमा प्र्रयोग हुने झिलिमिली बत्तीको मूल्य गत वर्षको भन्दा १० प्रतिशतसम्मले वृद्धि भएको छ । नेपाल विद्युतीय व्यावसायी महासंघले गत वर्षको तुलनामा यो वर्ष तिहारमा प्रयोग हुने झिलिमिली बत्तीको मूल्य आठदेखि १० प्रतिशतले वृद्धि भएको बताएको हो ।
सत्ता गठबन्धनको नेतृत्व गर्दै आएको नेपाली कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) ले गठबन्धनको पक्षमा मतदान गर्न संयुक्त अपिल जारी गरेको छ ।
गण्डकी प्रदेशको राजधानी पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत साइक्लिङको इन्डिभिज्युल टाइम ट्रायल विधामा महिलातर्फ नेपाल आर्मी र पुरुषतर्फ एपीएफ क्लबले एक एक स्वर्ण जितेको छ ।
नेपालमा डेंगु सङ्क्रमणबाट ४९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका तथयाङ्क अनुसार नेपालमा डेंगु सङ्क्रमणबाट ४९ जनाको मृत्यु भएको छ ।